एक्सनमा सरकार: बस समितिका उपाध्यक्ष बञ्जाडे र महासचिव गाहा पक्राउ

एक्सनमा सरकार: बस समितिका उपाध्यक्ष बञ्जाडे र महासचिव गाहा पक्राउ

लक्षमण/सलमान

रुपन्देही: सार्वजनिक सवारी बन्द गर्ने यातायात व्यवसायी समिती र संघका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबाहदुर थापाले निर्देशन दिएलग्त्तै रुपन्देही प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्षदवय जीवनकुमार बन्जाडे, अशोककुमार श्रेष्ठ र महासचिव पदमराज गाहालाई नियन्त्रणमा लिएको छ ।

सरकारी निणर्यको विरोधमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले गाडी थन्काएर नचलाएपछि सरकारले धरपकड सुरु गरेको हो । शुक्रबार दिउँसो प्रहरीले उपाध्यक्षद्वय बञ्जाडे र श्रेष्ठ तथा महासचिव गाहालाई नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । बन्जाडेलाई ट्राफिक चोकस्थित पसलबाट र गाहालाई दीपनगरस्थित घरबाटै पक्राउ गरिएको हो । त्यस्तै अन्य संघ र समितिका पदाधिकारीहरुको पनि खोजी भइरहेको एसपी ज्ञवालीले बताए । गृहमन्त्री निर्देशन लगत्तै पक्राउ गर्न प्रहरी सक्रिय भएपछि संघ र समितिका पदाधिकारीहरु सम्पर्कविहीन भएका छन् ।

यातायात व्यवसायी समिती देशभर सार्वजनिक यातायात ठप्प पारेर जनतालाई दुःख दिएपछि गृहमन्त्रीले थापाले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई लिखित निर्देशन पठाउँदै अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार गाडी संचालन नगर्ने व्यवसायीहरुलाई पक्राउ गर्न निर्देशन दिएका थिए । ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.