बुवाआमाको सम्झनामा गाउँमा चौपारी निर्माण
दाङ : तुलसीपुर उप–महानगरपालिका १५ निवासी स्थानिय समाजसेवि डिल्लीप्रसाद शर्मा र खिरमादेवी शर्माले व्यक्तिगत लगानीमा चौपारी निर्माण गरेका छन् ।
आफ्ना स्वर्गीय बुवा रोमहर्ष शर्मा र आमा नन्दकला शर्माको सम्झनामा पतखौली गाउँमा पक्की चौपारी निर्माण गरिएको डिल्ली प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार सो चौपारी निर्माण गर्न ६० हजार रुपैयाँ खर्च भएको छ ।
बु्वा आमाको सम्झनामा आठ वर्ष पहिले वर र पिपलको बिरुवा रोपिए पनि अहिले आएर त्यसमा चौपारी निर्माण गरिएको शर्माले बताए । ‘यात्रुहरुलाई सजिलो होस् भनेर हामीले चौपारी निर्माण गरेका हौं,’ उनले भने,‘वर र पिपलको रुख रोपेर साङ्केतिक रुपमा वातावरण संरक्षणमा सबैको ध्यान जाओस् भन्ने हाम्रो अपेक्षा हो ।’