विमानस्थलबाट उज्जेकिस्तानका दुई युवती पक्राउ

विमानस्थलबाट उज्जेकिस्तानका दुई युवती पक्राउ

काठमाडौ : चार वर्षदेखी प्रवेशाज्ञा (भिसा) विना नेपालमा बस्दै आएका उज्वेकिस्तानका दुई युवतीलाई विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको छ। उनीहरुलाई अहिले अध्यागमन विभागको हिरासतमा राखिएको छ। उनीहरुको राहदानीमा कुनै पनि मुलकको भिसा छैन। उनीहरु केही दिनपछि उज्वेकिस्तान जाने तयारीमा रहेको र त्यसैको सेटिङ मिलाउन विमानस्थल गएको हुन सक्ने स्रोतले बताएको छ। पक्राउ पर्ने उज्वेकीस्तानका युवतीमा युथकदिभा माखावोद र मुर्तिरी अब्दुरमाबावा रहेका छन्।

माखावोदले एए ५८३६८६५ र अब्दुरमाबावाले एए ३०१४३७५ नम्बरको उज्वेकिस्तानको राहदानी प्रयोग गरेका छन्। अध्यागमन विभागबाट भिसा नियमित गर्दा धेरै पैसा लाग्ने र सजायको भागिदार समेत हुने देखिएपछि दुई युवती अन्र्तराष्ट्रिय विमानस्थलमा सेटिङ गर्ने गिरोह खोज्ने क्रममा अध्यामगनको फन्दामा परेका हुन्।  दुई युवती पटक पटक भिसा नियमित गर्न अध्यागमन विभाग गए पनि उनीहरुले भिसा नियमित गरेनन्। 

विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले पक्राउ परेका दुइ उज्वेकिस्तानका युवतीलाई थप अनुसन्धानका लागि अध्यामगन विभागमा पठाइएको वताए। भिसा नियमित गर्दा विलम्ब र जरिवाना वापत धेरै रकम तिर्नु पर्ने देखिएपछि उनीहरुले केही रकम खर्चिएर सेटिङ गर्ने योजना बनाएका थिए। 

विगतमा विमानस्थलका प्रहरी, एयरलाइन्स र अध्यागमनका कर्मचारी मानव तस्करीमा संलग्न हुदै आए पनि अहिले सुन तस्करमा संलग्न भएका पक्राउ पर्न थालेपछि विमानस्थलका कर्मचारी समेत डराएकाले सेटिङमा हुने गतिविधिमा कमी आएको स्रोतले बताएको छ।

विदेशी नागरिक अनुगमन निर्देशिका नबन्दा नेपालमा हजारौको संख्यामा विदेशी नागरिक शंकास्पद ढंगले बसिरहेका छन। कती विदेशी नागरिक नेपालमा अवैध ढंगले बसेका छन् भन्ने तथ्याङक समेत अध्यामगन विभागसँग छैन। भिसा नियमित गर्नुको सट्टा सेटिङ गर्ने व्यक्तिको खोजी गर्दा ती उज्वेकिस्तानका युवती भएको खुलेको हो। 

विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको सहयोगमा उनीहरुलाई सोमबार पक्राउ गरेको हो। विमानस्थलमा रहेको प्रहरीले संचालन गरेको ‘हेल्प डेस्क’ नजिकैबाट उनीहरु पक्राउ परेका हुन। उनीहरु भिसा बिना किन काठमाडौं बसेका थिए भन्ने बारे केही खुलेको छैन।  माखावोदले सन २०७३ मंसिर ३ गते र अब्दुरमाबावाले २०७० चैत्र १ गते पर्यटक भिसा लिएका थिए। त्यसपछि उनीहरुले भिसा लिएका छैनन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.