चम्कियो पूर्वको पशुपतिनाथ

चम्कियो पूर्वको पशुपतिनाथ

भोजपुर :  धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको पवित्र तीर्थधाममध्ये एक भोजपुरको कुलुङ गौडेनीमा अवस्थित शिवशक्ति श्री पशुपतिनाथ मन्दिरमा हिन्दु धर्मालम्बीहरूको आगमन बढ्न थालेको छ । टाढाको धाम जान नसक्ने जिल्लाभित्र र बाहिरका हिन्दुधर्म मान्ने तीर्थालुको आगमनमा वृद्धि भएको हो ।

पूर्वको पशुपति भनेर परिचित खोटाङको हलेसी महादेवपछि दोस्रो पशुपतिको उपमा दिइएको यस मन्दिरमा गत वैशाख शुक्ल सप्तमी तिथिका दिन सार्वजनिक रूपमा खुला गरिएको छ । ‘धेरै दिन कष्ट सहेर टाढाटाढाको धाम धाउनुपथ्र्याे’, षडानन्द नगरपालिका नेपालेडाँडा मझुवाबेंसीकी मञ्जरी न्यौपानेले भनिन्, ‘अब आँगनमै शिवजी महादेवको दर्शन गर्न पाउँदा मनलाई बढो शान्ति मिलेको छ ।’

खोटाङको हलेसी, संखुवासभाको मनकामनामा साता दश दिन लगाएर तीर्थधाम धाउनुपर्ने कष्टबाट पन्सिदै आफ्नै ठाउँमा शिवजी भगवान्को दर्शन पाउँदा धेरै शान्ति मिलेको अर्की कुलुङकी शिवभक्त जानुका बस्नेतले सुनाइन् । उनले बढो हर्षका साथ भनिन्, ‘अब महादेवको दर्शन गर्न टाढाको धाम धाउने दिन गए । घरमै भगवान्ले पाइला राख्नुभा’को छ ।’

सतीप्रथाको अन्त्य र सामाजिक विभेदलाई निर्मूल बनाउन अमूल्य योगदान दिएकी नेपालकी एकमात्र महिला नेतृ योगमाया न्यौपानेको बुधत्वस्थल गांैडेनीमा रहेको योगमाया प्रतिष्ठानसँगै जोडिएको यस पशुपति मन्दिरमा विभिन्न महारुद्री पाठ, चूडाकर्म, नित्यकर्म, पुराण, होमादी, हवन हुने यहाँ विभिन्न ठाउँबाट भक्तालु आउने गरेको प्रतिष्ठानका कोषाध्यक्ष पुष्पबहादुर रोकाहा बताउँछन् । भन्छन्, ‘टाढाटाढाबाट शिवभक्तजन पूजाआजाका लागि यहाँ आउने गर्छन् । गाउँआसपासका धेरैजसो विधिवत् रूपमा आआफ्नो संस्कृत हिन्दुधर्मअनुसार चूडाकर्म, पितृभोक, सतबिज, कर्मकाण्ड गर्न आउने गरेका छन् ।’

योगमायाको पुण्यभूमि मझुवाबेंसी र गौडेनीलाई ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्यले मन्दिर तथा प्रतिष्ठानको उद्घाटन गरिएको प्रतिष्ठानका अध्यक्ष मोहनकुमार बस्नेतले बताए । ‘पूर्वी उत्तर नेपाली जनमानसमा शिवशक्ति पशुपतिनाथ भगवान्को दर्शन गराउने हो । जसले यहाँको धार्मिक पर्यटनको प्रचारप्रसार गर्छ’, उनले भने, ‘विशेष गरी नेपालकी प्रथम समाज सुधारक नेतृ योगमाया जन्मनुभएको यो पुण्यभूमि मझुवाबेंसी र गौडेनी स्थललाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विस्तार गर्नु हाम्रो मुख्य लक्ष्य हो ।’

नवनिर्मित शिवशक्ति श्री पशुपतिनाथ मन्दिरमा पञ्चमुख शिवलिंग, नन्दी, सिंहसहित पाञ्चायन देवताका महाघण्टाको दर्शनार्थीका लागि खुला गरिएको छ । गत वैशाख ८ गते पशुपति मन्दिर र योगमाया प्रतिष्ठानको महारुद्री सप्तयण्डी पाठ पारायणका साथ महामण्डलेश्वर स्वामी हेमानन्द गिरी र पूर्वमन्त्री एवं बुद्ध एयरलायन्सका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको विशेष उपस्थितिमा औपचारिक उद्घाटन गरिएको थियो ।

नेपाली समाजमा नारीमाथि लगाइएको अति क्रूर दण्डात्मक सतीप्रथा अन्त्यका लागि जीवन अर्पेकी नेतृ योगमायाको इष्टदेवता महादेवको पूजा आरधना हुने भएकोले पनि मन्दिरको स्थापना गरिएको हो । किंवदन्तीमा योगमायाले ‘ओम नम शिवशक्ति सत्य सचेत सत्य शरणागतः’ मूलमन्त्रलाई साधना गरिरहने भएकाले यहाँ श्री पशुपतिनाथको मन्दिरमा धर्मको माध्यम बनाएर सामाजमा चौतर्फी चेतना, प्रचारप्रसार दिलाउने मुख्य उद्देश्यले पनि मन्दिर र प्रतिष्ठानको स्थापना गरिएको अध्यक्ष बस्नेतले प्रस्ट्याए ।

तीन वर्षको अन्तरालमा प्रतिष्ठानले तत्कालीन संस्कृति तथा पर्यटन मन्त्रालयबाट एक करोड र पुरातत्व विभागबाट १५ लाखको बजेटमा करिब २९ रोपनी क्षेत्रफलमा निर्मित योगमाया प्रतिष्ठान र पशुपतिनाथ मन्दिरमा योगमाया स्मारक, गुरुआ श्रम, शिवमन्दिर, यज्ञकुण्ड, आ श्रम, योगमाया तपस्या गुफा घेराबाराजस्ता भौतिक संरचना बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.