भारुको अवैध कारोबार बढ्यो

भारुको अवैध कारोबार बढ्यो

बिर्तामोड : नेपालमा राष्ट्र बैंकको इजाजतबिना भारतीय नोटको किनबेच गर्न नपाउने प्रवधान भएता पनि भारतसँग सिमाना जोडिएको झापाको काँकरभिट्टा क्षेत्रमा खुलेआम रुपमा भारतीय रुपैयाको अवैध कारोबार बढेको छ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँको साटासाट गर्ने काँकरभिट्टामा रहेको नेपाल बैंकमा सटनी काउण्टरबाट र मनि चेञ्जरहरुलाई मात्र इजाजत दिएतापनि बैंककै अगाडि दैनिक सयौंको संख्यामा रहेका व्यापारीहरुले अवैद्य रुपमा भारतीय रुपैयाँको किनबेच गर्ने गरेका छन्।

खुल्ला रुपमा भारतीय रुपैयाँको सटही तथा किनबेच गर्न पाइँदैन। तर, प्रशासनकै अगाडि अवैधानिक रुपमा भारतीय रुपैयाँको किनबेच हुँदा कर्वाही भएको छैन। ‘यहीं प्रहरी छ, आधिकारीक बैकहरु छन्, तैपनी बढी मुल्यमा भारु बेच्नेको संख्या रोक्न कसैको प्रयास देखिदैन,’स्थानीय युवराज बरालले भने।

खुल्ला सीमाका कारण अधिकांश नेपाली किनमेलका लागि भारतको पानीट्यांकी, नक्सल सिलिगुडीमा जाने र त्यसका लागि बैंकबाट पर्याप्त भारतीय रुपैयाँ सटही नहुँदा अवैध रुपमा कारोबार भईरहेको भारु पैसा साट्न् स्थानिय बाध्य भएको बताउँछन्। ‘भने जति र समयमा बैक तथा सटही काउण्टरबाट पाईदैन, आफुहरुलाई भारुनै चाहिएको हुन्छ, नसाटी पनि भएन’, भारु साट्दै गरेका पाँचथरका यामबहादुर यक्पाहाङ्देनले भने।

नेपाल बैंक लिमिटेड काँकरभिट्टाले दिनमा तीन पटक एक जनालाई एक हजार मात्र भारतीय रुपैयाँ सटही गर्ने गरेकोले पनि अवैध रुपमा बाहिर भारतीय रुपैयाँको कारोबार बढेको स्थानीयको भनाइ छ। एक हजार भन्दा बढी रकम साट्नु परे अबैध कारोबारीलाईनै भेट्नुपर्ने हुन्छ।

बैंकको सटही काउण्टर खुल्ने समयमा समेत भारतीय पैसा साट्न नपाएपछि बाहिर साट्दा ठगिने गरेको पीडितहरुको भनाइ छ। ‘बैकले समयमा दिदैन, आफुहरुलाई हतार भएकाले बढि पैसामा भए पनि बाहिरनै पैसा साटे,’ बिर्तामोडबाट पानीट्यांकीमा सामान किन्न गएका नवराज पौडेलले भने। बैकले समयमा साटिदिने गरेपनि यस्ता कारोबारीको संख्यामा कमि आउने पौडेलको बुझाइ छ।

बैंक र बाहिर भारु पैसा बेचबिखन गर्दै आएका व्यक्तिहरुको मिलेमतोका कारण बैंकले सटही समयमा समेत साट्न आलटाल गर्ने गरेको स्थानीयको गुनासो छ। बैंकले दुई बजे भारु पैसा साट्ने काउण्टर खोलेतापनि काउण्टर खुल्ने बित्तिकै पैसा सकिएको कर्मचारीले बताउने गरेका छन्। बैंकको गेटमै खुलेआम रुपमा हातमा भारतीय रुपैयाँ हल्लाउँदै किनबेच हुँदा समेत त्यसलाई नियन्त्रण गर्न हाल सम्म बैंकहरुले कुनै पनि पहल गरेको पाइँदैन।

बैंकबाट भारतीय साट्दा १ हजार नेपाली रुपैया बराबरको भारु ६ सय रुपैयाँको साथ नेपाली २५ रुपैयाँ दिन्छ भने बाहिर दलालहरुले १ हजार रुपैया बराबर ६ सय भारु दिँदै आएका छन्। जसका कारण नेपाली नागरीकहरु एक हजार बराबर २५ रुपैयाँ ठगिँदै आएका छन्।

यता नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखा प्रमुख बिनोद गुरुङ भने बैकले स्थानियको माग बमोजिम रकम सटही गर्न नसक्दा बाहिर बढि चलखेल भएको स्विकार गर्छन्। ‘हामी दैनिक तीन चार लाख रुपैयाँसम्म सटही गछौँ तर पनि पुग्दैन, त्यहि भएर कहिलेकाही बाहिर बढि चलखेल हुँदो रहेछ।’ प्रमुख गुरुङले भने। शाखा प्रमुख गुरुङका अनुसार काँकरभिट्टामा दैनिक ५० लाखको भारतीय रुपैयाँको माग भएतापनि बैंकले ३ देखि ४ लाख भारु साट्ने गर्दछ। जसका कारण पनि काँकरभिट्टामा भारु पैसाको अवैधानिक कारोबार मौलाएको हो।

बैंककै अगाडि अवैद्य रुपमा भारतीय रुपैयाँको कारोबार बढेपछि प्रत्यक्ष रुपमा राष्ट्र बैंकको आम्दानी घटेको गुरुङको भनाइ छ। उनका अनुसार बैंकमै भारतीय रुपैयाँ साट्न आउनेले कमिशन माग्ने गरेको र बैंकले कमिशन नदिएपछि बाहिर दलालहरु मार्फत किनबेच हुने गरेको छ।

काँकरभिट्टामा मनि चेञ्जरहरु मात्रै २६ वटा रहेका छन्। अवैद्य रुपैमा एक सय भन्दा बढी दलालहरुले खुल्मखुल्ला रुपैमा भारतीय रुपैयाँको किनबेच गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.