मेडिकलको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप

मेडिकलको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप

तुलसीपुर : दाङमा सामान्य बिरामी भएर उपचार गर्न मेडिकल गएकी एक जना महिलाको मृत्यु भएको छ । दाङको तुलसीपुरमा रहेको ज्योति मेडिकल क्लिनिकको लापरबाहीका कारण तुलसीपुर उपमहानगरपालिका–७ निवासी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । मेडिकलले हाइडोज र गलत औषधि प्रयोग गरेकाले कुमालको मृत्यु भएको आफन्तले जनाएका छन् । कुमालको मृत्युपछि आफन्त आन्दोलनमा उत्रिएकाले मेडिकल बन्द भएको छ । बिरामी मरेपछि प्रहरीले मेडिकल सञ्चालक वाइवी धौलाकोटी र डा. प्रकाश नेपालीलाई नियन्त्रणमा लिएको छ ।

‘सामान्य पेट दुखेको भनेर जाँच गर्न मेडिकल आएको केही छिनमै मृत्यु भयो’, कुमालकी बुहारी ललिता वलीले भनिन् । मेडिकलको लापरबाहीले सासूको ज्यान गएको भन्दै उनले बिरामीको ज्यान लिनेलाई कानुनी कारबाही हुनुपर्ने माग गरेकी छन् । कुन औषधि प्रयोग भयो भनेर हेर्न नदिएको पछि औषधि सच्याएर पर्चा दिएको बताइन् । ‘सामान्य अवस्थाको बिरामी औषधि खानेबित्तिकै कसरी मर्छ ? ’, उनले भनिन्, ‘मेडिकलले गलत औषधि प्रयोग गरेकाले सासूको ज्यान गएको हो । योे मेडिकल र डाक्टरको लापरबाही हो ।’

मृतक कुमालका आफन्त दीपक कुमालले यसको जिम्मेवारी अस्पताल र डाक्टरले लिनुपर्ने बताए । ‘उपचारमा चरम लापरबाही भएको छ’, उनले भने, ‘यसको जिम्मेवारी मेडिकल सञ्चालक र डाक्टरले लिनुपर्छ ।’ डाक्टर र अस्पताल दुवैलाई कारबाहीको दायरामा नल्याएसम्म मृतकको लास नउठाउने आफन्तले अडान लिएका छन् । मेडिकल सञ्चालक वाई वि धौलाकाटीले भने बिरामीको हर्टअट्याकका कारण मृत्यु भएको हुन सक्ने बताएका छन् । सुरुमा ग्यास्ट्रिकको समस्या हो कि भनेर डाक्टरले प्यान्टोपराजोल इन्जेक्सन दिएको र त्यसलगतै बिरामीले छाती दुख्यो भन्दै चिच्याउन थालेपछि इसीजी गर्न उनलाई तत्काल राप्ती अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.