केरुङ–काठमाडौं रेल : छलफलका लागि नेपाली प्रतिनिधि चीनमा

केरुङ–काठमाडौं रेल : छलफलका लागि नेपाली प्रतिनिधि चीनमा

काठमाडौं : केरुङबाट रसुवागढी हुँदै काठमाडौं ल्याउने रेलको मोडालिटी तयार गर्न नेपाली प्रतिनिधिमण्डल चीन गएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीको नेतृत्वमा सात सदस्यीय टोली शनिबार चीन प्रस्थान गरेको हो।

सिगात्से आइपुगेको चिनियाँ रेल सन् २०२० सम्ममा चीनले नै केरुङसम्म विस्तार गर्दै छ। छलफलपछि सोही रेल केरुङबाट रसुवाढी हुँदै करिब ७५ किमिको रेलमार्गबाट काठमाडौं जोड्ने नेपाली पक्षले प्रक्रिया अघि बढाउनेछ। चिनियाँ रेल काठमाडौं हुँदै लुम्बिनी–पोखरा पु¥याउने विषयमा छलफल गर्न रेल विभागमा महानिर्देशक अनन्त आचार्य, सिनिसयर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्याय, मन्त्रालयका दुई सहसचिव र परराष्ट्र मन्त्रालयका एक प्रतिनिधि चीन गएका छन्।

चिनियाँ रेललाई काठमाडौं ल्याउने विषयमा छलफल गर्ने गरी एक साताको कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार चीनले यसअघि प्रारम्भिक सम्भाव्यता अध्ययनबाट रेलमार्ग निर्माण सम्भव भएको देखाइसकेको छ। गत साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन भ्रमणका क्रममा चिनियाँ पक्षले नै रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिदिने विषयमा सम्झौता गरेका थिए। ‘सोही सम्झौताअनुसार अब कसरी चिनियाँ रेल काठमाडौं ल्याउने भन्ने विषयमा छलफल हुनेछ’, चीन प्रस्थानअघि सचिव अधिकारीले भने, ‘छलफलले निर्माणको मोडालिटी तय गर्नेछ। आर्थिक व्यवस्थापन र निर्माणपछि सञ्चालनसहितका विषयमा छलफल गर्नेछौं।’


केरुङबाट रसुवागढी हुँदै काठमाडौं ल्याउने चिनियाँ रेलका विषयमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको नेतृत्वमा सात सदस्य नेपाली प्रतिनिधिमण्डल चीन गएको छ। 

सचिव अधिकारीका अनुसार चीनले केरुङसम्म ल्याएको रेललाई पहिले काठमाडौंसँग जोड्ने विषयमा छलफल हुनेछ। चीनले पनि यसअघि केरुङ काठमाडौंको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर ६९ अर्ब रुपैयाँको लागत अनुमानसमेत सार्वजनिक गरिसकेको छ। ‘हामीले पनि चिनियाँ रेलको आर्थिक तथा प्राविधिक विषयमा नै केन्द्रित रहेर छलफल गर्ने गरी कार्यसूची तयार पारेका छौ’, सचिव अधिकारीले भने। 

चीनले सिगात्से–केरुङ करिब साढे पाँच सय किलोमिटर रेल मार्ग विस्तार गर्न बाँकी छ। चीनले केरुङसम्म यो रेलमार्गलाई ल्याएपछि यो मार्गलाई नेपालको रसुवागढी हुँदै काठमाडौंसम्म ल्याउने प्रक्रियालाई अगाडि बढाउन नेपाल सरकार तयार रहेको छ। नेपालमा चिनियाँ टोलीको चासो देखिएको हो तर कुनै पनि मोडालिटी भने अहिलेसम्म तय भएको छैन।

चिनियाँ रेल केरुङबाट काठमाडौं ल्याउने यसैलाई नौ सय ४५ किमि दूरीको मेची–महाकाली रेलमार्गसँग जोड्ने योजना रहेको रेल विभागले जनाएको छ। हाल खण्डगत रूपमा निर्माण प्रक्रिया अगाडि बढेको नौ सय ४५ किमिको पूर्वपश्चिम रेलमार्ग आगामी पाँच वर्षमा अधिकांश खण्ड निर्माण भइसक्नेछ। चिनियाँ रेल आउने पनि पाँच वर्षअघि नआउने जानकारी रेल विभागका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए।

प्रवक्ता उपाध्यायले भने, ‘चीनले नेपाललाई ग्रिन सिग्नल दिइसकेको छ। अब अगाडि बढ्ने पालो हाम्रो हो। चिनियाँ रेल काठमाडौं आएपछि यही मार्गको प्रयोग गरेर नेपाल अन्तर्राष्ट्रिय रेलमार्गको सञ्जालमा जोडिनेछ। चिनियाँ सहयोग लिने र नेपालमा चिनियाँ रेल ल्याउने भनेर सरकारले निर्णय गरेको पाँच वर्षमा नै उल्लेख्य काम हुन सक्ने अवस्था छ।’

चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको पूर्वाधार बनाउन लाग्ने लागतको मात्र अध्ययन गरेको छ। यसमा गुड्ने रेल भने नेपालले किन्नुपर्ने हुन्छ। भौगोलिक रूपमा कठिन देखिएको केरुङ–काठमाडौं रेलमार्ग सम्भव भएपछि काठमाडौं–पोखरा–लुम्बिनी तुलनात्मक रूपमै सहज हुने रेल विभागको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.