सम्पदा संरक्षण अनि समृद्धि
सम्पदा संरक्षणविदसम्पदा हाम्रो पहिचान हो। नेपालीलाई संसारभर चिनाउने भनेकै सम्पदा हुुन्। सगरमाथालगायत सम्पदाका कारण विश्वभरका पर्यटक नेपाल आउने गरेका हुुन्। कसैलाई सगरमाथा पुुग्नुु छ, कसैलाई छेउछाउ ट्रेकिङ गर्नुु छ। धार्मिक पर्यटकलाई पशुुपतिनाथ वा लुुम्बिनी पुुग्नुु छ। धेरैजसो पर्यटकलाई देशप्रति आकर्षित गर्ने सम्पदा नै हो। पुुर्खाप्रति गर्व गर्ने माध्यम पनि सम्पदा नै हुुन्। तर दुुर्भाग्य ! हामीले धेरै सम्पदा नाश गरिसकेका छौं।
करिब ६० वर्षअघिको अवस्था हेर्ने हो भने सम्पदा त्यस्तै १० प्रतिशत मात्र बाँकी होलान्। झन्डै ९० प्रतिशत सम्पदा संरक्षण गर्न नसकेर, नजानेर वा लापरबाही गरेर सिध्याइसक्यौं। यतिलाई जोगाउन पनि धौधौ परेको छ। १९९० सालको भूकम्पमा पनि धेरैजसो सम्पदा जोगाउन सकिएन। कतिपय हचुुवा किसिमले पनि पुुनर्निर्माण भएका छन्। त्यो बेला त स्रोतसाधनको कमी थियो। तर, अहिलेको स्थिति त्यो हुुँदै होइन। समस्या, कर्मचारीतन्त्र हो।
भूकम्पपछिको पुुनर्निर्माणको अवस्था लाजलाग्दो छ। तीन वर्ष भइसक्यो, अहिलेसम्म पुुनर्निर्माण सकिसक्नुुपर्ने हो। सकिनुु त परै जाओस्, २० प्रतिशत पनि काम हुुन सकेको छैन। पुुनर्निर्माण प्राधिकरण, पुुरातत्व विभाग, नगरपालिका र स्थानीय बासिन्दा सबैको कर्तव्य हो। तर के नमिले, के नमिलेजस्तो भएको छ। प्राधिकरण र विभागकै काम सन्तोषजनक छैन।
अन्य पुुनर्निर्माणजस्तै सम्पदाको पनि टेन्डरमा जाने हो भने यसको मौलिकता गुुम्ने खतरा हुुन्छ। हामीले ठेक्कापट्टामा सम्पदा पुुनर्निर्माण र जीर्णोद्धार गर्नुु हुुँदैन भनेर सुुरुदेखि नै भन्दै आएका छौं। त्यसो गरे यिनको गुुणस्तर घट्छ। ठेक्कापट्टा गरे खान पाइन्छ, उपभोक्ता समिति वा स्थानीय समुुदायलाई दिए खान पाइँदैन। यिनलाई दिएर गर्न सके छिटो र गुुणस्तरीय हुुन्थ्यो। सहर र सम्पदाबीच अविच्छिन्न सम्बन्ध छ। प्राचीनकालदेखिको कुुरा गरेर अहिले सम्भव हुुँदैन। तर, अहिलेका सम्पदा बचाउन सके पनि लाख हुुन्छ। सम्पदा सम्पदा मात्र होइन, यो हाम्रो संस्कृति पनि हो। यसमा मानव जीवन जोडिएको हुुन्छ। उपत्यकाभित्रकै कुुरा गर्ने हो भने नेवारी समुुदायको संस्कृति र यहाँको सम्पदाको सम्बन्ध अविच्छिन्न छ।
भक्तपुुरमा एउटा विहार थियो, जुुन दुुर्भाग्यवश भूकम्पले भत्कायो। विहारका मान्छे मकहाँ आउनुुभयो, सम्पदा हो जोगाउनुुप¥यो भन्न होइन कि विहार बिग्रिएकाले हामीले व्रतबन्ध नै गर्न पाएनौं भनेर। एउटा सम्पदा भत्किँदा वर्षौंदेखि गर्दै आएको व्रतबन्ध नै रोकियो भनेपछि सम्पदासँग सहरवासीको सम्बन्ध केकस्तो र कति रहेछ पुुष्टि हुुन्छ। यसले छोयो र सक्दो सहयोग जुुटाएर जीर्णोद्धार ग¥यौं। उपत्यकाभित्रका यस्ता विभिन्न सम्पदासँग विभिन्न जातजाति र समुुदायको सम्बन्ध यसरी प्रत्यक्ष जोडिएको छ।
सम्पदा सम्पदा मात्र होइन, यो हाम्रो संस्कृति पनि हो। यसमा मानव जीवन जोडिएको हुुन्छ। उपत्यकाभित्रकै कुुरा गर्ने हो भने नेवारी समुुदायको संस्कृति र यहाँको सम्पदाको सम्बन्ध अविच्छिन्न छ।
काठमाडौं, ललितपुुर र भक्तपुुर सम्पदाले भरिपूर्ण छन्। तर पनि हामी गरिब छौं। सम्पदाबाट आर्थिक आर्जन यति मज्जाले हुुन सक्छ— हामीले अरू केही गर्नै पर्दैन। केवल पुुर्खाले सिर्जेको सम्पत्तिलाई संरक्षण गरिदिए पुुग्छ। बढीमा यसको बजारीकरण गर्नुुपर्छ। भक्तपुुर एउटा सहरलाई मात्र राम्ररी संरक्षण गरेर बजारीकरण गर्न सके यसले सिंगो मुुलुुक धान्छ। भक्तपुुरलाई सक्दो पुुरानो शैलीमा ढालेर सवारीसाधनविहीन बनाउने हो भने यसले नेपाल र नेपालीलाई पाल्छ। म युुरोपका भेनिस, रोम, पेरिसलगायत सहर घुुमेको छुु। यहाँ हामी लाखको कुुरा गर्छौं, त्यहाँ करोडमा आउँछन् पर्यटक। गत वर्ष १० लाख पर्यटक आए भनेर हामी दंग परेर बस्यौं। भक्तपुुरमा मात्र पर्यटकको संख्या करोड नाघ्नुुपर्छ। त्यसो गर्न सके हामी नेपालीले पनि आफ्नो सम्पदामा गौरव गर्दै आनन्द लिन पाउँछौं। सँगै अरूलाई आनन्द दिलाएर मज्जाले आम्दानी पनि गर्न सक्छौं।
भौतिक पूर्वाधार हेर्ने हो भने १० लाख पर्यटक पनि धन्न आएछन् भन्नुुपर्ने अवस्था छ। होइन भने सरकारले अरू केही गर्नै पर्दैनथ्यो। जेजति सम्पदा छन्, स्थानीय सरकारले स्थानीय र संघीय/प्रदेश सरकारसँग समन्वय गरेर तिनको संरक्षण एवं बजारीकरण गर्न सके नेपालको भविष्य उज्ज्वल छ। तर दुुःखको कुुरा, अझै पनि वरिष्ठ राजनीतिज्ञ र वरिष्ठ कर्मचारीको कुुरो गर्ने हो भने पाँच प्रतिशतले पनि यो कुुरा बुुझेकै छैनन्। सिंहदरबार भत्काउने कुुरा भइरहेको छ यहाँ। हामीले त्यत्रो दुुःख गरेर अभियान चलायौं, यही सिंहदरबार युुरोपमा हुुँदो हो त अहिले कुुन स्थितिमा हुुन्थ्यो। त्यहाँ एउटा सानोतिनो चिजलाई अर्बौं खर्च गरेर संरक्षण गरिन्छ। तर यहाँका यति धेरै धरोहरलाई सानोतिनो खर्च गरेर जोगाउनसम्म सकेका छैनौं हामीले। जोगाउन खोजे पनि सबैलाई त्यसैबाट कमाउनुु परेको छ।
सिंहदरबार भत्काउने हो भने संसारभरका विज्ञले पनि अन्यत्र कतै पनि जस्ताको तस्तै सिंहदरबार बनाउनै सक्दैनन्। संसारभर ठेक्का आह्वान गर्नुुहोस्, सिंहदरबारलाई जस्ताको तस्तै बनाउने विज्ञ कहीँ छैनन्। तर पनि यहाँका कसैले यसको महत्व बुुझेका छैनन्। धेरैजसो नयाँ सम्पदा ढलान गरेर बनाइएका छन्। यसरी खर्च गर्नुुभन्दा भएकालाई नै जोगाउनुु राम्रो हो। पुुरातत्व विभागसँग सीमित बजेट हुुन्छ। माथिल्लो स्तरका कर्मचारीको ढुुंगो ठड्याइएको कुुलदेवता छ भने त्यहाँ बरु मन्दिर बन्छ। तर, छेउछाउको सम्पदामा थोरै खर्च गर्नेतर्फ उसको ध्यान जाँदैन।
नेपालमा नयाँ सहर बन्ने क्रममा छन्। यसरी सहरीकरण भइरहँदा हामीले प्रशस्त सम्पदा मासिरहेका छौं। विकास गर्नुुपर्छ, नयाँ बस्ती बनाउनुुपर्छ। तर पुुरानै सम्पदा मासेर किन बनाउने ? यिनलाई जोगाउन सके मौलिकता पनि जोगिन्छ। र त्यसैबाट समुुदाय पालिन्छ। मैले सम्पदाबारे जर्मनीमा पढेको हुुँ। त्यहाँ दोस्रो विश्वयुुद्धभन्दा त्यसपछि सम्पदा धेरै मासियो। हामी पनि आधुुनिकतामा लाग्ने भन्दै ड्याङड्याङ भत्काइरहेका छौं, बुुझ्दै नबुुझी। उनीहरू पनि यस्तै हविगतमा गएकाले अहिले पछुुताइरहेका छन्। हाम्रो स्थिति त्यस्तै हुुनेवाला छ। हामीले पनि भूकम्पले भत्काउँदाभन्दा बढी नाश गरिरहेका छौं, जोगाउन नसकेर।
सम्पदा मास्नै पाइँदैन। यी न पैसाले पाइन्छ न पछुुताएर नै। कि माल्दिभ्सजस्तो जमिनै नभएको भए छुुट्टै कुुरा हो। जताततै जमिनै जमिन छ। विकास गर्ने हो भने सम्पदा मास्नै पर्दैन। खोकनामा केही आयोजना पर्ने हुुँदा पनि त्यहाँका बासिन्दा किन खुुसी छैनन् भने सरकारले अन्यत्र जमिन पाउँछ, त्यहाँका सम्पदा मास्ने हो भने फेरि कसरी पाउने ? त्यसको महत्व अहिले नबुुझेर पनि हो। तर जे होस् खोकनावासीले बुुझेका छन्। मलाई २० वर्षअघि सबैले बौलाहा भन्थे। भक्तपुुरवासीले मात्र होइन, धेरैले रवीन्द्र पुुरी बौलायो मात्र भन्थे। तर, अब यही बौलाहा धेरै ठाउँमा चाहिएको छ। जीटीजेडको हुुँदाखाँदाको जागिर छाडेर एउटा कुुखुुराको थोत्रो खोर किनेर जीर्णोद्धार गर्न थाल्दा २० वर्षअघि बौलायो भनेका थिए, पछि त्यसैले युुनेस्को अवार्ड पायो। बल्ल यसले केही जानेको रहेछ भन्ने भयो।
भक्तपुुरलाई मात्र राम्ररी संरक्षण गरेर बजारीकरण गर्न सके यसले सिंगो मुुलुुक धान्छ। यसलाई सक्दो पुुरानो शैलीमा ढालेर सवारीसाधनविहीन बनाउने हो भने यसले नेपाल र नेपालीलाई पाल्छ।
युुनेस्को अवार्ड नपाएको भए म बौलाहाको बौलाहा नै हुुन्थेँ। धेरैले सम्पदा बुुझेकै छैनन्। अहिले नबुुझेर मास्छौं। पछि पछुुताउनुुको विकल्प हुुँदैन। तर, के गर्ने ? जो मान्छे ठाउँमा हुुन्छ, उसले जताततै चिनेको हुुन्छ, सबै पहुुँचमा हुुन्छन्। तर, हामी जानेबुुझेका भनौं वा देशप्रति माया भएका हाम्रा कुुरा कसैबाट नसुुनिँदो रहेछ। यसले पनि धेरै सम्पदा नाश भइरहेका छन्। सहर एक किसिमले उजाड भइरहेका छन्। देशलाई के गरेर समृद्ध बनाउनेभन्दा पनि यहाँ त सबैलाई आआफ्नो स्वार्थ लुुट्नुुमै आनन्द देख्छुु। काठमाडौं र ललितपुुरको तुुलनामा अझै पनि भक्तपुुरमा धेरै बिग्रिएको छैन। पाटनमा पनि चोकैचोकको सहर बनाउन सकिन्छ। चारपाँचवटा ब्लुुप्रिन्ट निकाल्नुुहोस्, तपार्इं छक्क पर्नुुहुुन्छ। भएका चोकलाई संरक्षण गरेर बजारीकरण मात्र गर्नुुपर्छ। सयौंको संख्यामा रहेको ती चोकलाई चम्काउने हो भने पाटन विश्वमै परिचित हुुन्छ। कहाँबाट कहाँ पुुग्छ।
भक्तपुुरमा पनि ९९ चोक छन्। जे हुुनुु भइसक्यो। तर पनि अझै तिनलाई जीर्णोद्धार गर्नुुपर्छ। उत्खनन गर्न सके पुुरातत्व बुुझ्नेका लागि तीर्थस्थल हुुन्छ, भक्तपुुर। काठमाडौंमा अझै पनि त्रिपुुरेश्वरबाट उत्तर, कान्तिपथबाट पश्चिम, बागमतीबाट पूर्व र सोह्रखुुट्टेबाट दक्षिणको भागलाई पनि सवारीसाधनमुुक्त बनाइदिने हो भने यो ‘कल्चरल हब’ हुुन्छ। डराउनुु पर्दैन। व्यापार पनि दस गुुणा बढ्छ। मलाई कीर्तिपुुरले सबैभन्दा ठूलो आशा जगाएको छ। स्थानीय तह र समुुदाय यसरी लागेका छन् त्यहाँ, भोलि काठमाडौं, पाटन र भक्तपुुर हेरेको हे¥यै हुुन बेर लाग्दैन। उनीहरूको उत्साहबाट प्रभावित छुु। म पनि दिनरात खटेको छुु। सम्पदा भएर मात्र पुुगेन, संरक्षण र सवारीमुुक्त हुुनुुपर्छ। कीर्तिपुुर त सम्पदा मात्र होइन, एउटा ठूलो इतिहास बोकेको ठाउँ पनि हो। पृथ्वीनारायण शाह र कीर्तिपुुरेबीच कसरी युुद्ध भएको थियो भन्ने कुुरालाई समेत बजारीकरण गर्न जानेका छैनौं। हुुन त कीर्तिपुुर पाँच वर्षमा सम्पदामा कायापलट हुुने अवस्थामा छ।
पनौतीमा मेरो महत्वाकांक्षी सपना छ। सन् २०३० सम्म त्यसलाई प्राचीन वास्तुुकला मात्र भएको सहरका रूपमा विकास गर्छुु भनेर लागेको छुु। स्थानीयवासीको सहयोग छ। मध्यपुुर थिमी नगरपालिका जात्रा, बाजागाजाको हिसाबमा धेरै अगाडि छ। तर, दुुर्भाग्यवश धेरै मासिइसक्यो। हामी दिलोज्यानले सहयोग गर्न तयार छौं। तर, ला ला भन्दा पनि लिने छैनन्। योभन्दा विडम्बना अरू के होला ? नेपालभन्दा पछाडि परेका देश सम्पदाले धमाधम अगाडि पुुगिसके। हामी यत्रो भएर पनि झन् पछिको पछि छौं। नयाँ नगरपालिकाले सहर बनाउने वा विकास गर्ने नाममा जसरी सम्पदा नासिरहेका छन्, उनीहरू यही समयमा पछुुताउनेछन्, भावी पुुस्ताले पनि सराप्नेछन्।
युुरोप अमेरिकातिर विश्व सम्पदा क्षेत्रमा घर हुुनुु भनेको सौभाग्य हो। त्यो जति धनी कोही छैन। मेरो घर विश्व सम्पदा क्षेत्रमा छ भन्न पाउनुु जत्तिको गौरव केही हुुँदैन। तर, नेपालमा यसको महत्व बुुझिएको छैन। हामी धेरै भाग्यमानी हौं। उपत्यकाजत्रो सानो ठाउँमै सातवटा विश्व सम्पदामा सूचीकृत सम्पदा छन्। सायद विश्वमा यस्तो मौका नेपालको राजधानीलाई मात्र जुुरेको होला। सिंगो देशमा एकदुुई विश्व सम्पदा क्षेत्र हुुन्छन्। अभिलेखालयबाट चोरी भएर गएका मनुुस्क्रिप्टका गाता मात्रको मूल्य सोचेभन्दा बढी छ। न्युुयोर्कको किस्ट्रिजमा लिलाम बढाबढ हुुँदा एउटै गाताको सुुरु मूल्य नै ५० हजार डलर। यसबाट थाहा पाउन सकिन्छ महत्व। पुुर्खाले जीवन, संस्कृति र सम्पदा के हो, एकदमै राम्रोसँग बुुझेका थिए। अहिलेकाले खै केही बुुझेका छैनन् जस्तो लाग्छ। गरिहाले स्वार्थ नराखी केही हुुँदैन। रक्षक नै भक्षक भएको देश छ, कसलाई के भन्ने ?
(गोपीकृष्ण ढुुंगानासँगको कुुराकानीमा आधारित)