कांग्रेस डिजिटलाइज गर्न प्रस्ताव

कांग्रेस डिजिटलाइज गर्न प्रस्ताव

काठमाडौं :  कांग्रेस केन्द्रीय समिति बैठकमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई आधुनिकीकरण गर्न ‘डिजिटलाइज गर्नेदेखि थिंक ट्यांकसम्म गठन गरेर जानुपर्ने’ प्रस्ताव राखेका छन् । बुधबारको बैठकमा शर्माले लिखित रूपमै पार्टी रूपान्तरण गर्न सैद्धान्तिक पुनव्र्याख्यादेखि पार्टीको प्रशासनसम्म सुधारको खाँचो औंल्याएका हुन् ।

शर्माले लिखित तीन बुँदामा कांग्रेस पराजयका आन्तरिक ६ कारण उल्लेख गरेका छन् । निर्वाचनपछि पार्टी प्रवक्ताको जिम्मेवारी पाएका शर्माले पार्टीलाई डिजिटलाइज गर्ने र नीति तथा प्रशिक्षण प्रष्ठिानअन्तर्गत थिंक ट्यांक बनाउनुपर्ने माग गरेका हुन् । शर्माले यस्तो थिंक ट्यांकले पार्टीको अवस्थादेखि समग्र राजनीतिबारे अध्ययन÷विश्लेषण गर्ने उल्लेख गरेका छन् ।

उनले पार्टी सुदृढ गर्न प्रत्येक खाली हातका लागि कुनै न कुनै योजना ल्याउन प्रस्ताव गरेका छन् । त्यस्तो कार्यक्रमलाई उनले ‘जगेडामुक्ति’ भनेका छन् । कांग्रेसभित्र शीघ्र महाधिवेशनको आवाज आइरहँदा शर्माले भने महाधिवेशनबारे केही बोेलेका छैनन् । मंगलबारको बैठकमा दुई युवा समूहले शीघ्र महाधिवेशन प्रक्रियामा अघि बढ्न माग गरेका थिए । शर्माद्वारा लिखित बँुदामा परम्परागत सांगठनिक शैली, सम्प्रेषण क्षमतामा ह्रास, महŒवपूर्ण मुद्दामा बहिर्गमन, ओझेलमा परेको भविष्य दृष्टि, छविमा भएको क्षति र मुर्छाएको आत्मीयताजस्ता आन्तरिक कारण कांग्रेसले गत निर्वाचनमा पराजय व्यहारेको उल्लेख छ । बैठकमा विमलेन्द्र निधि, शंकर भण्डारी, मोहनबहादुर बस्नेत, महेश आचार्य र प्रकाशशरण महतले बोलेका थिए । महतले बोलेसँगै बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.