'बुद्धको जन्मस्थलबारे  भ्रमको पछि नलाग्नुहोस्'

'बुद्धको जन्मस्थलबारे  भ्रमको पछि नलाग्नुहोस्'

बुटवल : प्रधानमन्त्री केपी ओलीले बुद्ध जन्मस्थलबारे छरिएका भ्रमको पछि नलाग्न विदेशी समुदायलाई आग्रह गरेका छन्। बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट र कपिलवस्तु नेपालमै रहेको अनेकन पुरातात्विक प्रमाण रहेको भन्दै उनले गलत सूचना लेखिएका दस्ताबेज सच्याउन सबैलाई आग्रह गरे। ‘तपाईंको देशका पाठ्यपुस्तक, बिहार गुम्बामा बुद्ध जन्मस्थलबारे गलत सूचना देखिएका छन् भने सच्याउनुस्, सरकारले कूटनीतिक रूपमा पनि आग्रह गर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘बुद्ध जन्मस्थल, धर्मको उद्गमस्थल र शान्तिको मुहान लुम्बिनी भएको तथ्यमा विश्वास गर्नुस्।’

भारतले बुद्ध जन्मस्थलबारे भ्रम छरेको प्रति आक्रोशित देखिएका ओलीले लुम्बिनीमा दुई दिनसम्म भएका सबै कार्यक्रममा विदेशी अतिथिलाई गलत सूचना सच्याउन आग्रह गरे। २५६२ आंै बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित समारोहमा उनले सत्य बुझ्न सबैलाई आग्रह गरे। ‘सत्यलाई सीधै विश्वास नगरी क्रसचेक गर्न बुद्धले आग्रह गर्थे’, ओलीले भने, ‘बुद्ध जन्मस्थलबारे भ्रम पनि त्यस्तै हो। सत्यको पछि लाग्नुस्।’

प्रधानमन्त्री ओलीले बुद्धजन्मस्थल लुम्बिनीमै बौद्ध शिक्षा पढ्ने थलोको विकास गर्नुपर्ने आवश्यकता औंल्याए। सरकारले लुम्बिनीको विकास र प्रवद्र्धनमा विशेष चासो दिएको जानकारी दिँदै लुम्बिनी, तिलौराकोट, रामग्राम र भैरहवा विमानस्थललाई महŒवसाथ हेरेको बताए। लुम्बिनीको विकासका नाममा मनपरी गर्ने छुट कसैलाई नभएको चेतावनीसमेत उनले दिए। ‘लुम्बिनी विकासका अनेक मर्म छन्, नियम छन्, त्यही आचरणमा रहेर विकास गर्नुपर्छ’, ओलीले थपे, ‘तीर्थस्थल, ज्ञानस्थल र पर्यटकीय स्थलको महŒव बुझेर काम गर्नुपर्छ।’ ओलीले लुम्बिनीलाई हराभरा बनाउन निर्देशन दिँदै वायु प्रदूषणमा ख्याल गर्न आग्रह पनि गरे।

लुम्बिनीमा अगरबत्तीको वासना नभई फूलको वासना आउनुपर्ने भन्दै वातावरणप्रति सजग हुन आग्रह गरे। अंग्रेजी र नेपाली भाषामा बोलेका ओलीले विदेशी नागरिकलाई लुम्बिनीबारे सत्य बुझ्न बारम्बार आग्रह गरेका थिए। बौद्ध धर्म दर्शन अन्त्य गर्न अनेक प्रपञ्च गरिए पनि यो ठीक विचार भएकाले विश्वभर मौलाउँदै गएको बताए। ‘एउटा सालिक ढालियो, हजार मूर्ति तयार भए। एउटा ग्रन्थ च्यातियो, हजारौं ग्रन्थ लेखिए’, ओलीले भने, ‘सत्य विचार हो, बुद्धको विचारले विश्वमा शान्ति ल्याउँछ। यो कहिल्यै मर्दैन।’

बुद्धपथमै रहेर नेपाललाई समृद्ध बनाउने अभियान सुरु भएको पनि ओलीले दाबी गरे। ‘लुम्बिनी ३७ दिनमा ३५ सय अट्ने हल बन्यो, यसले नयाँ सरकारको विकास गतिको संकेत गर्छ’, उनले भने। नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै आर्थिक विकासको गन्तव्यमा सहयोग गर्न विदेशी तथा स्वदेशीसँग उनले आग्रह गरे।

कार्यक्रममा प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले माटोमुनि लुकेको बौद्ध इतिहासको खोजी र विकासमा संघीय सरकारले प्राथमिकता दिएर काम गर्नुपर्ने बताए। लुम्बिनी स्थानीय समुदायसँग नजोडिएसम्म विकासमा अघि बढ्न नसक्ने भन्दै विकास कोषको पर्खाल बाहिरको समुदायलाई लुम्बिनीको अपनत्व गराउने काम गर्न आवश्यक रहेको बताए।

लुम्बिनी परिक्रममा मायादेवी मन्दिर वरपर मात्र नभई कोषकै परिक्रमा गर्ने संरचना आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले बताए। ‘बुद्ध जयन्तीलाई राष्ट्रिय पर्वका रूपमा प्रदेश सरकारले मनाउन चाहेको छ’, उनले भने। संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आगामी साढे दुई वर्षभित्र गुरुयोजना सकेर थप विकासको रुपरेखा तयार पार्ने बताए। बृहत्तर लुम्बिनी विकासको कामलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो। मूल समारोह समितिले पूर्वलुम्बिनीमा बृहत् शान्ति र्‍याली निकालेको थियो। र्‍यालीमा प्रधानमन्त्री ओली पनि सहभागी भए। मायादेवी मन्दिरदेखि म्युजियमसम्म पुगेको र्‍यालीको आधा भागसम्म ओली सहभागी भएका थिए।


पाँच हजार क्षमताको हल शिलान्यास

बुद्धजयन्तीमा आयोजित समारोह उद्घाटन गर्न आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच हजार क्षमताको हलसमेत शिलान्यास गरेकी छन्। प्रधानमन्त्री ओलीले दुई वर्षअघिको बुद्धजयन्तीमा हल निर्माणको घोषणा गरेका थिए।

साढे १७ करोड रुपैयाँ लागतमा बन्ने अन्तर्राष्ट्रिय सभाहलको राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, मुख्यमन्त्री पोखरेल, मन्त्री अधिकारीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। हाल रहेको म्युजियमको उत्तरतर्फ हल निर्माण हुन लागेको हो। बहुउपयोगी हल हुने विकास कोषका उपाध्यक्ष अवदेश त्रिपाठीले जानकारी दिए। अहिलेको बुद्ध जयन्तीका लागि चार करोड रुपैयाँ लागतमा हल निर्माण गरिएको छ। नेपाली सेनाले ३७ दिनमा ३५ सय व्यक्ति अट्ने क्षमताको हल बनाएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.