​प्रधानमन्त्रीले भने: सिन्डिकेट र घुसखोरीविरुद्ध तीनै सरकारको एउटा मोर्चा

​प्रधानमन्त्रीले भने: सिन्डिकेट र घुसखोरीविरुद्ध तीनै सरकारको एउटा मोर्चा

बुटवल: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गरेका छन् । प्रदेशसभामा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले अबको ध्यान सुशासन, आर्थिक उन्नति र विकासमा लगाउनुपर्ने बताए ।

मावनअिधकार लोकतन्त्र र विधिको शासनका लागि आधा शताब्दी संघर्ष गरेको आफूले प्रदेशसभामा उपस्थित भएर सम्बोधन गर्न पाउँदा खुसी भएको बताए । 

प्रधानमन्त्रीले लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेको बताउँदै देशलाई समृद्ध बनाउन कुनै कुरामा नअल्झिन आग्रह गरे । 

सरकार शासन गर्न मात्रै नभइ जनताको सेवामा गठन भएको बताउँदै प्रधानमन्त्रीले भ्रष्टाचार, अनियमितता र घुसखोरीविरुद्ध नागरिकको रक्षक भएर उभिन अपिल गरे । 

ओलीले सरकारले कुनैपनि अनुचित काममा सम्झौता नगर्ने पनि बताएका छन् । 'केही समूहको फाइदाका लागि हुने सिण्डिकेट, कार्टेलिङ, घुसखोरी र धम्काउदै बन्द हडताल गर्ने गतिविधिलाई निस्तेज पार्न तीनवटै सरकार लाग्नुपर्छ', उनले भने ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी भएकाले प्रदेश ५ मा निकै ठूला अवसर आएका ओलीले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.