विमानस्थलको जग्गामा टहरा निर्माण

विमानस्थलको जग्गामा टहरा निर्माण

 गाईघाट : उदयपुरका जनताको आकाशमा उड्ने सपना साकार बनाउन छुट्याइएको त्रियुगा हवाई मैदानको जग्गा धमाधम अतिक्रमणको चपेटामा परेको छ। २०६१ माघ ८ गते हवाई मैदानका नाममा जग्गाधनी तथा प्रमाणपुर्जा बने पनि प्राविधिक पक्षले उक्त जग्गामा हवाईजहाज उडान भर्न नसकिने रिर्पोट दिएपछि स्थानीयले जग्गा अतिक्रमण गर्न थालेका हुन्।

वडा नं ५ ‘ख’ को कित्ता नं १०३ अन्तर्गतको १४ बिघा १६ कठ्ठा १६ धुर जग्गामा अहिले ४३ वटा घर टहरा निर्माण भएका छन्। एकपछि अर्को गर्दै जग्गा अतिक्रमण गरी घर बनाउने कार्य नरोकिएपछि सोमबार एयरपोर्टस्थल त्रियुगा नगरपालिका १३ गाईघाटमा प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, नगरपालिका प्रमुख प्रशासकीय अतिकृत तारानाथ लुइँटेल, प्रहरी प्रमुख एसपी नवराज भट्टसहितको टोलीले स्थलगत अवलोकन गरी निर्माण कार्य तत्काल रोक्न आग्रह गरेको छ।

प्रजिअ कार्कीले सोमबारै नगरपालिका कार्यालयलाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्राचार गरेका छन्। उनले भने, ‘सार्वजानिक जग्गाको संरक्षण गर्नु स्थानीय सरकारको पहिलो दायित्व हो, त्यसो भएको हुनाले प्रक्रियाअन्तर्गत ३५ दिनको म्याद राखी जग्गा संरक्षणका लागि पत्राचार गरिएको छ, त्यति गर्दा पनि सुनवाइ नभए पक्रिया अघि बढाइन्छ’, प्रजिअ कार्कीले पत्रको नगरपालिकाबाट सुनवाइ हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए।

जिल्ला सुरक्षा निकायसहितको टोलीले अनुगमनको क्रममा घर बनाउँदै गरेकालाई समेत नबनाउन प्रजिअले निर्देशन दिएका छन्। ‘घर बनाउँदै गरेकाको घर भत्काउने हो’, कार्कीले भने, ‘अब दिन तपाईंहरू नबनाउनुहोस्।’ अनुगमन गर्न पुगेका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले सरकारी जग्गामा बनेका घरहरू तत्काल भत्काउन तयारी थालेको बताए। ‘आज हामी अनुमगनको क्रममा छौं’, अधिकृत लुइँटेलले भने, ‘केही प्रक्रिया पु¥याएर भत्काउछौं।’

२०३१ सालमा विमास्थल निर्माण गर्ने भनी हवाई फिल्ड नामकरण भएको चौरीको पश्चिमउत्तर भागमा अहिले थरूहट रंगशाला र दक्षिणी भागमा ३१ करोडको लागतमा १५ सय क्षमता भएको सुविधासम्पन्न मदन भण्डारी अतिथि सदन तथा सभाहल निर्माण भएको छ। त्यसैगरी बजार विस्तार हुँदै गएपछि उत्तरपट्टिको चौरमा तरकारी बजार छ। त्यहीँको अतिथि सदन अगाडिको भागमा रहेको जग्गा अतिक्रण गरी घर टहरा निर्माण गरिएको हो।

विमानस्थल नबन्ने पक्कापक्की भएपछि विमानस्थलको नाममा रहेको जग्गामा नगरपालिकाले सर्वदलीय छलफल र परामर्श गरी तरकारी बजार व्यवस्थापन, थरूहट रंगशाला र मदन भण्डारी अतिथि सदन निर्माण गर्न निर्णय गरी सिफारिस गरेको थियो। अहिले मदन भण्डारी अतिथि सदनको निर्माण कार्य जारी छ। सदरमुकामको मुटुमा रहेको सरकारको नाममा रहेको जग्गा अतिक्रमणको चपेटामा परेपछि स्थानीय प्रशासनले चासो दिएको हो।

नगरपालिका प्रमुख बलदेव चौधरीले थारू समुदायले एयरपोर्टको नाममा जग्गा उपलब्ध गराएको तर प्राविधिक कारणले एयरपोर्ट नबन्ने भएपछि आफ्नो जग्गा सुरक्षित गरेको बताए। उनले जग्गा हड्प्नेहरूलाई सम्बोधन गरी विकल्प खोजिने बताए। चौधरीले जग्गा संरक्षणको जिम्मा नगरपालिकाको भएकाले यसको उचित निर्णय गरिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.