८८ केजी सुन तस्करी प्रकरण : पाँच सुन व्यवसायी पक्राउ
काठमाडौं : ८८ केजी सुन बरामद प्रकरणमा मिलेमतो गरेको आरोपमा प्रहरीले बुधबार पाँच जना सुन व्यवसायीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कार्यविनायक सुनचाँदी गहना पसलका गणेशदत्त बडूँ, रविश्याम टे«डर्सका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसलका सुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गले छन्।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका पाँचविरुद्ध म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको महाशाखाका प्रमुख एसएसपी दिवेस लोहनीले जानकारी दिए।
महाशाखाले केही साताअघि क्षेत्रपाटीबाट गाडीको अगाडि भागमा लुकाएर ल्याइएको अवस्थामा ८८ केजी सुन बरामद गरेको थियो। ८८ केजी सुन प्रकरणमा यस अघि नै तीन जना चालक पक्राउ परिसकेका छन्। तर, सुनका मालिक चिनियाँ नागरिक भने फरार छन्।
प्रतिक्रिया दिनुहोस !