यस्तै बनाएछ सपनाको सहरले मलाई...
भोजपुुरको पहिलो र ऐतिहासिक हाइस्कुुल ‘विद्योदय हाइस्कुुल’ भोजपुुर बजार र टक्सार बजारको बीचमा पर्छ। भोजपुुर बजारबाट ओरालो दौडेर झर्दा पनि झन्डै आधा घन्टा लाग्छ स्कुुल पुुग्न। स्कुुल पुुग्ने हतारोले डिलहरूबाट हाम्फाल्दै स्कुुल पुुग्ने बानी थियो मेरो। जत्रोसुुकै अग्लो भीर भए पनि हाम्फाल्ने गर्थें म। पछि जत्रोसुुकै गहिरो भए पनि पौडी खेल्न पनि तम्सिहाल्थेँ म। स्कुुलबाट भागेर पनि दिउँसो पौडी खेल्न घट्टेखोला पुुग्थ्यौं हामी केही समवयस्क साथीहरू। हाम्रो कक्षाको सबभन्दा कान्छो र सानो विद्यार्थी पनि म नै थिएँ। म कट्टुु मात्र लगाएर स्कुुल गएको सम्झना हुुन्छ। पेन्ट लगाएको सम्झना हुुन्न। जुुत्ता लगाएको पनि त्यति सम्झना हुुन्न। साधारण चप्पल र धरानबाट आइपुुगेको रातोरातो रङको कपडाको जुुत्ता धेरै फटाइयो। हाइस्कुुलमुुन्तिर टक्सारको डबली र त्यसपछि अलिक ओरालो झर्दै गएपछि कोटडाँडा, पारपानी र फेदी। फेदीदेखि पिखुुवा खोला भेटिन्छ।
त्यही खोला २२/२४ पल्ट तरेपछि अरुण नदी भेटिन्छ र त्यस बेला कुुनै पुुल नभएकाले नाउबाट राई ठिटाहरूले बाँसको घोचोको सहायताले नाउलाई अरुण तार्थे। एसएलसी पास नहुुन्ज्यालसम्म म यी कुुनै बाटाहरूबारे जान्दिनँ थिएँ। खालि बजारबाट देखिने ट्याम्केडाँडा र श्यामशिला हेर्दै सिद्धकाली घुुुुमिरहन्थेँ।
२०१८ सालमा एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण गरेपछि काठमाडौं पढ्न जाने कुुुुरा घरमा उठ्यो। भोजपुुुुरमा कुुुुनै कलेज नभएकाले धरान, विराटनगरभन्दा काठमाडौं नै जानुुुु ठीक हो भन्ने सबैले निर्णय दिए। म त हाइस्कुुुुलको मुुुुन्तिर रहेको कोटडाँडाभन्दा पर गएकै थिइनँ। खालि सुुुुनेको कुुुुरा के थियो भने त्यसपछि फेदी आउँछ र पिखुुुुवा खोलाको जँघार २२ पल्ट तरेपछि अरुण र त्यसपछि वराह क्षेत्रमा सप्तकोसी भेटिन्छ। सप्तकोसी फेदीबाट तरेपछि वराह क्षेत्र अनि चतरा जहाँ मोटर चढ्न र देख्न पाइन्छ। त्यही पुुुुरानो खालको मोटरले धरान पुुुुर्याएपछि विराटनगर अलि ठूलो बसले पुुुुर्याइहाल्छ।
यिनै सुुुुनेका कुुुुराहरूलाई यथार्थमा उतार्न बुुुुबाले गोजीमा हालिदिनुुुुभएको तीन सयजति रुपैयाँ बोकेर एकजना साथीसँग म फेदी झरेँ, एकाबिहानै। धरानबाट भारी बोकेर आएका थुुुुप्रै भरियासँग सोध्दै खोज्दै पिखुुुुवा तर्न थाल्यौं हामी। जुुुुत्ता लाएरै खोला तर्ने हुुुुँदा जुुुुत्ताभित्र बालुुुुवा र पानी छिरेर फच्याक्–फच्याक् आवाज धेरै बेरसम्म आइरहने र हिँड्न पनि नसकिने। दिदीबहिनी डाँडो चढेपछि फेरि ओरालो ओर्लेर पिखुुुुवा तर्न फेरि पाखुुुुरा खैंचनुुुुपर्ने। जसोतसो गरेर अरुणको किनारसम्म पुुुुग्दा पो थाहा भयो, पिखुुुुवा तर्ने बेला हातमा उठाएको जुुुुत्ता त मैले खोलामै सुुुुम्पिसकेछुुुु।
यहाँसम्म त म जुुुुत्तै नलाई खुुुुरुखुुुुरु आइपुुुुगेको रहेछुुुु। त्यो अनकन्टारजस्तो लाग्ने ठाउँमा जुुुुत्ता माग्न कहाँ जानुुुु ? कहाँ किन्न पाइन्छ र जुुुुत्ता ? त्यत्तिकै फेरि चढेर वराहक्षेत्र पैदल चतरा त्यहाँबाट मोटरमा धरान र विराटनगर पनि आइपुुुुग्यौं, भोजपुुुुरबाट हिँडेको तेस्रो दिन। जुुुुत्ता लगाउनुुुुपर्छ भन्ने कुुुुरा त पछि उठ्यो। जोगबनीबाट रेल चढेर फारविसगन्ज, किसनगन्ज, समस्तीपुुुुर, नरकटियागन्ज हुुुुँदै रक्सौल आइपुुुुगियो। विराटनगरमा किनेको अर्को जुुुुत्ता पनि रेलको ढोकानेर बस्ने हुुुुँदा कहाँकहाँ झारिसकेछुुुु।
ठूलाठूला मैदान जंगल हेर्दै रातभरि नसुुुुतेरै वीरगन्ज औल्र्यौं हामी। वीरगन्जबाट ठूलै बस भैंसे, सीमभञ्ज्याङ, दामन, पालुुङ हुुुुँदै काठमाडौं आउने रहेछ। तिनै बसहरूमध्ये कुुुुनै एक बसबाट हाम्रो (साथी सुुुुन्दर श्रेष्ठ र मेरो) यात्रा सुुुुरु भयो। सहरतिरको यात्रा। आफ्नै देशको राजधानी हेर्ने, संघर्ष गर्ने र जीवनमा केही गर्ने आकांक्षाहरूको यात्रा। हामी नजिकै बसेको मान्छेले वीरगन्जबाट उकालो लाग्नासाथ हामीसँग संवाद सुुुुरु गर्यो।
‘बाबुुुुहरू काठमाडौं हिँडेको, पढ्न ? ’
हामी: हो
यात्रुुुु: काठमाडौं पुुुुगेर कहाँ बस्ने ?
हामी: थाहा छैन।
यात्रुुुु: कमलपोखरीमा मेरो घर छ। म बस्ने ठाउँ मिलाइदिऊँला, भाडा महिनाको ५०/– अहिले नै दिइहाल।
हामी दुुुुवैले आ–आफ्नो गोजीबाट २५/२५ रुपैयाँ उसलाई दिएर बस्ने ठाउँ पनि पक्का गर्यौं। हामीलाई साह्रै खुुुुसी लाग्यो। यसरी पहिला नै बस्ने ठाउँको समेत टुुुुंगो लागेकोमा।
साँझपख धरहरानेर बस रोकियो। हामी ढुुुुक्क थियौं। डेरा अग्रिम मिलिसकेकै छ। खालि जानुुुु र सुुुुत्नुुुु छ। केही खान पनि मन साह्रै छैन। भर्खर पानी परेर थामिएको रहेछ। ग्याजग्याजी हिलो रहेछ, ठिंग उभिएको विशाल धरहराको चारैतिर। खुुुुट्टामा जुुुुत्ता छैन। जताततै जाडो छ। साँच्चि भन्नुुुुपर्दा जाडो मात्र छ, अरू केही छैन हामीसँग। पहिलोपल्ट टेकेको सहर त राम्ररी हेर्नै बाँकी छ।
सामान झारिसकेपछि हामी अघि पैसा दिएको मान्छेलाई खोज्छौं। हामीलाई के लागेको थियो भने उसैले हामीलाई खोज्नेछ। तर, त्यस्तो केही भएन। उसलाई त कतै पनि देखिएन। ऊ त अघि नै कालीमाटीतिरै खुुुुसुुुुक्क ओर्लिसकेको रहेछ। हामी छक्क पर्यौं। नांगो खुुुुट्टाले काठमाडौं टेकेकै दिन आफ्नो खल्तीको २५ रुपैयाँ गुुुुमायौं। त्यो ठगले हामीलाई साह्रै हुुुुस्सुुुु पाखे भन्ठान्यो होला खुुुुसुुुुक्क ओर्लेर। अब हामी कहाँ जाने ?
साथी सुुुुन्दरले एउटा कुुुुरा सुुुुझायो— भोजपुुुुर पोखरेका हरिप्रसाद नेपाल
(मञ्जुुुुलका काका) नक्सालतिर बस्छन् रे, त्यतै लाग्यौं। हुुन्छ त भनेर सोध्दै खोज्दै हामी त्यतै लाग्यौं। बल्लबल्ल आधा राततिर होला, हामी नक्साल चारढुुुुंगेमा चनमायाको होटेलमा पुुुुग्यौं। त्यही होटेलमा बसेर कथाकार रमेश विकल मध्यरातसम्म बाँसुुुुरी बजाउँदा रहेछन्। हामी त्यत्तिकै हरिप्रसाद नेपालले देखाइदिएको भुुुुइँमा भोजपुुुुरबाट ल्याएको राडी ओछ्याएर पल्ट्यिौं। भोलिपल्ट बिहान धारामा मुुुुख धुुुुँदा फुुुुकालेको मेरो नयाँ घडी केही गर्दा पनि भेटिएन। यसरी काठमाडौंले हामीलाई सहर हुुुुनुुुुको परिचय दिँदै गयो। धेरै घटना हुुँदै गए, जसलाई लेख्दै जानुुुु नै सहरको विसंगतिहरूसँग साक्षात्कार गर्दै जानुुुु मात्र हुुुुन्छ। अहिले म ख्वाजा अहमद अब्बासको ‘सहर र सपना’ सम्झिरहेछुुुु।
कुुुुनै सपना पूरा गरेन सहरले भन्नसक्ने आँट पनि गुुुुमाइसकेछौं हामीले। सोचेको भन्दा अर्कै भयौं हामी। एउटा नयाँ सहरिया भयौं हामी अहिले। र, काठमाडौंले मलाई ठोकेर, पिटेर, घनले हानेर, माया गरेर आफू सुुुुहाउँदो एउटा डब्बल रुपैयाँजस्तो खँदिलो मान्छे बनाएछ।
मलाई त यस्तै लागिरहन्छ अचेल।