मेडिकल सञ्चालकको लापरबाहीले बिरामीको मृत्यु, तुलसीपुरमा तनाव

मेडिकल सञ्चालकको लापरबाहीले बिरामीको मृत्यु, तुलसीपुरमा तनाव

तुलसीपुर :   दाङमा सामान्य विरामी भएर उपचारका लागि मेडिकल गएकी एक जना महिलाको मृत्यु भएको छ । दाङको तुलसीपुरमा रहेको ज्योती मेडिकल क्लीनिकको लापरवाहीका कारण तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएको हो । 

सामान्य अवस्थामा मेडिकल आएकी कुमालको मेडिकललले हाइडोज र गलत औषधि प्रयोग गरी मारेको आफन्तहरुले आरोप लगाएको छनु । उपचारमा मेडिकलको लापरवाहीले विरामीको ज्यान गएको मृतकका आफन्तले दाबी छ । कुमालको मृत्युपछि आफन्तहरु आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनका कारण  ज्योति मेडिकल बन्द भएको छ । विरामी मरेपछि प्रहरीले मेडिकल सञ्चालक वाइवी धौलाकोटी र डा.प्रकाश नेपालीलाई नियन्त्रण लिएको छ । 

‘सासुले सामान्य पेट दुखेको भन्दै चेक गराउन भनेपछि उपचारको लागि मेडिकलमा लिएर आएको केही छिनमै उहाँको मृत्यु भयो,’ बुहारी ललीता वलीले भनिन् ।

 मेडिकलको लापरबाहीका कारण सासुको ज्यान गएको भन्दै उनले विरामीको ज्यान लिनेलाई कानुनी कारवाही हुनु पर्ने बताइन । मेडिकल सञ्चालक वाईवी धौलाकाटीले बिरामीको हर्टअट्याकका कारण मृत्यु भएको हुनसक्ने बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.