अमेरिका-कोरिया वार्ताका लागि सीमाक्षेत्र प्रस्ताव

अमेरिका-कोरिया वार्ताका लागि सीमाक्षेत्र प्रस्ताव

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ उनसँग हुने भनिएको शिखर वार्ता कोरियाली सीमाक्षेत्रमा नै गर्न सकिनेतर्फ सोमबार संकेत गरेका छन् ।

ट्रम्पले ट्विटरमा लेखेका छन्, ‘बैठकका लागि कैयौँ मुलुकहरू उचित भनी व्यक्त भएका छन् । तेस्रो मुलुकभन्दा उत्तर र दक्षिण कोरियाको सीमास्थित शान्तिगृह नै शान्ति र स्थायित्वका लागि धेरै प्रतिनिधिमूलक हुन सक्दैन र ? ’

कोरियाली प्रायद्वीपलाई पूर्णरूपमा आणविक निरस्त्रीकरण गर्न कोरियाली प्रतिबद्धताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीचको शिखर सम्मेलनको तयारी भइरहेको छ । उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपतिबीच आगामी तीनचार सातामै वार्ता गरिने भएको छ ।

उत्तर कोरिया र दक्षिण कोरियाको सैन्य निषेधित क्षेत्र तथा सिमानामा रहेको कोरियाली युद्धविरामस्थल पानमुनजोममा रहेको शान्तिगृहमा गत शुक्रबार नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर सम्मेलन भएको थियो ।

दुई कोरियाबीच सन् १९५३ मा युद्धविराम भएदेखि नेता किम दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने पहिलो कोरियाली नेता हुन् । नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मुनसँगै सिमानाको दक्षिणी भागबाट शान्तिगृहमा प्रवेश गरेका थिए ।

सोलका अनुसार उत्तर कोरियाले आफ्ना आणविक हतियार परीक्षणस्थललाई केही साताभित्र बन्द गर्ने र यसको पुष्टिका लागि अमेरिकी विज्ञलाई निमन्त्रणा गर्ने वाचा गरेको छ ।

अमेरिकाले उत्तर कोरियाविरुद्ध घुसपैठ नगर्ने वाचा गर्ने हो भने प्योङयाङलाई आणविक हतियारको आवश्यकता नरहने नेता किमले मुनसँगको कुराकानीमा स्पष्ट पारेका छन् । किमले आफू आणविक हतियारको पक्षमा नभएको पनि बताएका छन् । उत्तर कोरियाले आफ्नो सुरक्षाका निम्ति आणविक हतियार र क्षेप्यास्त्र परीक्षण गर्नुपरेको उनको दाबी छ ।

इन्डोनेसिया गर्न आह्वान

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच हुन लागेको शिखर सम्मेलन आफ्नो देशमा गर्न इन्डोनेसियाले आह्वान गरेको छ । शिखर सम्मेलनका लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्न आफ्नो देश तयार रहेको इन्डोनेसियाको भनाइ छ ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने प्रयासलाई आफूले पनि सहयोग गर्न चाहेको बताएका छन् । उनले उत्तर कोरियाका राजदूत एन क्वाङ आइआइ र दक्षिण कोरियाका राजदूत किम चाङबोमसँग स्टेट प्यालेसमा सोमबार भेटेर शिखर सम्मेलन इन्डोनेसियामा गर्न प्रस्ताव गरेका हुन् । ‘यदि उत्तर कोरियाका सर्वोच्च नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ताको तयारी भएको हो भने त्यसको आयोजना हामी गर्न चाहन्छौं’, राष्ट्रपति विडोडोले भने । उनले आफ्नो देशको प्रस्तावलाई सम्बन्धित नेताहरूले सकारात्मकरूपमा लिने विश्वास पनि व्यक्त गरेका छन् ।

यसअघि थाइल्यान्डले द्विपक्षीय वार्ताका लागि आफ्नो देशमा आउन आग्रह गरेको थियो । गत मंगलबार थाइल्यान्डका विदेशमन्त्री डोन प्रामुडविनैले शिखर वार्ताका लागि स्वयंसेवी तरिकाले सबै व्यवस्था गर्न थाइल्यान्ड तयार रहेको बताएका थिए । यसअघि मंगोलियाले पनि अमेरिका र उत्तर कोरियाबीच हुने शिखर वार्ता आफ्नो देशमा गर्न आह्वान गरेको थियो । चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

चिनियाँ विदेशमन्त्री वाङ यी उत्तर कोरिया जाने भएका छन् । उनी बुधबारदेखि दुई दिनसम्म उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले उक्त जानकारी दिएका छन् ।

उत्तर कोरियाली विदेशमन्त्री री योङ होको आमन्त्रणमा वाङ उत्तर कोरियाको भ्रमणमा जान लागेको पनि उनले खुलासा गरे । पछिल्लो समयमा उत्तर कोरिया विश्व राजनीतिको चासोको केन्द्र बनिरहेको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच पछिल्लो समयमा विकसित राजनीतिक परिस्थितिले गर्दा उत्तर कोरियाप्रति विश्वको चासो बढेको हो । 

गत शुक्रबार कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्नेबारे महत्वपूर्ण सम्झौता भएको थियो । कोरियाले लिएको यो पछिल्लो रणनीतिका कारण विश्व राजनीतिक सरगर्मी बढेको बेला चिनियाँ विदेशमन्त्रीले गन थालेको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.