सम्राट मनी ट्रान्सफरमा चोरी

सम्राट मनी ट्रान्सफरमा चोरी

विराटनगर : महानगरपालिका-९ मेनरोडमा संचालित सम्राट मनी ट्रान्सफरमा मंगलबार राति चोरी भएको छ। महानगरपालिका कार्यालयको 'बी प्लट' भवनको माथिल्लो तलामा संचालन गरिएको मनी ट्रान्सफरको सटर फुटाएर चोरी गरिएको घटनालाई प्रहरीले भने शंकास्पद रुपमा लिएको छ। मनी ट्रान्सफर विराटनगर महानगरपालिका-९ को वडा कार्यालयसँगै जोडिएको छ।

मंगलबार साँझ बन्द गरेर हिंडेकोमा बुधबार बिहान आउँदा चोरी भएको पाइएको संचालक बाबुराम न्यौपानेले बताए। उनका अनुसार बिहान ७ बजे गार्ड होमनाथ खतिवडाले सटरको माथिल्लो भाग फुटाएर चोरी भएको जानकारी दिएका हुन्। 

मनी ट्रान्सफरबाट पाँच लाख ५० हजार नगद, एउटा ल्यापटप, दुईवटा भिडियो क्यामेरा, एउटा कम्प्युटर, हस्ताक्षर गरेको चेकलगायतका सामान चोरी भएको न्यौपानेको दावी छ।उनका अनुसार सुरुमा पूर्वतर्फ रहेको काठको ढोका फुटाएरभित्र पसेपछि मनी ट्रान्सफरको सटरको माथिल्लो भाग फुटाएर चोरी गरेको पाइएको छ। न्यौपानेले घटनाको प्रकृति हेर्दा ट्रान्सफरभित्र घर्रामा राखेको पैसा सहितका सामान चोरी भएको छ।

वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी सुरेन्द्र सिटौलाले भने घटना शंकास्पद भएको बताए। उनका अनुसार सटर अलिकति मात्रै तोडिएको जस्तो रहेका कारण घटनाका विषयमा विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ। 'सटरको माथिल्लो भागमा अलिकति फुटाइएको छ,' उनले भने, 'त्यहाँबाट भित्र छिरेर चोरी गर्न सक्ने अवस्था नै रहँदैन।' डीएसपी सिटौलाले मनी ट्रान्सफर संचालकले घर्रामा पैसा राखेर घर गए भन्नु, त्यहीं भित्रको 'सेभ' मा पैसा नराख्नु, सटरको माथिल्लो भागमा क्षति पुर्‍याएको भए पनि मान्छे भित्र छिर्न सक्ने अवस्था नहुनु आदी कारणले घटनालाई शंकास्पद रुपमा लिइएको बताए।
 
प्रहरीले संचालक न्यौपानेसहित केही व्यक्तिमाथि नै अनुसन्धान अघि बढाइएको जनाएको छ। न्यौपानेसहित केहीको फिङ्गर प्रिन्ट पनि लिएको छ। सिटौलाले शंकास्पद केही व्यक्तिलाई निगरानीमा राखिएको जानकारी दिए।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.