महिला सांसदका सकस

महिला सांसदका सकस

‘नेताको निजी जिन्दगी नै हुुन्न।’ माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य रहेकी अमृता थापाको भनाइ हो यो। बिहान उठ्नासाथ सामाजिक काममा निस्कने सांसद थापासँग निजी जिन्दगीका लागि समयाभाव छ। पुुरुषको पेवाजस्तो ठानिने राजनीतिमा समानुुपातिकको व्यवस्थासँगै महिलाहरू पनि हावी भएका छन्। त्यसैले, पुुरुष नेताहरूभन्दा महिला नेताहरूको व्यस्तता झन् बढेको छ।

नेता भइसकेपछि घरपरिवारमा समय दिने फुुर्सद हुुँदैन। यस्तो अनुुभव सांसद गोमा भुुर्तेलको पनि छ। एमालेबाट प्रतिनिधिसभा सदस्य रहेकी भुुर्तेल भन्छिन्, ‘राजनीतिमा धेरै सम्झौता गर्नुुपर्छ। सामाजिक क्षेत्रमा हिँडेपछि घरमा आर्थिक समस्या पर्छ। बालबच्चालाई समय दिन पनि पाइँदैन।’

स्याङ्जाकी थापा हुुन् वा काभ्रेकी भुुर्तेल, समाजको जिम्मेवारी लिएपछि सबै नेताको जिन्दगी स्वतः व्यक्तिगत कम र सामाजिक धेरै हुुन्छ। अझ महिला हुुनुु र नेता हुुनुुका दुुःख आफ्नै छन्। माओवादी केन्द्रकी सांसद सत्या पहाडीको ठहर छ, ‘अझै पनि महिलालाई खुुलेर राजनीतिमा आउने वातावरण बनिसकेको छैन।’

झन् दलित महिलाको अवस्था कस्तो होला ? एमालेबाट प्रतिनिधिसभा सांसद विमला विक भन्छिन्, ‘राजनीति गरेर सफल हुुन महिलालाई एकदम गाह्रो छ। त्यसमाथि दलित महिलाले त पार्टीमै अत्यन्त कम अवसर पाउँछन्।’ देशमा परिवर्तनका थुुप्रै लहर आइसक्दा पनि गाउँघरमा दलितको अवस्था उस्तै छ। दलितले भोगिरहेको भेदभाव समाप्त पार्न अझै संघर्ष गर्नुुपर्ने विचार राख्छिन्, उनी।

घरको संघार नाघेर समाजमा पाइला राख्नासाथ महिलाले अनेक लाञ्छना खेप्नुुपर्छ। राजनीतिमा महिलालाई आउनै गाह्रो छ, आएपछि टिक्न झन् गाह्रो। प्यूठानबाट राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्य बनेकी दुुर्गा पौडेलले त्यस्तै कठिन बाटो छिचोल्नुुपर्‍यो। भन्छिन्, ‘समाज महिलालाई घर गृहस्थी र परिवारको सीमाभित्र कैद गरेर राख्न चाहन्छ। त्यसबाट बाहिर कदम राख्नासाथ उनीहरूमाथि कैयौं प्रकारका टिप्पणी गर्ने, आक्षेप लगाउने गरिन्छ। बदनाम गर्ने, चरित्र हत्या गर्ने प्रयत्न गरिन्छ।’ त्यस्तै प्रतिकूल स्थितिको सामना उनले पनि गर्नुुपर्‍यो।

पाइलापाइलामा संघर्ष

राजनीतिको अर्को पर्याय भनेकै संघर्ष हो। माओवादी आन्दोलनबाट आएका सत्या पहाडी र अमृता थापाले जनयुुद्धको कठिन र डरलाग्दो बाटो हिँडेर राजनीतिमा स्थान बनाए।

कठोर भूमिगत जीवन, अनि २०५५ सालदेखि तीन वर्षसम्म जेलको यातना खप्दा पनि पहाडीले राजनीतिबाट अलग हुुने विचार कहिल्यै गरिनन्। २०५१ सालसम्म विद्यार्थी आन्दोलनमा रहेकी उनी अनेरास्ववियूकी केन्द्रिय सदस्य थिइन्। २०५२ सालमा पार्टीले जनयुुद्धको उद्घोष गरेपछि उनी पनि भूमिगत भइन्। २०६२÷६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आयो। त्यसपछि उनी अन्तरिम व्यवस्थापिका संसदको सदस्य भइन्। शान्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेकी उनी आफ्नो संघर्षका पाइलाहरू नरोकिएको बताउँछिन्।

जनमुुक्ति सेनाको ब्रिगेडमा काम गरिसकेकी थापाले हिँडेको संघर्षको बाटो पनि कम चुुनौतीपूर्ण थिएन। सानैदेखि विद्रोही स्वभावकी उनी पृथ्वीनारायण क्याम्पस पोखरामा पढ्दैदेखि राजनीतिमा लागेकी थिइन्। २०४६ सालको जनआन्दोलनदेखि नै उनले राजनीतिलाई जीवनको महत्वाकांक्षा बनाइन्। विद्यार्थी राजनीति हुुँदै उनी पनि २०५२ मा जनयुुद्ध सुुरु हुुनासाथ भूमिगत भएकी थिइन्। अन्तरजातीय र जनवादी बिहे गरेकी थिइन् उनले। बिहेको प्रसंगबारे उनी सुुनाउँछिन्, ‘बिहेमा सासूले लगाइदिएको चुुरा मञ्चमै खोलेर मैले सांस्कृतिक विद्रोह गरेको थिएँ।’

महिला भएकै कारण धेरै कामको पहल लिन नपाइने, पुुरुष नेतृत्वको प्राथमिकता नपरिने चुुनौती छँदैछन्। तैपनि उनीहरूले आफूलाई अब्बल सांसद सावित गर्ने हाँक स्वीकार गर्दै अघि बढेका छन्।

ललितपुुरको गोटीखेलमा जन्मिएकी गोमा भुुर्तेल चाहिँ सांस्कृतिक आन्दोलनबाट राजनीतिमा प्रवेश गरिन्। पञ्चायतको कठिन समयमा उनी जनताको गीत गाउँदै हिँड्थिन्। गाउँमा पूजाआजा होस् वा कुुनै कार्यक्रम, उनी गीत गाउन पुुगिहाल्थिन्। संयोगवश बिहेपछि पनि उनको घर पार्टीका नेताको सेल्टर पर्‍यो। २०४६ सालमा उनले अखिल नेपाल महिला संघ काभ्रेको सदस्यता लिइन्। २०५४ मा गाविसको उपाध्यक्ष भइन्। महिला आन्दोलनमा उनको सक्रियता हालसम्म पनि जारी छ।

जनसांस्कृतिक फाँटको जिम्मेवारी हुुँदै मजदुुर आन्दोलनमा पुुगेकी विमला विकको संघर्ष झन् पेचिलो छ। उनी पनि २०४६ को जनआन्दोलनपछि राजनीतिमा आएको पुुस्ताकै एक सदस्य हुुन्। अनेमसंघ, जिफन्ट, युुवासंघ, महिला संघ अनि दलित मुुक्ति आन्दोलनमा उनको योगदान छ।

कम्युुनिस्ट आन्दोलनका एक पुुराना नेता मोहनविक्रम सिंहकी पत्नीसमेत रहेकी दुुर्गा पौडेलको चुुनावी संघर्ष रोचक छ। राजनीतिमा लामो समयदेखि सक्रिय पौडेलले २०६४ को संविधानसभा चुुनावमा जम्मा २८ मत प्राप्त गरेकी थिइन्। ‘त्यो परिणामले मलाई निराश तुुल्याएन, मेरो सक्रियतामा कुुनै कमी आएन,’ उनले सुुनाइन्। दोस्रो संविधानसभा चुुनावमा कपिलवस्तुुबाट उनी फेरि चुुनाव लडिन्। त्यतिबेला पनि उनी पराजित भइन्, तर करिब पाँच हजार मत प्राप्त गरिन्। गत संसदीय चुुनावमा वाम गठबन्धनको साझा उमेदवार बनेकी उनले सबै पराजयको हिसाब चुुक्त गरिन्। करिब ४७ हजार मत प्राप्त गरेकी उनले निकटम प्रतिस्पर्धीलाई १६ हजार मतान्तरले पराजित गरेकी थिइन्।

जीवनसाथीको साथ

कुुनै पनि दलले महिलालाई सजिलै अवसर दिँदैन। जीवनभर राजनीति गरेर केही महिला नेतृहरू बल्लतल्ल पदमा पुुगेका हुुन्छन्। हरेक क्षेत्रमा ३३ प्रतिशत पुुर्‍याउने त भनिएको छ तर अहिलेको मन्त्रिमण्डलमै यो कार्यान्वयन भएको छैन। सात प्रदेशमध्ये एकजना महिला पनि मुुख्यमन्त्री हुुन सकेनन्। प्रदेश ३ को मुुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यको चर्चा भए पनि उनलाई एमालेले निराश बनायो। समाजका तल्लो तहदेखि सरकारको माथिल्लो पदसम्म महिलाहरूप्रति अघोषित विभेद रहेको स्विकार्छन् महिला सांसदहरू।

दलित समुुदायको भनेपछि सांसदहरू बीच नै हेपिएको अनुुभव विमला विकको छ। २०६४ सालको संविधानसभाको चुुनावमा आठ महिनाको बच्चा बोकेरै पार्टीको प्रचारमा गाउँगाउँ हिँडेकी थिइन् उनी। भन्छिन्, ‘हाम्रो पनि राजनीतिमा लगानी छ भन्ने बुुझ्दैनन्। कोटा पुुुुर्‍याउन टिकट दिएको जस्तो गर्छन् सहकर्मीहरूले।’ राजनीतिको दुुःख बुुझ्ने श्रीमान्को साथ हुुँदा अप्ठ्यारोको बाबजुुद पनि यही क्षेत्रमा टिक्न सकेको उनको अनुुभव छ।

दुुवै जना पार्टीको काममा हुुने हुुँदा अमृताले घरपरिवार चलाउने जिम्मा आफन्तलाई दिएकी छन्। पहिलो संविधानसभाको चुुनावपछि सांसद बनेको बेला उनको कान्छी छोरी भर्खरै जन्मेकी थिइन्। नाबालक शिशुु बोकेरै सिंहदरबार आउने जाने गरिन् उनले। सांसद भइसकेपछि जिल्ला गइरहनुुपर्ने हुुन्छ। यो बेला श्रीमान्ले बालबच्चा सम्हाल्ने गरेको उनले बताइन्।

मन्त्री भएर काम गरिसकेकी पहाडी पनि सांसदहरूको व्यक्तिगत जीवन नहुुने तर्क गर्छिन्। उनी अगाडि थप्छिन्, ‘जनताका अपेक्षा अनेक हुुन्छन्। आफ्नो ठाउँको विकास होस्, शिक्षा, स्वास्थ्यको राम्रो व्यवस्था होस् भन्ने चाहन्छन् जनता। सांसदहरू सधैं जनताका चाहना पूरा गर्ने दबाबमा हुुन्छन्।’ कहिल्यै नचिनेका मान्छेले पनि आफ्नो काम गराउन दबाब दिने उनको अनुुभव छ।

नवनिर्वाचित सांसदहरूलाई सरकारले विकासका लागि कुुनै बजेट उपलब्ध नगराएको गुुनासो गर्छिन् सांसद पौडेल। भन्छिन्, ‘प्युुठानको विकासका नयाँ योजना बनाउन र बजेटमा सामेल गर्न पहल गरिरहेकी छुु।’ कसैको व्यक्तिगतभन्दा सामूहिक भलाइका लागि आफू लाग्ने बताउँछिन् एमाले सांसद भुुर्तेल। विकास निर्माणको काम त छँदैछ, बोक्सी, छाउपडी, बलात्कारलगायत महिला विरुद्धका हिंसा अन्त्य गर्ने मिसनमा थापा पनि सक्रिय भएर लागेकी छिन्। ‘समुुदायमै गएर महिला हिंसाविरुद्ध अभियान चलाइरहेको छुु,’ उनी भन्छिन्।

संघर्षको उस्तै बाटो तय गरेर आएका महिला सांसदका चुुनौती पनि पुुरुष सांसदको भन्दा कम छैन। हुुने कुुरा पनि भएन। महिला भएकै कारण धेरै कामको पहल लिन नपाइने, पुुरुष नेतृत्वको प्राथमिकता नपरिने चुुनौती छँदैछन्, तैपनि उनीहरूले आफूलाई अब्बल सांसद साबित गर्ने हाँक स्वीकार गर्दै अघि बढेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.