नेपालगन्जको जिब्रो

नेपालगन्जको जिब्रो

नेपालगन्ज सहरमा यस्ता परिकार छन्, जसको भिन्न स्वाद र छुुट्टै पहिचान छ। त्यो पनि वर्र्र्षाैंदेखि। व्यवसाय न कतै दर्ता छ, न साइनबोर्ड भेटिन्छ तर पनि पारखीहरू खोजीखोजी स्वाद लिन पुुग्छन्। बाजे, बाबुु हुुँदै छोरासम्म पेसा पनि पुुस्तान्तरण हुुँदै आएको छ। यी परिकारमा नेपालगन्जको मिठास छ।

त्रिभुुवनचोकको चाट

साँझ परेसँगै त्रिभुुवनचोक गुुलजार हुुन थाल्छ। अन्य व्यवसायका सटर बन्द हुुँदै गर्दा चाट, रावडीका ठेला लामबद्ध भइसकेका हुुन्छन्। अझ गर्मी मौसममा रातको ११ बजेसम्म पनि त्रिभुुवनचोक जागा नै हुुन्छ। गणतन्त्र घोषणापछि मधेस आन्दोलनमा त्रिभुुवनको सालिक ढालियो। चोकको विभिन्न नामकरण गरियो, राष्ट्रिय झन्डा फहराइयो। तर स्थानीयको मनमस्तिष्कमा त्रिभुुवनचोक अझै खडा छ।

अघिल्लो सोमबार पंक्तिकार राति ९ बजे घरबारी टोल हुुँदै त्रिभुुवनचोक पुुग्दा चहलपहल उस्तै थियो। अघिल्लो दिन हावाहुुरीका कारण पसल चाँडै बन्द भएर होला, ग्राहक राति अबेरसम्म पनि चोकमा थिए। सहरका अधिकांश पसल बन्द थिए तर त्रिभुुवनचोकमा झलमल्ल उज्यालोमा सडक व्यापार चम्किरहेको थियो।

चोकको पश्चिमतिरको एक चाट पसलमा पुुगियो। पसलेको नाम सोध्दा उनले भने, ‘नाम नसोध्नुुस् दाइ। मसला हाल्न बिर्सन्छुु।’ चाङ लगाएका एक दर्जन चाटका दुुनामा उनले क्षणभरमै मसला हाल्न भ्याए। हात मेसिनजस्तै चल्यो। उनी हतारिएका देखिन्थे। ग्राहक कोही निराश भएर फर्कन्नन्। सबै ग्राहकलाई उत्तिकै ‘रेस्पोन्स’ गर्न भ्याए। यही उनको विशेषता रहेछ।

ठूलो तावामा टक् टक् टक् पन्युुले बजाउँदै, चाट बनाउँदै सालका पातका दुुनामा ग्राहकलाई चाट दिँदै गए। ढिलो हुुने ठानेर हामीले टिकिया चार्ट अर्डर गरेर कुुरा गर्न खोज्यौं। चाट खाएर सकियो तर उनलाई नाम भन्ने फुुर्सद भएन। झन्डै आधा घन्टापछि उनी रामजी लखेर भएको थाहा भयो। यिनको व्यापार साँझ ५ बजेदेखि राति ११ बजेसम्म चल्छ।

आजभोलि चाट त जहाँसुुकै पाइन्छ तर नेपालगन्जमा वर्षांैदेखि त्रिभुुवनचोकमा बेचिने चाटको छुुट्टै स्वाद भएको पारखीहरू बताउँछन्। त्यसैले त यहाँ पुुग्ने जोकोहीले चाटको एकपटक भए पनि स्वाद लिएकै हुुन्छ। लखेरले पनि चाटको फरकपन बताउन सकेनन् तर उनको तीन पुुस्ता यही ठाउँमा चाट बेचिरहेको छ। यहीबाट जीविका पनि चलिरहेको छ। उनले सन्तुुष्टिको सास फेर्दे भने, ‘खान लगाउन पुुगेको छ। अलिकति बचेको पैसा स्कुुलले लैजान्छ।’

त्रिभुुवनचोककै रावडी

दूधबाट धेरै परिकार बन्छन्। त्यसमध्ये एक हो, कुुराउनी। त्यही कुुराउनी नेपालगन्जमा रावडीको नामले प्रसिद्ध छ। त्रिभुुवन चोकको रावडी राजधानीलगायत देशका धेरै ठाउँमा कोसेलीको रूपमा पनि पुुग्छ। चोकको उत्तरपश्चिममा सडक पेटीमा रावडी बेचिरहेका छन्, रामचन्द्र जैसवाल ‘मुुछारे दहीवाला’ (५९)। नेपालगन्ज–८ घसियारन टोलका जैसवालको सडकपेटीमै व्यापार भइरहेको छ। यो क्रम ४० वर्षदेखि चलिरहेको छ। उनले रावडी, दही र पनिर मात्र बेच्छन्।

पिठो र चिनी बढी राखेर रावडी बनाउने गरेको यस्ता व्यवसायीलाई आरोप लाग्छ। ‘धेरैले गुुलियो रावडी मन पराउँदैनन्। चिनी त नाम मात्रको हाल्छौं’, उनी भन्छन्। एक किलो रावडीमा मुुस्किलले ५० ग्राम चिनी हालिन्छ। व्रतालुु ग्राहक धेरै हुुने भएकाले उनीहरूको धर्म नतोड्न रावडीमा पिठो नहालेर धर्म गरिरहेको उनले दाबी गरे। ‘व्रत बस्नेलाई पिठो खुुवाएर मैले व्रत भंग गरिदिनुु छ र ? ’, उनले प्रतिप्रश्न गरे। दैनिक ४० लिटर दूधबाट ६ किलो रावडी, २० किलो दही र ३ किलो पनिर बेच्छन्। उनको व्यापार साँझ ४÷५ बजेदेखि मात्र सुुरु हुुन्छ। दही, रावडी र पनिर नसकिँदासम्म व्यापार चलिरहन्छ। उनले सुुरुमा व्यापार गर्दा रावडी ३२ रुपैयाँमा एक किलो पाइन्थ्यो। अहिले चार सय रुपैयाँ पुुगेको छ। पनिर ६० रुपैयाँ थियो, अहिले चार सय ८० अनि दही १२ रुपैयाँ मात्र थियो, अहिले एक सय रुपैयाँ पुुगेको छ।

‘काठमाडौं लैजाने धेरै आउँछन्। गर्मीमा २÷३ दिन र जाडोमा एक हप्तासम्म रावडी बिग्रिँदैन’, उनले प्रष्ट पारे। त्यत्तिबेला दुुई सय रुपैयाँ बचत हुुँदा धेरै जस्तो हुुन्थ्यो। अहिले आठ सय बचत हुुँदा पनि खर्च धान्न मुुस्किल हुुन्छ’, उनले विगतसँग तुुलना गरे। यही व्यवसायबाट उनको परिवारको खर्च चलेको छ। उनका एउटा छोरा र तीन वटी छोरी छन्। ६ वर्षदेखि उनको व्यवसाय छोरा धीरजले सम्हालेका छन्। एसएलसी पास गरेर उनी बाबुुको बिँडो धानिरहेका छन्। अहिले त्रिभुुवनचोक आसपास आधा किलोमिटरको दूरीमा झन्डै एक दर्जनभन्दा बढी स्थानमा रावडी पाइन्छ। भन्छन्, ‘त्रिभुुवनचोकमा ग्राहक न घटेका छन्, नबढेका छन्। उस्तै छन्।’

चौलिक्का चोकको हलुुवा–पराठा

धम्बोझी चोकदेखि झन्डै चार किलोमिटरको दूरीमा छ, पश्चिम नेपालकै पुुरानो महेन्द्र बहुुमुुखी क्याम्पस। यसको दक्षिणपूर्वी पर्खालसँगै जोडिएको छ, चौलिक्का बाबाचोक। चोकको उत्तर पश्मिममा खरको झुुपडीमा जलिल अहमदको हलुुवा पराठा पसल छ। जहाँ ६÷६ वटा बेन्च र टेबुुल छन्। यहाँ प्लेटमाथि अखबारको टुुक्रामा हलुुवा पराठा तौलेर दिइन्छ। चुुल्होमा आगो बलिरहेको हुुन्छ। तात्तातो हलुुवापराठा खान पाउनुु यहाँको विशेषता नै हो।

साँझ परेसँगै त्रिभुुवनचोक गुुलजार हुुन थाल्छ। अन्य व्यवसायका सटर बन्द हुुँदै गर्दा चाट, रावडीका ठेला लामबद्ध भइसकेका हुुन्छन्। अझ गर्मी मौसममा रातको ११ बजेसम्म पनि त्रिभुुवनचोक जागा नै हुुन्छ।

सुुरुसुुरुमा चोकमा थोरै घर मात्र थिए। त्यसमध्ये चौैलिक्का बाबा र यही हलुुवा पराठाको पसल मात्र थियो। अहिले त जनघनत्व बढेको छ। धेरै पसल र घर थपिएका छन् तर उनको पसलको स्वरूपमा कुुनै परिवर्तन भएको छैन।

बर्दियाको गेरुवा गाउँपालिका ६ मनाउका शेखर बुुढा हलुुवा पराठाका नियमित ग्राहक हुुन्। उनको प्रिय खाजा हो, यो। महेन्द्र बहुुमुुखी क्याम्पसमा अध्ययन गर्दादेखि नै उनी हलुुवा पराठाको पारखी बनेका हुुन्। ‘त्यत्तिबेला दिनहुुँ यही खाजा हुुन्थ्यो’, उनले विगत सम्झे। नेपालगन्ज आउँदा उनी हलुुवा पराठा खानकै लागि चौलिक्का पुुग्छन्। उनका सहपाठी रणद्वीप थापा पनि खाजामा हलुुवा पराठा सम्झन्छन्। उनी त परिवारलाई कोसेली पनि लैजान मन पराउँछन्।

उनको बुुझाइमा क्याम्पसका विद्यार्थी नै हलुुवा पराठाका नियमित ग्राहक हुुन्। यो क्याम्पसमा पढेर देशका विभिन्न स्थानमा पुुगेका विद्यार्थी नेपालगन्ज पुुग्दा हलुुवा पराठा खान चौलिक्का बाबा पुुग्ने गरेका छन्। राज्यका जुुनसुुकै तहमा पुुगेका व्यक्ति यही झुुपडीमा खाजा खान पुुग्छन्।

३२ वर्ष पुुरानो पसल बिहान ६ बजेदेखि राति ८ बजेसम्म दैनिक १४ घन्टामा पसलबाट दैनिक ५ किलो हलुुवा र १० किलो पराठा बिक्री हुुन्छ। ५ रुपैयाँप्रति सयग्राम हलुुवा पराठा बिक्री गरेको उनलाई सम्झना छ।

जेठा दाइ सहजाद अलीले पसल सुुरु गरेका थिए। अहिले भाइ मोहरल्ली अहमदले पराठा बनाएर सहयोग गरिरहेका छन्। उनी नाङ्लोजस्तो पराठा पकाउँछन्। भन्छन्, ‘कमाएर खान पुुगेकै छ। जहिलेसम्म चल्छ। चलाउँछुु। नचले देखा जायेगा।’

स्थानीय जाकिर अन्सारी नगरको धम्बोझीचोक, त्रिभुुवनचोक लगायतका ठाउँमा हलुुवा पराठा बेचिए पनि वर्षौं पुुरानो यही पसलको मीठो मान्छन्। ‘काठमाडौंबाट पनि मानिस खान पुुग्छन्। र कोसेली पनि लैजान्छन्’, उनले अनुुभव सुुनाए।

र यी पनि उस्तै

नेपालगन्जमा दहीको लस्सी पनि अन्य ठाउँको भन्दा भिन्न स्वादमा पाइन्छ। रावडी राखेर बनाइने यहाँको लस्सीको स्वाद अन्यत्र पाइँदैन। यहाँ पाइने खसीको सेकुुवाको पनि अन्य ठाउँको भन्दा भिन्न नै छ। तराईका जंगलमा चराएका खसीमा बोसो नहुुने भएकाले सेकुुवाको स्वाद भिन्नै भएको व्यवसायीहरू बताउँछन्। मासुुका पारखीहरू नेपालगन्ज पुुग्दा धम्बोझी होस् वा बीपीचोक पुुगेर सेकुुवाको स्वाद लिन बिर्संदैनन्। यहाँको लस्सी र सेकुुवा व्यवसाय पनि स्तरोन्नति हुुँदै गएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.