एकै लेखा अधिकृतबाट नगरपालिकाको चार करोड हिनामिना

एकै लेखा अधिकृतबाट नगरपालिकाको चार करोड हिनामिना

राजधानीबाट यसरी समातिए

गाईघाटः करिब ४ करोड रुपैयाँ हिनामिना गरी फरार भएका कटारी नगरपालिकाका लेखा अधिकृत रबिनचन्द्र ढकाल बुधबार पक्राउ परेका छन् ।सामाजिक सुरक्षा भत्ता वापतको ३ करोड ९८ लाख रुपैयाँ लिई फरार भएका ढकाललाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो ।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुइँटेलको कीर्ते हस्ताक्षर गरी फरार भएका ढकाललाई पक्राउ गरी अख्तियारमा जिम्मा लगाइएको नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । 

उक्त रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले राष्ट्रिय वाणिज्य बैंक कटारी शाखाको खातामा जम्मा हुने गरी पठाएको थियो । जम्मा भएको केही दिनमै ढकालले कार्यालय प्रमुख लुइँटेलको कीर्ते हस्ताक्षर गरी रकम झिकेको नगरपालिकाका उपमेयर भीमकुमारी राउतले बताइन् । 

२७ लाख मात्रै भेटियो

१ करोड ९८ लाख ७५ हजारका दरले २ पटकको रकम आफ्नो नाममा हालेका ढकालले वाणिज्य बैंकको थापाथली शाखाबाट पटक–पटक गरी २७ लाखबाहेक सबै रकम निकालिसकेको उपप्रमुख राउतले बताइन् । राष्ट्रिय वाणिज्य वैंकको शाखा कटारीका प्रमुख उमापति बाँस्तोलाले थापाथली शाखाबाट झिकेको पुष्टि गरे । 

वैशाख ३ गते कार्यालय छाडेर हिँडेका ढकालले रकम हिनामिना गरेको बुधबार मात्र खुलासा भएको हो । उपप्रमुख राउतले भनिन्, ‘रकम हराएको थाहा पाए लगत्तै लेखाअधिकृतलाई बुझ्न खोज्दा सम्पर्क हुन सकेन, त्यसपछि प्रहरी लगाएर मेयर सा’वले काठमाडौँमा खोज्नु भयो ।’

ढकालको खातामा रहेको उक्त रकम गएको चैत २ गते  गोविन्द नामको व्यक्तिमार्फत एक करोड ५० लाख र चैत्र ५ गते हर्कबहादुर नामको व्यक्तिमार्फत १७ लाख निकालेको पाइएको बैंकका कटारी शाखाका प्रमुख बाँस्तोलाले बताए । उक्त रकम कसको खातामा सारियो भन्ने अनुसन्धान भइरहेको पनि बाँस्तोलाले बताए । 

सामाजिक सुरक्षा भत्तावापतको रकम नगरपालिकाबाट ढिला आएको थियो । तर पहिला नै ढकालले रकम आफ्नो नाममा हालिसकेको अवस्थामा भत्ताको रकम फेरि आएको शीर्षकबारे अनुसन्धान गरिने बाँस्तोलाले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.