धनगढी–अत्तरिया सडक अटेर गर्नेको घरमा डोजर

धनगढी–अत्तरिया सडक अटेर गर्नेको घरमा डोजर

धनगढी : धनगढी–अत्तरिया सडक क्षेत्रभित्र पर्ने घरमा डोजर लगाइएको छ । घरधनीले सडक क्षेत्र खाली गर्न अटेर गरेपछि धनगढी उपमहानगरपालिकाको अगुवाइमा सोमबार डोजर लगाएर घर भत्काइएको हो ।

सरकारी मापदण्डअनुसार राजमार्ग ५० मिटर चौडा बनाउनुपर्ने भएकाले क्षेत्रभित्र बनेका संरचना हटाउन आग्रह गर्दा घरधनीले अटेर गरेपछि आयोजना कार्यालयले घर भत्काउन उपमहानगरपालिकासँग समन्वय गरेको थियो । सडक क्षेत्र खाली नगर्दा योजनाको काम प्रभावित भएको निर्माण कम्पनीले गुनासो गरेपछि बाध्य भएर डोजर लगाउनुपरेको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताए ।

‘अदालतले स्टेअर्डर जारी गरेको चार महिनाभन्दा बढी समय हुँदा पनि घरधनीले खाली गर्न मानेनन्’, उनले भने, ‘त्यसपछि उपमहानगरपालिकाले डोजर लगाएको हो ।’ सडक खाली गर्न मेयर वडसहित उपमहानगरपालिका–३ का अध्यक्ष बलबहादुर ऐर, वडा नं १ का अध्यक्ष सन्तोष मुडभरीलगायतको टिम सडक निर्माण क्षेत्रमा खटिएका थिए । सोमबार एकै दिन दर्जनभन्दा बढी घर भत्काइएको छ ।

स्थानीय १४ जना घरधनीले सर्वोच्चमा मुद्दा हालेपछि काम प्रभावित भएको थियो । पुस १९ गते सडक क्षेत्रभित्रका संरचना हटाउने कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको थियो । सडक क्षेत्रभित्र पर्ने करिब डेढ सय घरमध्ये धेरै घरधनीले आफैंले घर भत्काइसकेको तर केहीले सडक क्षेत्र खाली गर्न अटेर गरेको योजना प्रमुख मनीष शाहले बताए । सडक क्षेत्र खाली गर्न नसक्दा विद्युत् र टेलिफोनका पोल सार्न नसकिएको र यसले आयोजनाको कामले गति लिन नसकेको उनको भनाइ छ ।

दुई वर्षभित्र निर्माण सक्ने गरी गत जेठमा निर्माण सम्झौता भएको आयोजनाको कामले गति लिन सकेको छैन ।

दुई वर्षभित्र निर्माण सक्ने गरी गत जेठमा निर्माण सम्झौता भएको आयोजनाको कामले गति लिन सकेको छैन । हालसम्म १० देखि १२ प्रतिशत काम मात्रै भएको छ । एक अर्ब ६८ करोड रुपैयाँ लागत रहेको योजनाको काम तीन खण्डमा छुट्याएर भइरहेको छ ।

धनगढीको भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४ दशमलव २ किलोमिटर लम्बाइ रहेको ६ लेन सडकअन्तर्गत मुख्य सडकको चौडाइ ३२ दशमलव २ मिटर रहनेछ । दुई वर्षभित्रै १४ मध्ये १० किलोमिटर ६ लेन तथा चार किलोमिटर चार लेन सडक निर्माणका लागि आयोजनाले तीन कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । सम्झौतापश्चात् निर्माण सुस्त गतिमा अघि बढ्दा घोषित मितिमै निर्माण सम्पन्न नहुने देखिएको छ ।

सडक निर्माणका लागि ५१ करोड रुपैयाँको अख्तियारी पाएको आयोजनाले चैत मसान्तसम्म निर्माण कम्पनीलाई १९ करोड रुपैयाँ भुक्तानी गरिसकेको शाहले बताए । ‘सडक दायाँबायाँका एक हजार ६ सयमध्ये करिब चार सय रूख काट्न बाँकी छन्’, उनले भने । चालू आर्थिक वर्षभित्रै विद्युत्का सबै पोल सारिसक्ने गरी काम थालिएको योजना कार्यालय धनगढीले जानकारी दिएको छ ।

सडकअन्तर्गत तीन पुल निर्माण गर्नुपर्ने भएकाले त्यसका लागि बोलपत्र आह्वानको तयारीमा आयोजना कार्यालय जुटेको छ । प्रदेश ७ को आर्थिक समृद्धिसँग जोडिएको उक्त सडक निर्माण भएपछि स्थानीयले आवतजावतमा सहज हुने आशा गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.