कांग्रेसमा सहमतीय प्रयास

कांग्रेसमा सहमतीय प्रयास

 काठमाडौं : पदाधिकारी मनोयनका लागि शुक्रबार बस्ने नेपाली कांग्रेस केन्द्रीय सदस्यहरूको बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमतिको प्रयास भइरहेको छ । महामन्त्री शशांक कोइरालाको मध्यस्थता भइरहेको छलफलले शुक्रबारको बैठक बस्नुअघिसम्म सहमति निकाल्ने योजनाका साथ भइरहेको कांग्रेस नेताहरूले बताएका छन् । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहीबार महामन्त्री कोइरालाले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई अलग–अलग भेटी सहमति प्रयास गरेका थिए । देउवालाई भेटेपछि कोइरालाले पौडेललाई भेटेका थिए । त्यस्तै कोइरालाले अर्का नेता कृष्णप्रसाद सिटौलासँग पनि बिहीबारै छलफल गरेका छन् । ‘सहमतिमै शुक्रबारको बैठकबाट पदाधिकारी छान्ने प्रयास भइरहेको छ’, प्रवक्ता शर्माले भने, ‘अनौपचारिक तहमा सबै पक्ष संवादमै छन् ।’ गत सोमबार सभापति देउवाले पदाधिकारी मनोयनका लागि बैठक डाक्दा वरिष्ठ नेता पौडेलले बैठक बहिष्कार गर्ने जनाएपछि बैठक शुक्रबारसम्मका लागि स्थगित भएको थियो ।

शुक्रबारको बैठकमा सहभागी हुने/नहुनेमा पौडेल पक्षले ठोस धारणा बनाइसकेको छैन । उक्त पक्षले शुक्रबार बिहान आन्तरिक छलफल गरेपछि मात्र यस विषयमा ठोस धारणा बनाउने तयारी गरेका छन् । देउवाले मनोनीत गर्ने उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा पौडल पक्षले सहमहामन्त्री आफ्नो समूहले पाउनुपर्ने दाबी गर्दै आइरहेका छन् । 

गएको आइतबार मात्रै सकिएको केन्द्रीय कार्यसमिति बैठकमा पौडेल र सिटौला पक्ष सभापति देउवाविरुद्ध आलोचनामा उत्रिएका थिए । देउवानिकट केन्द्रीय सदस्य डा. प्रकाशशरण महतका अनुसार शुक्रबार बस्ने बैठकमा देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव ल्याउनेछन् । महतले भने, ‘संवाद सबै पक्षसँग भएकै हो’, उहाँले विधानअनुसार पदाधिकारीहरू मनोयन गर्नुहुन्छ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित भएपछि सभापतिले दुई महिनाभित्र उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्त गर्नुपर्ने छ । त्यसलाई निर्वाचित कन्द्रीय सदस्यको बहुमतले पारित हुनुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.