मुस्ताङमा लोभलाग्दा सुटिङ स्पट

मुस्ताङमा लोभलाग्दा सुटिङ स्पट

जोमसोम : पछिल्लो समय मुस्ताङ जिल्ला चलचित्र हबकोरुपमा विकास हुन थालेको छ। मुस्ताङको रमणीय भूगोल र यहाँका विभिन्न मनमोहक प्राकृतिक सौन्दर्यताले स्वदेशी तथा विदेशी चलचित्र निर्माता\निर्देशकहरुको ध्यान मुस्ताङतर्फ मोडिन थालेको हो।

दुई दशक अघि हिमाली जिल्ला मुस्ताङको गन्तब्य अहिलेको जस्तो सहज पटक्कै थिएन। २०६० सालको सेरोफेरोमा जब नेपाली सेनाले मुस्ताङ र म्याग्दीको सडक ट्र्याक खोल्यो, त्यसपछि मुस्ताङको दूरी छोटिन पुग्यो। भारतीय नाकाबन्दीपछि सरकारले २०७४ सालदेखि उत्तरी कोरला नाकासम्मको पहुँचमार्ग विस्तार गर्ने उद्देश्यले सडक स्तरोन्नति गर्न थालेपछि मुस्ताङ यात्रा झनै सहज बन्दै गईरहेको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत मुस्ताङको थासाङ-३ लेतेदेखि घरपझोङ-२ मार्फासम्म कालोपत्रे सडक विस्तार भईसकेको छ।

यस्तै जोमसोम-कागबेनी सडकको कालोपत्रे विस्तारको काम पनि सुरु हुन थालेको छ। तर कागबेनी-मुक्तिनाथ सडक भने ४ वर्षअघिनै कालोपत्रे भईसकेको छ। कालिगण्डकी करिडोर अन्तर्गत जोमसोम-कोरला ग्राभेल सडक अन्तिम चरणमा छ भने बेनी-जोमसोम सडकको भौतिक प्रगती ६५ प्रतिशत छ। मुस्ताङ आउने पर्यटकलाई म्याग्दी खण्डमा केही असहज र सास्ती ब्यवहोर्नू परेपनि मुस्ताङ खण्डको सडक समृद्ध बन्दै गइंरहेकाले पर्यटकलाई सम्पूर्ण थकान चटक्कै बिर्सन बाध्य गराईदिन्छ। अबको केही वर्षपछि बेनी-जोमसोम-कोरला सडक स्तरोन्नति पूरा भई झनै सडक गन्तब्य सहज बन्ने पक्का छ।

मुस्ताङमा सडक यातायात सहज बन्दै जान थालेपछि पछिल्लो एक दशक यता करिव दुई दर्जन नेपाली चलचित्र छायांकन भईसकेका छन् भने दर्जनौ म्युजिक भिडियो र मुस्ताङ चिनाउने डकुमेन्टी फिल्महरु छायांकन भईसकेका छन्। यस्तै केही विदेशी पर्यटकले पनि अंगे्रजी फिल्म र डकुमेन्टी सुटिङ गरिसकेका छन्। 

मुस्ताङमा एकपछि अर्को गरी चलचित्रहरुको छायांकन हुन थालेपछि यहाँको पर्यटन ब्यवसायले गति लिन थालेको छ। हिमाली जिल्ला मुस्ताङमा  नेपाली चलचित्र कबड्डीको चार वटा ऋखंला छायांकन भईसकेका छन्। जसममध्ये ३ वटाको प्रर्दशन भईसकेको छ भने कबड्डी फाईनल म्याचको अन्तिम भाग गत कार्तिकमा छायांकन सकिएको थियो। यसैगरी विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना जोखिम अघि मुस्ताङमा कान्छी, ब्याच नं. १६, जेरी, ड्रिम्स, सम्हालिन्छ कहिले मन, भकुन्डो, चचहुई, प्रेमगीत, रुद्र, हिम्मत २, छिरिङ, आमा खन्डो र चिनो लगायतका नेपाली कथानक चलचित्र छायांकन भईसकेका छन्। 

यस्तै मुस्ताङमा भारतीय चलचित्र क्षेत्रका महानायक अमिताभ बच्चनको खुदा गवाह चलचित्र छायांकन भईसकेको थियो। खुदा गवाहको प्रर्दशनपछि मुस्ताङमा भारतीय पर्यटकको संख्या वृद्धि भएको थियो। यस्तै कोरोना कहरको क्रममा गत वर्ष भारतीय चलचित्र तिरीमाली छायांकन भईरहेको बेला स्थानीय प्रशासनले कोरोना संक्रमण जोखिम भन्दै छायांकनका क्रममा रोक लगाईएको थियो।

मुस्ताङमा थकाली कलासंस्कृतिलाई तयार पारिएको कबड्डी नामक चलचित्रले थासाङको नाउरिकोटलाई चिनाउन ठूलो भूमिका खेलेको छ। २०७० सालमा निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको यस चलचित्रले यहाँका भुगोल, मौलिकता र स्थानीय रहनसहनलाई आम दर्शक माझ उजागर गरिदियो। थासाङ-२ का वडाध्यक्ष नरप्रसाद ज्वाहारचनले थासाङ क्षेत्रको परिचय चलचित्र कबड्डीले पस्किएको बताए। उनले कबड्डीको प्रर्दशनपछि नाउरिकोट भ्रमण गर्ने पर्यटक वृद्धि भएको जानकारी दिए। समुन्द्री सतहदेखि २ हजार मिटर अग्लो उचाईमा अवस्थित नाउरिकोट गाउँ आफैमा मनमोहक छ। वरिपरी निलगिरि र धौलागिरि हिमालको दृष्यावलोकन गर्न सकिने नाउकोटा गाउँ सडक संञ्जालले जोडिएकाले चलचित्रकर्मीलाई यहाँ पुगेर छायांकन गर्न सक्ने अवस्था रहेको छ।

नाउरिकोट गाउँबाट खर्कको चरनक्षेत्रमा चरिरहेका याकचौरी र वन्यजन्तुको क्रिडा अवलोकन गर्न सकिन्छ। यस्तै नाउरिकोटबाट कालिगण्डकी नदीको सौन्दर्यताले पर्यटकलाई मोहित पारिदिन्छ। मुस्ताङको थासाङमा ३ वटा स-साना तालहरु छन्। थासाङ-२मा भुतर्छो ताल र सेकुङ ताल छन्। यी दुबै ताल समुन्द्री सतहदेखि २७ सय २५ मिटरको उचाईमा छन्। तालमा निलगिरि हिमालको प्रतिबिम्ब देख्न सकिन्छ। यस्तै थासाङ-५ को टिटी गाउँमा टिटी ताल छ। यो तालपनि २५ सय मिटर अग्लो उचाईमा छ। ताल हेर्न स्वदेशी तथा बिदेशी पर्यटक उल्लेख्य उपस्थिती रहने गर्छल। थासाङमा कवि भूपी शेरचनको गाँउ टुकुचेमा कबड्डी लगायत अन्य नेपाली चलचित्र छायांकन भईसकेको वडाध्यक्ष हिराचनले बताए।

मुस्ताङको घरपझोङ गाउपालिका पनि चलचित्रल छायांकनका हिसाबले महत्वपूर्ण छ। घरपझोङ गाउपालिका भित्र पर्यटकी गन्तब्य ढुम्बाताल, कुछप तेरङ्गा गुम्बा, स्नोलियो पार्ट, यारुझो भ्यू टावर, घरपझोङ किल्ला, झोनाधाङ पार्क र स्याउको राधधानी मार्फा गाउँ छन्। 

सदियौं पुरानो माटोलले निर्मित परम्परागत  एक आपसमा जोडिएका घरहरुको मौलिकताले चलचित्रकर्मी यहासम्म आउन बाध्य हुन्छन्। चलचित्र चिनो, प्रेमगीत, जेरी, छिरिङ र कान्छी लगायतका चलचित्रको प्रर्दशनपछि ढुम्बातालको चर्चा झनै चुलिएको मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए। चलचित्र छायांकनकै माध्यमले मुस्ताङको पर्यटकीय क्रेज बढेको अध्यक्ष तुलाचनको भनाई छ। वर्षेनि भाद्र, असोज महिनामा लटरम्म स्याउ बगैचा स्याउले ढाकिदा मार्फा गाउको सौन्दर्यतानै बेग्लै हुने गर्छ। बेनी-जोमसोम मुख्य सडकको भित्री भागमा एक आपसमा मिलेको बस्ती हो मार्फा गाउँ।

साघुरो गल्ली परम्परागत पुराना घरले सांस्कृतिक धरोहरलाई जीवन्त तुल्याउँछ। यहीँ मार्फाको गल्ली भित्रै थुप्रै नेपाली चलचित्र छायांकन भईसकेको स्थानीय दिपक लालचनले जानकारी दिए। उनका अनुसार मार्फाको साधुँरो गल्ली भित्र जेरी फिल्म छायांकन भएकाले त्यहाँको भित्री गल्लीलाई जेरी गल्ली नामाकरण गरिएको उनले बताए। मार्फामा ६ वटा डिस्टिलरी, गुम्बा र बागवानी कृषि फार्म छ। घरपझोङको ठिनीमा सामुदायिक होमस्टे छन्। पर्यटक तथा चलचित्रकर्मी त्यहाँ पुगेर सँस्कृतिमा रमाउने गर्छन। ठिनीको स्नोलियो पार्ट र यारुझो भ्यूटावरमा सडक पुगेकाले चलचित्रकर्मीलाई छायांकनमा सहज भईसकेको छ। सदरमुकाम जोमसोमको बीचमा कालिगण्डकी नदीको प्रवाहले घरपझोङको सौन्दर्यतालाई झनै घनिभूत बनाईदिएको छ।

चलचित्र छायांकन हबको कुरा गर्दा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र पनि प्रख्यात छ। मुस्ताङमा छायांकन गर्न आएका निर्माता निर्देशकको मुख्य प्वाईन्ट कागबेनी-मुक्तिनाथ सडकको माथि पहाडमा पर्छ। चारैतिरको भूगोल र कालिगण्डकी नदी र मुक्तिनाथ खोलाको दृष्यले कागबेनी डाँडो चलचित्र हबको केन्द्र बनेको हो। पछिल्लो समय पालिकाले सेर्थाङ सेल्फी पार्कसमेत निर्माण गरेको छ। चलचित्रको पर्दामा यहाँको दृष्य लोभलाग्दो देखिन मुक्तिनाथका पर्यटन ब्यवसायी सुरज गुरुङले उल्लेख गरे।उनका अनुसार मुक्तिक्षेत्रको झोङ, पुडाक, छेङ्गुर , रानीपौवा र कागबेनी लगायतमा दर्जनौ चलचित्र छायांकन भईसकेको जानकारी दिए।

यस्तै पछिल्लो समय उपल्लो मुस्ताङमा पनि नेपाली चलचित्र छायांकन हुन थालेको छ। जेरी र सम्हालिन्छ कहिले मनलगायतका चलचित्र उपल्लो मुस्ताङमा छायांकन भएको हो। 

उपल्लो मुस्ताङमा अध्यागमन विभागले विदेशी पर्यटकलाई ५ सय डलर रोयल्टी लिने भएकाले विदेशी चलचित्र न्युन मात्र छायांकन भएको छ। उपल्लो मुस्ताङमा ड्रोन क्यामेरा उडाउन पूर्व अनुमती लिनुपर्ने हुन्छ। भौगोलिकले विकट मानिएको उपल्लो मुस्ताङको लोमान्थाङमा मुस्ताङी राजाको दरबार, पर्खालले घेरिएको लोमान्थाङ बजार, कोरलानाका, छोसेर गुफा, लोघेकर गुम्बा, चराङ गुफा, लुरी गुम्बा, चराङ गुम्बा, चिउसी गुफा आदी छन्। हिन्दुहरुको महत्वपूर्ण धार्मिक गन्तब्य दामोदरकुण्ड सडक स्तरोन्नति भईरहेकाले केही वर्षपछि त्यहाँसमेत चलचित्र छायांकन सकिने संम्भावना छ। 

मुस्ताङको मौलिक कलासंस्कृति र यहाँको भगौलिक सौन्दर्यताले स्वदेशी तथा विदेशी चलचित्रकर्मी मुस्ताङ आउने क्रम बढ्दो छ। कोरोना कहरको अवस्था शुन्यमा रहेमा पर्यटकको साथै चलचित्रकर्मी मुस्ताङ आउने विस्वाश गरिएको छ। 

कोरोना कहर अघि सन् २०२१ मा थासाङको कोवाङमा तय गरिएको चलचित्र फेस्टिबल कोरोना कहरले स्थगित गरिएको छ। सो महोत्सवका लागि स्थानीयस्तरमा छलफल गर्न कलिउडकर्मीका साथै पूर्व पर्यटनमन्त्री योगेश भट्टराई मुस्ताङ आएका थिए। महोत्सवमा हलिउड, बलिउड र कलिउड चलचित्र हस्तीहरुलाई मुस्ताङ आमन्त्रण गर्ने योजना थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.