राष्ट्रिय सभा उपाध्यक्ष दाहाल दुई विद्यार्थीका अभिभावक

राष्ट्रिय सभा उपाध्यक्ष दाहाल दुई विद्यार्थीका अभिभावक

रत्ननगर : राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले आइतबार चितवनका दुई विद्यार्थीको अभिभावकत्व ग्रहण गरेकी छिन्। रत्ननगर १४ स्थित जनजागृति माविमा अरूण मगराँती र रत्ननगर ११ स्थित पञ्चतेज आधारभूत विद्यालयमा माया चेपाङलाई भर्ना गराएर अभिभावकत्व ग्रहण गरेकी हुन्।

सरकारले यो वर्ष राम्रो नीति ल्याएर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको भन्दै उनले आफू पनि सरकारले चलाएको अभियानमा समाहित भएको बताइन्। दईजना बालबालिकालाई विद्यालय भर्ना गराइपछि विद्यालयलाई पठनपाठनमा विशेष ध्यान दिन आग्रह गरिन्।

सरकारले चलाएको अभियानमा सहभागी भएर चितवनका दुईजना बालबालिकाको अभिभावक बन्न पाएको भन्दै उनले भनिन्, 'म सबैभन्दा विपन्न र पिछडिएका बालबालिकाको अभिभावक बन्न चाहन्थेँ। आज सपना पूरा भएको छ।' दुवैजनालाई उनले कक्षा १ मा भर्ना गराएकी हुन्। तर, आफूहरूको काँधमा दुईजना बालबालिकाको जिम्मेवार मात्रै नभई समग्र सबै विद्यार्थीको जिम्मेवारी रहेको उनको भनाइ छ। 

देश संघीयतामा गइसकेकोले सबै अधिकार स्थानीय सरकारमार्फत प्राप्त गर्न सकिने भन्दै विद्यालयलाई कुनै समस्या परेमा सम्बन्धित वडfमार्फत जानकारी गराउन पनि विद्यालय प्रशासनलाई आग्रह गरिन्। सबै वडाले आफनो वडाभित्रको शैक्षिक संस्था कसरी चलिरहेको छ भन्ने विषयमा अनुगमन गरे

र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्न वडाअध्यक्षलाई निर्देशन समेत दिइन्। 'कुनै पनि वडाअध्यक्षहरूले बहाना बनाएर तर्किन पाउनुहुन्न,' उनले भनिन्, 'किनकि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नुमा जनप्रतिनिधिको भूमिका प्रमुख हुन्छ।' सिंहदरबारको अधिकार आफ्नै घरमा आइसकेकोले आवश्यक परेको खण्डमा जनप्रतिनिधिलाई झक्झक्याउन पनि उनले सबै शैक्षिक संस्थालाई आग्रह गरेकी छिन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.