गुुलरियामा धमाधम रिसोर्ट खुुल्दै

गुुलरियामा धमाधम रिसोर्ट खुुल्दै

गुुलरिया : बर्दियाको सदरमुकाम गुलरियामा पर्यटकलाई लक्ष्य गर्दै धमाधम रिसोर्ट खुुल्दैछन् । जिल्लाकै पर्यटकीय क्षेत्र ठाकुुरद्वारालगायत गन्तव्यलाई लक्ष्य गर्दै नयाँ रिसोर्ट खुुल्ने क्रम बढेको हो ।

बर्दियाको गुुलरिया नगरपालिका वडा नम्बर ७ स्थित हस्नापुुर कटीरोडमा करोडौंको लागतमा कृष्णसार रिसोर्ट निर्माण भइरहेको छ । गुुलरिया ५ स्थित सन्तोषी टोलमा बबई लाखौंको लागतमा प्यालेस सञ्चालनमा आउने तयारीमा छन् । जिल्ला सदरमुुकाम गुुलरिया आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै रिसोर्ट सञ्चालन गरेको लोटस गार्डेन रिसोर्ट गुुलरियाका प्रबन्धक सुुधांशुु प्रकाश शर्माले बताए ।

उनले भने, ‘पर्यटक सदरमुुकाम आइपुुग्दा कमसेकम थकान बिसाउने गरी रिसोर्ट सञ्चालन गरेका हौं । एकल लगानीमा सदरमुुकाम गुुलरियाकै मुुटुुमा खोलिएको रिसोर्टले पर्यटकलाई सन्तुुष्ट पार्नेमा आफू आशावादी रहेको शर्माले बताए । उनले थपे, ‘अर्गानिक तथा स्वच्छ परिकारले पाहुुनालाई सन्तुुष्ट पार्ने गरी रिसोर्ट सञ्चालनमा ल्याएका हौं ।’

रिसोर्टमा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर सेवा दिने हाम्रो लक्ष्य छ । ‘पर्यटकीय क्षेत्र ठाकुुरद्वारामा आउने पर्यटकलाई समेत गुुलरियामा पर्यटक आकर्षण गर्ने प्याकेजसहित हामी अघि बढेका हौं’, उनले भने । सबा एक करोडको लागतमा निर्माण सम्पन्न पार्टी प्यालेस र एसीहलसहितको रिसोर्टमा २० जनाले रोजगारी पाएका छन् ।

गेट कलेज अफ होटेल म्यानेजमेन्टका सीईओ खेमराज लकाईले लोटस रिसोर्ट उद्घाटन गर्दै भने, ‘पश्चिम नेपाल पर्यटकीय गन्तव्य भएकाले होटल तथा रिसोर्ट व्यवसाय वृद्धि गर्न आवश्यक छ ।’ उनले अगाडी भने, ‘बर्दियामा पर्यटन व्यवसायको प्रशस्त सम्भावना रहेकाले जिल्लाभरि नै पर्यटकीय होटेल तथा रिसोर्ट सञ्चालन गर्नुु आवश्यक छ ।’

लकाईले व्यावसायिक होटेलमा तालिम प्राप्त कामदार राख्न सकेमात्र पर्यटकलाई सन्तुुष्टि दिलाउन सकिने बताए । पश्चिम नेपालको होटेल व्यवसायलाई मद्दत गर्न नेपालगञ्जमा पनि होटल म्यानेजमेन्ट कलेज सञ्चालनमा ल्याएको उनको भनाइ थियो । यदि गाउँघरमा कसैलाई होटेलमा काम गर्ने तालिम लिने ईच्छा भए आफूहरूले सहयोग गर्ने उनले बताए । नेपालमा पर्यटन व्यवसायको प्रचुुर सम्भावना रहेकाले स्वदेशमै आफ्नो सीप सदुुपयोग गरेको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.