देशभरबाट ७१ व्यवसायी पक्राउ: को-को परे प्रहरी खोरमा? (सूचीसहित)

देशभरबाट ७१ व्यवसायी पक्राउ: को-को परे प्रहरी खोरमा? (सूचीसहित)

काठमाडौं : गृहमन्त्रीको निर्देशनसँगै देशभर सार्वजनिक यातायात बन्द गर्ने सिण्डिकेटवाला ७१ व्यवसायी पक्राउ परेका छन्। राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासहित ठूलो संख्यामा यातायात व्यवसायी पक्राउ परेका हुन्। भृकुटीमण्डपबाट महासंघका महासचिव सिटौलालाई पक्राउ परेका हुन् । 

प्रदेश १ 
प्रदेश नम्बर १ को धरानबाट महासंघका केन्दीय उपाध्यक्ष कृष्ण सुवेदी, पूर्वाञ्चल यातायात संघका अध्यक्ष सरोज श्रेष्ठ, संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमु, सप्तकोसी बस व्यवसायी संघका सचिव हरि थापा, व्यवसायीहरु सुमन थापामगर, मोहनमणि बराल, गणेश विष्ट, श्याम कट्टेल, पदम सुन्दास  गरी ९ जनालाई पक्राउ गरेका छ।

इटहरीबाट १ व्यवसायी जना पक्राउ परेका छन्। जिल्ला भोजपुरमा  शुक्रबार चार जना यातायात व्यवसायी पक्राउ गरेका छन्। जसमध्ये संयुक्त बस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तान, सचिव पाण्डव राई, सगरमाथा ट्याक्सी व्यवसायी संघका अध्यक्ष राजन राई र कोषाध्यक्ष अर्जुन तामाङ पक्राउ परका छन्। उदयपुरको गाईघाट बजारबाट हिमाली यातायात बस व्यावसायी संघका उपाध्यक्ष उमेश बस्नेत, कोषाध्यक्ष विष्णु श्रेष्ठ र सदस्य सुरेशकुमार कार्कीलाई पक्राउ गरिएको छ। 

झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन्।  पक्राउ पर्नेमा मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती, निर्देशक बुद्ध तिवारी, सदस्य राजकुमार पाण्डे, श्याम थापा र पूर्वी बस व्यवसायी संघका अध्यक्ष केशव गिरी रहेका  छन्। प्रदेश १ बाट मात्र सबैभन्दा बढी २५ जना पक्राउ परेका छन् । 

 प्रदेश २ 
प्रदेश २ को सप्तरीको राजविराजबाट ३ व्यवसायी पक्राउ परेका छन्।  सगरमाथा यातायात  संघका सचिव दिनेश साह, सदस्य गजेन्द्र भगत र दिनेश गुप्ता रहेका छन्। रौतहट बस व्यवसायी संघका अध्यक्ष लालबाबु गिरी, ट्रक व्यवसायी संघका अध्यक्ष धु्रव अर्याल र टेम्पो तथा मझ्यौला संघका अध्यक्ष ताराबहादुर बजगाईंलगायत १५ जनालाई पक्राउ गरिएको  छ। 

प्रदेश ३ मा 
प्रदेश ३ को प्रहरीले काभ्रे मिनीबस सेवा समितिका उपाध्यक्ष शान्तराम ताम्राकारलाई पनि पक्राउ गरेको छ।यस्तै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपानेसहित  ११ जना पक्राउ परेका छन्।

प्रदेश ४ 
लमजुङमा सञ्चालनमा रहेको लमजुङ कालिका यातायात सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर अधिकारी, वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल, सचिव मृगेन्द्र घिमिरे र सदस्य रेशम दनाईलाई पक्राउ गरिएको छ। कास्कीको पोखरामा रूद्रबहादुर नेपाली, रमेश सुचीकार, सुनील थापा र निर्मल तामाङ पक्राउ परेका हुन। उनीहरू क्रमश पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा नगर बस समिति र बागलुङ भगवती जिप समितिसँग आवद्ध छन्। धौलागिरि यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिव ख्याम लामिछाने पक्राउ परेका छन्।  प्रदेश ४ बाट पाँच जना मात्र पक्राउ परेका छन् । 

प्रदेश ५ 
प्रदेश नम्बर ५ को बुटवलबाट पश्चिम पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्षदवय जीवनकुमार बन्जाडे, अशोककुमार श्रेष्ठ र महासचिव पदमराज गाहासहित ८ लाई नियन्त्रणमा लिएको छ। त्यस्तै दाङबाट  तुलसीपुर जीप तथा मिनिबस, बस व्यवसयायी समितिका कार्यबाहक अध्यक्ष डिल्ली भण्डारीसहित २ जनालाई प्रहरीले पक्राउ  गरेकाे छ । सञ्चालनमा रहेको कृष्णसार यातायात ब्यवसायी संघका महासचिव र सचिवलाई मधुवन नगरपालिकाबाट पक्राउ गरेको छ। जनताको अत्यावश्यक सेवा सञ्चालन नगरेको भन्दै महासचिव भुमिदत्त शर्मा र सचिव कोयल खड्कालाई पक्राउ गरेको हो। प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका पाल्पा इन्चार्ज बिकास भट्टराई र श्रीनगर यातायात व्यवसायी समिति कोषध्यक्ष किरण चित्रकारसहित प्रदेश ५ बाट १२ जना पक्राउ परेका छन् । 

प्रदेश ६ 
प्रदेश ६ को कालीकोटबाट ३ जना व्यवसायी पक्राउ परेका छन्। जिल्ला सदरमुकाम मान्म स्थित काँक्रेबिहार बस व्यवसायी समितिका इन्चार्ज भरत शाही, कर्णाली यातायात व्यवसायी समितिका इन्चार्ज खगेन्द्र खड्का र मध्यपश्चिम बस व्यवसायी समितिका जितेका काउन्टर इन्चार्ज कबिन्द्र शाही  पक्राउ परेका छन्। 

प्रदेश ७ 
प्रहरीले एक जना यातायात व्यवसायीलाई पक्राउ गरेको छ। कैलालीको कर्णाली रिभर साइड यातायात समितिका अध्यक्ष धीरज शाहीलाई पक्राउ गरिएको छ।  सरकारले धमाधाम पक्राउ गर्न थालेपछि सीमा क्षेत्रका यातायात व्यवसायीहरु भारततिर भाग्न थालेका छन्। 

के हुन्छ कारबाही  ?

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले देशभरका प्रमुख जिल्ला अधिकारीलाई  लिखित निर्देशन पठाउँदै गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार गाडी सञ्चालन नगर्ने व्यवसायीहरुलाई पक्राउ गर्न निर्देशन दिएका  छन्।  पक्राउ परेका व्यवसायी माथि सरकारले अत्यावश्यक सेवा ऐन अनुसार मुद्दा चलाउने तयारी गरिएको छ। यो ऐन बमोजिम व्यवसायीलाई ६ महिनासम्म जेल सजाय हुनेछ।  गृहमन्त्री थापाको निर्देशन तत्कालै लागु भएको छ। देशभरका प्रजिअ सक्रिय भएर व्यवसायी पक्राउ गर्न थालेपछि उनीहरुका भागभाग मच्चिएको छ। पोखरा व्यवसायी भागभाग नै भएको छ। पूर्व व्यवसायीका नेताहरु पक्राउ पर्न थालेपछि छोटा दूरीका सवारी सधान सञ्चालन हुन थालेका छन्। 

काठमाडौंमा साझा यातायात, मयूर यातायात, अन्नपूर्ण यातायात,  टेम्पो, निलो माइक्रो सञ्चालनमा आएका छन्।  विद्यालयका बसले समेत यात्रुलाई सेवा दिइरहेका छन्। यातायात  सञ्चालन नगर्नेको रुट परमीट खारेज गर्ने गर्ने तयारी रहेको गरिरहेको गृहमन्त्रालयले जनाएको छ। 

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले  बन्द हड्तालको नाममा सवारी साधन नचलाउने यातायात समितिको रुट परमिट  निलम्बन गरेको छ। भट्राईका अनुसार गृहमन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले  शुक्रबारदेखि सवारी साधन नचलाउने बसको रुट इजाजत निलम्बन गर्ने निर्णय गरिएको छ। सिन्डिकेट लाद्ने बस व्यवसायी समिति तथा व्यक्तिहरुले बैँकबाट धमाधम पैसा निकालेको सुचना प्राप्त भएको भन्दै उनले बैँक खाता रोक्नका लागि गृहमन्त्रालयले गृहकार्य सुरु गरिसकेको बताए। 

बैठकले सार्वजनिक यातायात सञ्चालन नगर्ने यातायात महासंघ र समितिहरुको बैक खाता रोक्का गर्ने निर्णय गरेको छ। खाता रोक्का लागि विभागले अर्थ मन्त्रालय मार्फत राष्ट्र बैंकलाई लेखी पठाउने तयारी भइरहेको भट्टराईले बताए। बैठकले यातायात सेवा सञ्चाल नगर्न व्यवसायीहरुलाई आग्रह गरेको छ। साथै विमालगायतका केहीजायजमाग सम्बोधनगर्न सरकार तयार रहेको बताएको छ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा शुक्रबार बसेको बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको उनले जानकारी दिए यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समिति पदाधिकारीहरुको विवरण लिएर सम्पत्ति शुद्धीकरण विभागलाई उपलब्ध गराउनेछ।

सरकारले यातायात व्यवसायी माथि कुनै अन्याय नगरेको दाबी गर्दै उनले ऐनमा भएका व्यवस्था लागु गर्न खोज्दा व्यवसायीले अनावश्यक रुपमा आपत्ति प्रकट गरेका आरोप लगाए। ‘सरकार सम्झौता गर्दैन। अब यातायात क्षेत्र यात्रु मैत्री र सुविधायुक्त हुन्छ। नयाँ व्यवसायीलाई पनि आकर्षित गर्छौँ। तर सरकार एक कदम पछि हट्दैन’, उनले भने।


पढ्नुहाेस्

गाडी बन्द गर्ने व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
पश्चिम यातायात बस व्यवसायी समितिका उपाध्यक्ष पक्राउ
गाडी बन्द गर्ने ६ व्यवसायी धरानबाट पक्राउ
प्रहरी सुरक्षामा बस सञ्चालन
लमजुङमा यातायात सेवा रोक्ने समितिका पदाधिकारी पक्राउ
पक्राउ पर्ने डरले पोखराका यातायात व्यवसायीको भागाभाग

सिन्डिकेट प्रतिस्पर्धाको दुश्मन हो, यसलाई नष्ट गर्नुपर्छ : बाबुराम
नयाँ बसपार्कबाट समितिका काउन्टर हटाइँदै, कम्पनीका राखिँदै
गाडी नचलाउने यातायात व्यवसायीको बैंक खाता रोक्का
२६ माइक्रोको रुट परमिट खारेज

प्रहरी खोरमा यातायात व्यवसायी (फोटो फिचर)

annapurna post


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.