३३ किलो सुन तस्करी : एसएसपी लोहनीले पत्रकारलाई लात्ती हानेपछि..

३३ किलो सुन तस्करी : एसएसपी लोहनीले पत्रकारलाई लात्ती हानेपछि..

विराटनगर : साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्याकाण्ड सम्बन्धी घटनामा बुधबार मोरङ जिल्ला अदालतमा मुद्दा दर्ताका लागि पेश गरिएका अपराध अनुसन्धान महाशाखाका एसएसपी दिवेश लोहनी पत्रकारमाथि लात्ती उज्याउँदै झम्टिएका छन्। 

मुद्दा दर्तापछि प्रहरी हिरासतमा फर्काउने क्रममा अदालत परिसरमै लोहनीले अपशब्द प्रयोग गर्दै ‘लु खिच’ अझै फोटो खिच भन्दै पत्रकारको क्यामेरातर्फ हात र लात्ती हान्दै आक्रमण प्रयास गरे। 

उनले उज्यालो अनलाइन र अनलाइन खबरका पत्रकार क्रमशः सुमन सुस्केरा र ध्रुव भट्टराईलाई लात्ती उझ्याउँदै आक्रमण प्रयास गरेका हुन्। यसको प्रतिवाद गर्दै पत्रकारले सरकारी वकिल कार्यालय परिसर बाहिरसम्म लोहनीसहितका प्रहरी अधिकृतको तस्बिर र फोटो खिच्दै पच्छाएका थिए। 

सुन तस्करी र हत्या घटनाका सम्बन्धमा जिल्ला अदालतमा २९ जनाविरुद्ध बुधबार नै मुद्दा दर्ता भएको छ। विहीबारबाट अभियुक्तसँग बयान सुरु गरिने जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए।  à¥©à¥© किलो सुन प्रकरणः अभियुक्तहरुलाई मोरङ अदालतमा पेश गरियो

बुधबार साढे ३३ केजी सुन प्रकरणमा जोडिएका नेपाल प्रहरीका उच्च अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ। प्रहरीले २९ जनालाई अदालतमा उपस्थित गराएको हो भने अन्य ३४ जनालाई समेत विपक्षी बनाएर मुद्दा दर्ता गरेको छ।

अदालतमा उपस्थित गराएकामा पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, डीएसपी संजयबहादुर राउत, सई बालकृष्ण संजेल र प्रहरी जवान विष्णु खड्का रहेका छन्। उनीहरुलाई अदालत परिसरको पश्चिम ढाकाबाट प्रवेश गराइएको थियो। 

प्रहरीका अधिकारीलाई स–सम्मान निजी गाडीमा हतकडी नलगाई ल्याइएको थियो। यता प्रहरी सेवा बाहेकका अन्य आरोपीलाई भने हतकडी लगाएर अदालतको पूर्व ढाकाबाट प्रवेश गराइएको थियो। बाक्लो संख्यामा रहेका संचारकर्मीलाई कार्यालय समयमा नै आरोपी अदालत ल्याइपुुर्याउने सूचना दिइए पनि निकै ढिला गरी अदालत उपस्थित गराइएको थियो। 

सुन प्रकरणमा जोडिएका मुख्य नाइके गोरे भनिने चुुडामणि उप्रेतीका सहयोगी, व्यापारी, सवारी चालक तथा अन्य भरियाहरुसमेतलाइ अदालतमा उपस्थित गराई मुद्दा दर्ता गरिएको हो। जिल्ला अदालत  मोरङका स्रेस्तेदार दुलालले अपराधिक गतिविधि संचालन गरी सुन चोरी निकासी, अवैध कारोबार,  अपहरण, शरीर बन्धक  तथा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरिएको जानकारी दिए। 

दुलालका अनुसार प्रतिवादीलाई बिहीवार बयानका लागि अदालत उपस्थित गराउने गरी  थुनामा पठाइएको छ। 
सम्बन्धित समाचार

अभियुक्तहरुलाई मोरङ अदालतमा पेश गरियो

३३ किलो सुन प्रकरण : कता जाँदै छ अनुसन्धान ?

८८ केजी सुन तस्करी प्रकरण : पाँच सुन व्यवसायी पक्राउ

सुन तस्करीः आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य पक्राउ

३३ किलो सुन तस्करीको रहस्य खुल्दै : पूर्व डीआईजी निरौला पक्राउ

३३ किलो सुन तस्करी प्रकरणः पूर्व डीआईजी निरौलालाई विराटनगर ल्याइयो

चौध किलो सुन तस्करी प्रकरण: पक्राउ परे चिनियाँ नागरिक

सुन तस्करीको अनसुन्धान सकियो  : समातिए अर्का डीएसपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.