तिलौराकोटमा रोकिएनन् पर्यटक

तिलौराकोटमा रोकिएनन् पर्यटक

तौलिहवा : तिलौराकोट दरबार अवलोकनका लागि आएका पर्यटक केहीबेर बसेर फर्र्कने गरेका छन्। राजा शुद्धोधनको दरबार रहेको तिलौराकोटमा विभिन्न समयमा गरिएको स्थलगत अध्ययन प्रतिवेदनले यो देखाएको हो। जापानिज ट्रस्ट इन फन्डको सहयोगमा बेलायतको दुर्हम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषको संयुक्त टोलीले सन् २०१४ देखि गरेको उत्खनन्सँगै तिलौराकोट आउने पर्यटकको अध्ययन गरेको थियो।

अध्ययनले तिलौराकोटमा आउने चार प्रकारका पर्यटकले औसत ३९ मिनेट मात्र समय बिताउने गरेको देखाएको छ। यसबाट पनि कपिलवस्तु पर्यटकीय लाभबाट बञ्चित रहँदै आएको देखिन्छ। पर्यटकको आगमनमा भने बर्सेनि वृद्धि हँदै गएको छ। तिलौराकोटको पश्चिमी, पूर्वीद्वार मुख्य दरबारमा पुगेर केही समयमै पर्यटक फर्किने गरेका हुन्। पर्यटक तिलौराकोटको दयनीय अवस्था देखेर निराश बनेर फर्कने गरेका छन्। पर्यटकलाई आकर्षण गर्ने वातावरण नहुँदा उनीहरू धेरै बेर बस्ने अवस्था नभएको पुरातत्वविद् बताउँछन्।

पर्यटकलाई आकर्षण गर्ने वातावरण नहुँदा उनीहरू धेरै बेर बस्ने अवस्था छैन।

विश्वले चिन्ने सम्पदा भएर पनि तिलौराकोट वरपरको नराम्रो वातावरणले पर्यटकको मन लोभ्याउन सकेका छैन’, लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल कुमार उप्रेतीले भने, ‘कसरी बसाइ लम्बाउने हो, अब योजना बनाएर लाग्नुपर्छ।’

यहाँ आउने पर्यटकले केबल एक सय १० रुपैयाँ मात्र खर्च गर्ने गरेको वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले बताए। ‘पर्यटकसँग सोधपुछ र अध्ययनपछि निराशाजनक अवस्था देखिएको छ’, उनले भने। औसत १५ जनाको समूहमा आउने आगन्तुकमध्ये ९० प्रतिशत बढी केही समय बिताएर बाहिरिने गरेका छन्। ७ प्रतिशत मात्र तौलिहवामा र बाँकी ७० प्रतिशत बढी लुम्बिनीमा फर्कने गरेका छन्। ती पर्यटक तौलिहवामा बसेको भए तिनीहरूले हजारभन्दा बढी खर्च गर्ने अध्ययनले देखाउँछ।

तिलौराकोटमा विशेष गरी म्यानमार,  श्रीलंका, भारतबाट बढी पर्यटक आउने गर्छन्। धरै पर्यटक धार्मिक दृष्टिले आउने गरेका छन्। आधाजति पहिलोपटक र २० प्रतिशत एकभन्दा बढी तथा ६ पटकभन्दा बढी समेत यहाँ पर्यटक आउने गरेको भेटिएको थियो। ४६ प्रतिशत कार र बाँकी सार्वजनिक सवारीमा आउने गरेका छन्। 

धरैजसो तिलौराकोट, कुदानलगायत क्षेत्रमा भ्रमण गर्न प्याकेजका रूपमा आउने गरेको पाइएको छ। तिलौराकोट भ्रमणपछि जिल्लामा रहेका अन्य बुद्धस्थल निकै कम मात्र जाने गरेका छन्। तिलौराकोटको पाँच सय मिटर उत्तरमा रहेको मायादेवी र शुद्धोधनको समाधिस्थल भनिएको धमनिया स्तुपमा ११ प्रतिशत पर्यटकमात्र जाने गरेका छन्।

तिलौराकोट जाने बाटौमै रहेको कपिलवस्तु संग्राहलयमा तिलौराकोट आएका नौ प्रतिशत मात्रले अवलोकन गर्ने गरेका छन्। पर्यटकीय क्षेत्र भए पनि पूर्वाधारको अभावका साथै सुन्दरीकरण नभएकाले जिल्लामा प्रशस्त सम्भावना रहे पनि पर्यटकीय लाभ लिन नसकेको पुरातत्वविद् बताउँछन्। पर्यटकीय स्थलको पूर्वाधार विकास, राम्रो होटल तथा रेस्टुरेन्ट र आवसीय सुविधाको अभावले गर्दा पर्यटक तिलौराकोटमा नटिक्ने लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.