उपमहानगरको अभियान: खरको छानो हटाउन विपन्नलाई जस्तापाता

उपमहानगरको अभियान: खरको छानो हटाउन विपन्नलाई जस्तापाता

तुलसीपुरः तुलसीपुर उपमहानगरपालिकामा खरका छाना भएका घर हटाउन थालिएको छ । नगर क्षेत्रलाई खरका छानामुक्त बनाउने अभियान अनुसार शनिवारदेखि जस्तापाता बाँड्न थालिएको हो । 

‘तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित आवासका लागि खरको छानो हटाउने अभियान नाम दिएर यो काम सुरु गरेको छ’, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले भने, ‘उपमहानगरपालिका भित्रका ५ सय खरका छानालाई यसै वर्ष विस्थापन गर्ने योजना छ । खरको छानो असुरक्षित हुने भएकाले विपन्नलाई लक्षित गरेर यस्तो अभियान सुरुवात गरिएको होे ।’ वडा नम्बर १ बाट थालिएको यो अभियान अब सबै वडामा लैजान उनले बताए । तुलसीपुरमा १९ वडा रहेका छन । 

उपमहानगरपालिकाले यस वर्ष ५ सय घरमा खरको छानो हटाएर टिनको छानो लगाउने भएको छ । ‘यस वर्ष वडा नम्वर ५ र ६ लाई खरको छानामुक्त वडा घोषणा समेत गर्ने तयारी गरेका छौँ’, पाण्डेले भने, ‘अन्य वडालाई पनि विस्तारै खरको छानोमुक्त वडा घोषणा गर्दै लगिने छ ।’

कुनै पनि नागरिक पैसाको अभावकै कारणले खरको छानोमा बस्नुपर्ने बाध्यता नहुने भन्दै अब रहरले मात्रै खरको छानोमा बस्ने बहेक कसैको घरमा पनि खरको छानो नहुने उनले बताए । 

शनिवार वडा नं १ मा केही घरलाई लागि जस्तापाता वितरण गरिएको छ । स्थानीय दलबहादुर रोकाले घरमा टिनको छाना लगाउन पाउँदा खुसीको महसुस गरेको बताए । ‘घर छाउन पुग्ने टिन पाइयो, मेरो जीवन खरकै घरमा जाने भयो भने चिन्तामा थिएँ’, उनले भने, ‘आज त्यो चिन्ता हटेको छ । बुढो उमेरमा ढुक्कसँग टिन लगाएको घरमा बस्न पाइने भयो ।’ 

स्थानीय तिलाराम कामीलेले खरको छना हटने देखेर खुसी भएको बताए । ‘टिन लगाऊँ भन्दा पैसा थिएन, घरको छानो खर भए छाउने नत्र वर्षामा रातभरी जागाराम भएर रात कटाउनु पर्ने अवस्था थियो’, उनले भने, ‘अब त्यो हट्ने भयो, सारै खुसी छु ।’ 

वडा नम्वर १मा पहिलो चरणमा २० घरमा टिनको छाना वितरण गरिने छ । घरको अवस्था हेरेर टिन वितरणमा प्राथमिकता दिइने उपमाहागरले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.