नेपाल सहरको मेरो बोधयात्रा
यो लेख मेरो एक बोधयात्रा हो, एउटा संस्मरण हो जसको उद्देश्य मैले नेपाल सहरलाई बुुझेका केही आधारहरूका चित्र साहित्यिक शैलीमा राख्नुु रहेको छ। मैले नेपाल सहरबारे अनेकौं कोणबाट अध्ययन गरिआएको हुुनाले यहाँ अलिक निजात्मक पाराबाट केही पक्षको मात्र चित्र राखिएको छ। नेपाल सहर बुुझ्ने मेरो आधार नाटक वा रंगमञ्च, यहाँका प्रस्तुुति कला र उत्सव, यहाँको वास्तुुकला र कलाका चरित्र अनि आकार रहेका छन्।
उपत्यकाका तीन सहर काठमाडौं, पाटन र भक्तपुुर मैले निकै पछि मात्रै देखेको हुँ। हाम्रोतिर यी तीनै सहर नेपाल सहर भन्ने नामले चिनिन्थे। पछि नेपाल मण्डल भन्ने नामसँग परिचित भएपछि लाग्यो, ठीकै सुुनिएको रहेछ नाम त। तर पनि अहिले सम्झिँदा लाग्छ, त्यो बेला नेपाल सहरको वर्णन गर्नेले काठमाडौं सहरकै बढी वर्णन गर्ने रहेछन्।
मेरो परिवारमा पहलमान सुुवेदी नामक एक जना आँसुुकवि थिए जो मेरा दाइ हुुन्, ठूलोबाका छोरा। झन्डै एक सय वर्षअघि नेपाल सहरमा जग्गा गुुमेकोमा न्याय खोज्दै उनी आएका थिए। उनलाई नेपाल सहरमा गएर कुुनै राणा प्रधानमन्त्री वा मुुख्तियारको सवारी भएको बेला बग्गी समाउनुुपर्छ भन्ने सल्लाह मिलेको थियो। सोहीअनुुसार तिनले अमूक शक्तिशाली राणा शासकको बग्गी बाटैमा समातेर न्याय पाएका थिए। उनी नामजस्तै पहलमान थिए। तिनले गरेको नेपाल सहर (काठमाडौं, पाटन र भक्तपुुर) को वर्णन मैले पहिले पाठमा, त्यो पनि गेय पाठमा, सुुनेको ज्ञान थियो। तिनले रचना गरेका श्लोकमा मैले यो नेपाल सहरको नागर चरित्र र शासकको अनौठो सम्बन्धको पहिलो पाठ पाएको थिएँ। पछि गएर फ्रान्सेली आर्किटेक्चर वा वास्तुुकला र राज्यशक्ति सम्बन्धका किताब र सिद्धान्त पढेपछि मेरो त्यो बुुझाइको सुुरुवात ठीकै रहेछ भनेर बुुझेँ, मैले। तिनका श्लोक र तिनले बुुझेको सवाइ शैलीको वर्णनमा यो देशका साधारण जनता र नेपाल सहर वा राजधानीको कति ठूलो दूरी रहेछ भन्ने बुुझिन्छ। नेपाल सहर देखेपछि संवत् १९९६ सालमा उनले रचे। त्यो श्लोक ‘साहित्य र आमवृत्त’ भन्ने मेरो किताबको पृष्ठ २८५ मा छ–
‘वरिपरि महाभारत पर्वत उठी टम्म/ बीचमा ठूलो मडिमैदान मधेस जस्तो सम्म/ सूक्ष्म–सूक्ष्म भन्छुु म ता सवाइमा यस्तो/ बयान गरी सकिँदैन यो नेपाल देशको/ भादगाउँ पाटन इन्द्रचोक ठूला सहर छन्/ सहरबीचमा पुुग्दाखेरि शुुद्धिबुुद्धि भागो/ ठूला काली समुुद्रमा डुुबे जस्तो लागो/ कहीँ देख्छुु देवगण कहीँ देख्छुु बाघ झैं/ त्यतिखेर कुुदेँछुु म कुुहिराको काग झैँ/ हिँड्दै गएँ बायाँ लागी अघिपछि सर्दै/ साइकल कुुद्छन् वरपर चिटिङ् टिङ्टिङ् गर्दै।’
एनको यो वर्णन मेरा निम्ति अहिलेसम्मकै नेपाल सहरको सबैभन्दा बलियो आधार हो। यसमा सहर र शक्ति, ग्रामीण जनता र नागर चरित्रको दूरी, शक्तिको केन्द्र राजधानी र साधारण जनताबीचको खाडल अनि शक्तिका केन्द्र र राज्यव्यवस्थाका बिम्ब हाम्रो आँखासामुु आउँछन्। अहिले नेपाल संघीय संरचनामा प्रवेश गरिसकेपछि पनि कवि पहलमान हराएको काली समुुद्र नेपाल सहरको चुुम्बकीय चरित्र उस्तै छ। विद्यार्थी भएर यहाँ आएपछि ममा यो नेपाल सहरबारे जान्ने मेरो उत्कण्ठा झन् बलियो भएर आयो। मैले यो सहरको इतिहास, खासगरी यसको वास्तुुकला जनिन ‘न्यारेटिभ्’, पढ्ने स्रोतहरू खोजिबसेँ।
पछिल्लो समयमा अस्ट्रियाको भिएनाका कार्ल प्रुुसा नामका एक प्राध्यापकले लेखेको दुुई खण्डमा प्रकाशित ‘काठमाडौं भ्यालीः द प्रिजर्भेसन् अप्m फिजिकल् इन्भाइरोन्मेन्ट एन्ड कल्चरल् हेरिटेज्ः ए प्रोटेक्टिभ् इन्भेन्टोरी’ शीर्षकको एउटा सचित्र विश्लेषणात्मक किताब पढेपछि यो सहर कसरी आधुुनिक रूपमा विकसित हुँदै आएको रहेछ भनेर राम्ररी बुुझ्ने अवसर पाएको हुँ। यो किताब सन् १९७५ मा पहिले निस्केको र सन् २०१५ मा काठमाडौंको बज्र बुुक्स्ले पुुनर्मुुद्रण गरेको हो। मेरो नेपाल सहर बोधयात्रामा यो पुुस्तक अध्ययन एक महत्वपूर्ण घटना भयो। यो किताब पढेको बेला नेपाल सहर २०७२ वैशाखको भूकम्पबाट आक्रान्त भएको अवस्था थियो। यो ठूलो तेर्सो आकारमा छापेको महँगो किताबले नेपाल सहरमा पर्यटकीय आगमनको चाखलाग्दो कथा बोल्छ।
कार्ल प्रुुसा आएको बेला एउटी चिनियाँ उपन्यासकार हान् सुुइले यहाँ आएर लेखेको ‘द माउन्टेन् इज् यङ्ग’ भन्ने उपन्यास खुुब पढिन्थ्यो। त्यसमा बहादुुर भवनमा खोलेको पहिलो आधुुनिक नेपाली होटेलको सन्दर्भ छ र पात्र त्यहीँबाट लिइएका छन्। नेपाल सहरमा पर्यटक ल्याउने र यसलाई बाहिर चिनाउने बीपी कोइरालाको योजना कार्ल प्रुुसाले उल्लेख गरेका छन्। त्यस्तै राजाले बीपीलाई अपदस्थ गरेर जेल हालेपछि कसरी बर्बाद भएको थियो भनेर पनि लेखेका छन्। यो नेपाल सहरमा ‘टाउन प्लानिङ’ अथवा नगर निर्माण योजना सन् १९६५ देखि आरम्भ भएको कार्ल प्रुुसाले देखाएका छन्। उनी त्यही बेला राष्ट्रसंघका विज्ञ भएर यहाँ आए। यहाँको सौन्दर्यबाट खिचिएर निकै काम गरेर समय बिताए। तर, चाखलाग्दो कुुरो अर्को छ। एउटा तुुलना गर्नुुपर्छ।
आधुुनिक सहर बनाउन जवाहरलाल नेहरू र उनका विज्ञहरूले फ्रान्सेली वास्तुुकला वा सहरविद् कुुर्बुुसियरलाई भारत ल्याए र चण्डिगढ सहरको डिजाइन गराए। चण्डिगढ जाने सबैले त्यो सहरको डिजाइन देखेकै छन्। , कार्ल प्रुुसा भने यहाँ आएर कुुनै सहर बनाउने योजनामा लागेनन् बरु नेपाल सहरको महान वास्तुुकलालाई बचाउने र यसको शैलीमा सहर विस्तार गर्नेमा लागि परे। नेपाल सहरलाई अहिले पनि बुुझ्नुुपर्ने आधार त्यही हो। स्वतन्त्र भारतको आधुुनिक सहर बनाउने पद्धतिभित्र नेपाल सहरको दर्शन पर्दैन। नेपाल सहर एक अद्भुत वास्तुुकलाले सम्पन्न आपैंm बनिबनाउ नगर हो र यसलाई बचाउनुुपर्छ भन्ने पद्धतिभित्र यो पर्छ।
स्वतन्त्र भारतको आधुुनिक सहर बनाउने पद्धतिभित्र नेपाल सहरको दर्शन पर्दैन। नेपाल सहर एक अद्भुत वास्तुुकलाले सम्पन्न आपैंm बनिबनाउ नगर हो र यसलाई बचाउनुुपर्छ भन्ने पद्धतिभित्र यो पर्छ।
कार्ल प्रुुसाको यो किताबको निष्कर्ष छ, नेपाल सहरलाई नबिगारी यसको वरिपरिको क्षेत्रलाई उत्पादन गर्ने ठाउँ पारेर राख्नुुपर्छ। त्यहाँ धेरै साना एकाध कारखाना खोल्न सकिन्छ तर नेवारी परम्परागत जग्गालाई कृषि र घर निर्माणका पद्धतिलाई बचाएरै मात्र त्यस्तो योजना गर्न सकिन्छ। जसले जे भने पनि कार्ल प्रुुसाको यो व्यावहारिक रोमान्टिकवादले अहिलेका आर्किटेक्टलाई पनि प्रभावित पारिआएको छ भन्ने तिनीहरूका योजनाबाट देखिन्छ। २०४८ सालमा खुुलेको ‘सोसाइटी अफ नेपालिज् आर्किटेक्ट’ले २०७२ सालको भूकम्पपछि एउटा सेमिनारमा अघि सारेका योजना हेर्दा कार्ल प्रुुसाको चिन्तनको प्रतिबिम्ब देखिन्छ। उनीहरूका योजना यस्ता थिएः ‘काठमाडौं उपत्यकामा ऐतिहासिक बसोबासको पारामा बस्ती विकास गर्ने, धरहरा पुुनर्निर्माण गर्ने, सम्पदा क्षेत्र र सांस्कृतिक सम्पदाको पुुनर्निर्माण गर्ने, निजी घरका कोलोनी निर्माण गर्ने, भूकम्प स्मृति पार्क निर्माण गर्ने र गाउँका घरहरू पुुनर्निर्माण गर्ने।’
कार्ल प्रुुसाको सपना पनि यस्तै थियो। तिनले त आपैंmले केही नमुना प्रयोग पनि गरे। उनले इँट्टा, लाइम्स्टोन्, काठ प्रयोग गरेर आफ्नै घर बनाए। फोर्ड फाउन्डेसन्ले धन दिएर बनाएको कीर्तिपुुरको सेडा भवन उनको पहिलो प्रस्तुुति थियो। तारा गाउँ पनि कार्ल प्रुुसाको अर्को प्रयोग थियो। उनले कपिलवस्तुुमा अरूलाई त्यस्तै शैलीमा काम गर्न लगाए। कार्ल प्रुुसाको तेस्रो प्रोजेक्ट अत्यन्त महत्वपूर्ण थियो। त्यो अहिले हामीसँग छ। कुुनकुुन ठाउँ र निर्माणलाई संरक्षण गर्नुुपर्छ भनेर उनले सन् १९७० देखि आरम्भ गरेर १९७५ सम्ममा एउटा बृहत् सूची तयार गरे। उनले बचाउनुुपर्ने ३२ वटा क्षेत्र, ३४ वटा निर्मित वास्तुुसंरचना, २९ वटा प्राकृतिक क्षेत्रहरू र आठ सय ८८ वटा मठमन्दिर र मूर्तिहरू र तिनको क्षेत्रसहितको सूची पनि निकालेका छन्। आज सहरका प्राचीन र कलात्मक चरित्र अनि खुुला ठाउँहरू मिचिँदै गएको अनि भूकम्पले क्षति गरेका नेपाल सहरहरू हेर्दा कार्ल प्रुुसाको अध्ययन अत्यन्तै महत्वपूर्ण छ। युुनेस्कोका विज्ञहरूलाई काम गर्न सजिलो होस् भन्नका लागि कार्ल प्रुुसाले यो काम गरेका थिए।
आफ्नो नेपाल सहरको यात्रालाई मैले अरू अध्ययनमा पनि विस्तारित गर्ने चाहनामा चाखले पढेका अरू पनि किताब छन्। ती किताब सम्झिँदा पनि मेरो मन हर्षित हुुन्छ। ती किताब हुुन्ः गौतमबज्र बज्राचार्यको ‘हनुुमान ढोका राजदरबार’ (सन् १९७६), मेरी सेफार्ड स्लसरको ‘नेपाल मण्डल’ दुुई भाग (सन् १९८२, १९९८), सुुदर्शनराज तिवारीको ‘द एन्सिन्ट सेटलमेन्टस् अफ् दी काठमाडौ भ्याली’ (सन् २०११), आर्किटेक्ट भरत शर्माको अप्रकाशित विद्यावारिधि शोधग्रन्थ, निल गुुस्चोभका तीनवटा किताबमा प्रकाशित ‘नेवार आर्किटेक्चर’ (सन् २०११), शिव रिजालको ‘भिजिटिङ विक्रमशील महाविहार’ (सन् २०११) र अजय दीक्षितको ‘नेपालमा विपद्’ (सन् २०१६) मुुख्य हुुन्।
सोझो आर्किटेक्चबाहेक सत्यमोहन जोशी, महेशराज पन्त र अरू यस्तै विद्वानका व्याख्याले नेपाल सहरको ‘इन्ट्यान्जिबल् कल्चरल् हेरिटेज्’को अर्थ बुुझ्न मद्दत गर्छ। यी बाहेक यो सहरमाथि लेखिएका अरू पनि थुुप्रै किताब छन्। युुनेस्कोले प्रकाशन गरेको ‘चेन्जिङ् फेसेस् अभ् नेपाल, सेन्चुुरी फोटोग्राफ्स्’ (सन् १९९७) र जिटिजेड्ले प्रकाशन गरेको ‘इमेजेज् अप्m ए सेन्चुुरी’ (सन् १९९५)ले नेपाल सहर कसरी छोटै समयमा पनि कहाँदेखि कहाँ पुुगेछ भन्ने भिजुुअल्बाटै बुुझाउँछन्। जंगबहादुुरको पालाका नेपालमा बसेका ब्रिटिस डाक्टर ओलफिल्डका पेन्टिङ्बाट पनि एक प्रकारको यो थलोका अनौठा बिम्ब देखेर म कल्पनाशील नभएको होइन।
कार्ल प्रुुसाले एउटा पर्यटक भएर आएका युुरोपेली टुुरिस्टलाई त्यतिबेला यहाँको हवाईजहाजमा उडाएर तीन सहरका फोटा खिच्न लगाएको र तिनको प्रयोग गरेको कथा पढ्दा मलाई एकाध रोमानी भावना आउँछन्। पहिलो त, अग्रज कवि पहलमान सुुवेदी कुुइराको काग भैंm कुुदेको नेपाल सहर वा सहरहरूमा म अहिले पनि लाग्छ त्यसरी नै कुुद्छुु, पटकपटक। त्यो कुुइरो फाट्न मैले नाटक लेखेँ। अंग्रेजी विभागका विद्यार्थीसँग विषयान्तर भए पनि यो सहरका कलात्मक वैभव, तिनका रचना अनि समाज, शक्ति र शासकका चरित्रकला र साहित्यमा कसरी प्रतिबिम्बित भएर आउँछन् भन्ने विषयमा शोध गर्न लगाएँ। आफैं पनि लागेँ। लागेकै छुु।
आज यो सहरको महान् कलेवर मानिस र यदाकदा प्राकृतिक विपद्ले गर्दा विचलित भएको देखेपछि दिक्क लाग्छ। यस उपत्यकाका सहर र गाउँका विभेद हराएर एउटा भ्रम सिर्जना भएको देखेपछि लाग्छ, कवि पहलमानले जस्तै यहीँ आएर किनेको भादगाउँले टोपी हातमा लिएर कुुदूँ अनि कविता पनि बोल्दै जाऊँ– ‘भादगाउँ पाटन इन्द्रचोक ठूला सहर छन्/ सहरबीचमा पुुग्दाखेरि शुुद्धिबुुद्धि भागो/ ठूला काली समुुद्रमा डुुबे जस्तो लागो/ कहीँ देख्छुु देवगण कहीँ देख्छुु बाघ झैँ/ त्यतिखेर कुुदेँछुु म कुुहिराको काग झैं।’
कविलाई साइकलले तर्साएका थिए र बाटो छेकेका थिए भने अहिले अटो, तिनका धुुवाँ, धूलो र भीडमा निस्सासिएको अनुुभव छ आफ्नो। आखिर नेपाल सहरकै कथा रहेछ। जुुनसुुकै नागरक्षेत्रका कथा पनि उस्तै हुुन्।
कवि भानुुभक्तले काठमाडौंको मुुटुुमा आएपछि त्यो बेलाको नेपाल सहरलाई आफूले कहिल्यै नदेखेका सहर र देशसँग तुुलना गरेका थिए। लेखेका छन्, यो अलकापुुरी कान्तिपुुरी नगरी भन्याको यो ‘कहीँ भोट र लन्डन चीन सरी .... लखनौ, पटना, मदरास सरी’ रह्याछ। ती ग्रामीण कविलाई यो सहरले समातेछ। उनको चेतना पहिलो पटक कवितामा विभाजित भएछ। पछि सन् १९६० को दशकमा यहाँ आएका ग्रामीण वा साना बजारका कविले पनि काठमाडौंलाई प्यारिस, लन्डनजस्ता नागर परिवेशसँग तुुलना गरेर कविता लेखेका छन्।
अहिले यो नेपाल सहर मात्र होइन, देशका अरू क्षेत्रमा पनि ठूला सहर निस्किँदै छन्। सडक, भवन, बाटाघाटा अनि उपभोक्ता संस्कृतिका रचना उस्तैउस्तै छन्। तर पनि अहिलेसम्म शासन र शक्तिका हिसाबले नेपाल सहर नै सबैका चेतनाको केन्द्रमा रहेको छ। नेपालमा गाउँ लोप हुुन नहुुने भौगोलिक यथार्थ छ तर तिनको विलयन गराउने सहर चेतना सुुरसाको मुुखजत्रो फराकिलो छ। हामी अहिले सहर बनाउने र त्यसको चेतना व्यापक गराउने अभियानमा लागेका छौं।
मैले बुुझ्न नसकेका एकाध कुुरा छन्। कवि पहलमान र मेरो सुुन्दर तेह्रथुुम जिल्लाको गाउँ साबला अहिले नगरपालिका घोषित भएको छ। यसले केही गडबड गर्यो भने मेरा गाउँका आहाल बस्ने भैंसी, चर्ने गाईबस्तुु र जंगल अनि खेतबारीले आफूलाई पुुनः परिभाषित गर्नुु पर्नेछ। सहरको यो चेतनाले न गाउँ न सहरको चरित्र बुुझाउँछ। तर, विषय अलिक गम्भीर छ, योभन्दा। अहिले पुुँजी, शक्ति र उपभोक्ता अनि सरकारका सम्बन्ध झन् जटिल बन्दै गएका छन्। सहर विषयमा धेरै अध्ययन भएका छन्। त्यतातिर नजाऔं। तर सहर भनेको इतिहास अनि वर्तमान चेतनाको पनि नक्सा हो, एउटा दृश्य र अदृश्य दुुवै शक्ति हो।
नेपाल सहरको इतिहास र बदलिएको चरित्र बुुझ्ने चाहनाले केही अध्ययन र लेखन गरिआएको मेरो कथा केवल एउटा बोधयात्रा हो। हामी धेरैले यस्ता बोधयात्रा गरेका छौं। मैले आफ्नै बोधयात्राको सार मात्रै लेखेको हुँ। मैले यो सहरलाई बुुझ्ने कोसिस गर्न थाल्दा यो एक सरल, कलात्मक र वाचाल सहर थियो। अहिले यो बढी जटिल र चुुनौतीले जेलिएको अवस्थामा छ। मैले यो नेपाल सहर बुुझ्ने क्रममा आफूलाई यहाँ घुुमिबस्ने, यसको सौन्दर्य बोध गर्ने, योसँग संवाद गर्ने आधार बनाएको हुँ। तर एउटा कुुरा बुुझेको छुु– नेपाल सहरजस्तो थलोमा यात्रा गर्ने मानिस केवल एउटा फ्लानर हुुन्छ। मेरो पनि यो एउटा फ्लानरको सहरबोध यात्रा हो।