दक्षिणी सुडानमा ‘बलात्कार’ आरोपपछि सेनाको ‘बोर्ड अफ इन्क्वाइरी’

दक्षिणी सुडानमा ‘बलात्कार’ आरोपपछि सेनाको ‘बोर्ड अफ इन्क्वाइरी’

काठमाडौँ: शान्ति स्थापनार्थ दक्षिणी सुडानमा खटिएका नेपाली सेनामाथि स्थानीय किशोरीलाई ‘बलात्कार’ गरेको आरोप लागेको छ । शान्ति मिसनमा खटिएको टोलीमाथि यस्तो आरोप लागेपछि सैनिक मुख्यालयले छानविन गर्न चार सदस्यीय छानविन समिति (बोर्ड अफ इन्क्वाइरी) गठन गरेको छ । 

दक्षिणी सुडानस्थित राष्ट्र संघीय कार्यालयले घटनाबारे जानकारी गराएपछि सैनिक मुख्यालयले समेत छानविन प्रक्रिया अघि वढाएको हो । सैनिक मुख्यालयले दक्षिणी सुडानमा कार्यरत नेपाली सेनाका प्रमुख सेनानीको संयोजकत्वमा चार सदस्यीय बोर्ड अफ इन्क्वाइरी गठन गरेको हो । 

सैनिक प्रवक्ता गोकुल भण्डारीले त्यहाँको युवतीलाई ‘बलात्कार’ गरेको भनेर नेपाली शान्ति सेनामाथि लाल्छना मात्र लगाएको हुन सक्ने बताए । ‘त्यहाँस्थित राष्ट्रसंघीय कार्यालयले समेत ‘बलात्कार’ होइन भनिसकेको अवस्था छ’, सैनिक प्रवक्ता भण्डारीले अन्नपूर्णसँग भने, ‘सामान्य घटना भएको देखिन्छ । ‘बलात्कारँ भएको चाँहि होइन । राष्ट्रसंघले समेत छानविन गरिहेकाले हामीले पनि बोर्ड अफ इन्क्वाइरी गठन गरी छानबिन अघि बढाएका छौ ।’ 

गत चैत्र ३० गते शुक्रवार ४ जना स्थानीय किशोरीहरुले दक्षिणी सुडानको अवालीमा रहेको सुरक्षा बेसमा छिर्ने प्रयास गरेपछि उनीहरुलाई रोक्ने क्रममा त्यहाँ खटिएका एक नेपाली शान्ति सैनिकले ती किशोरीालई छोएको दक्षिणी सुडानस्थित राष्ट्रसंघीय कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

दक्षिणी सुडानस्थित राष्ट्रसंघीय मिसनको ‘सेक्टर वेस्ट’ अन्र्तगत नेपाली शान्ति सैनिक खटिएको अवाली सुरक्षा बेसमा ४ जना किशोरीहरु पेरिमिटर तारबाट जर्वजस्ती भित्र छिर्न खोजेपछि रोक्ने क्रममा एक युवतीलाई नेपाली शान्ति सैनिकले छोएका थिए । 

नेपाली सेनाले उक्त घटनाबारे छानविन अघि बढिसकेको र नेपाली शान्ति सैनिक दोषी ठहरिए सैनिक ऐन अनुसार कारबाही गर्ने जनाएको छ । त्यसलाई ‘बलात्कार’ भन्न नमिल्ने पनि सुडानस्थित राष्ट्र संघीय कार्यालयले जनाएको छ । 

विज्ञप्तिमा त्यस क्रममा कुनै पनि ‘बलात्कार’को घटना नभएको उल्लेख छ । घटना बाहिर आएपछि दक्षिणी सुडानस्थित राष्ट्रसंघीय कार्यालयले पनि घटनाबारे सत्य तथ्य बुझन र प्रमाण नष्ट हुन नदिने गरी यौन दुराचार हेर्न एउटा समिति (सेक्सुअल एक्सप्लोइटेसन एण्ड अब्युज इमिडिएट रेस्पन्स टीम) समेत खटाएको छ । 

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दक्षिणी सुडानमा खटिएका नेपाली शान्ति सेनाले त्यहाँका स्थानीय किशोरीलाई ‘बलात्कार’ गरेको भन्ने समाचार सार्वजनिक गरेपछि दक्षिणी सुडानस्थित राष्ट्रसंघीय कार्यालयले उक्त घटनालाई ‘रेप’ भन्न नमिल्ने जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको भन्दै कार्यालयले विज्ञप्ति निकालेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.