हावाहुरीले चुडाएको तारबाट करेन्ट लागेर एकको मृत्यु

हावाहुरीले चुडाएको तारबाट करेन्ट लागेर एकको मृत्यु

बिर्तामोड : बुधबार बिहानको हावाहुरीले चुडाएको बिजुलीको तारबाट करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। घर आगनमै बिजुलीको तार चुडिएर करेन्ट लाग्दा कचनकवल गाउँपालिका- ७ बालुवाडीकी ६१ वर्षीय हर्कमाया लिम्बूको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार करेन्ट लागेर  घाइते भएकी लिम्बूको उपचारका क्रममा भद्रपुरस्थित ओम साई पाथिभरा हस्पिटलमा मृत्यु भएको हो।

यसैबीच बुधबार बिहान हावाहुरी, चट्याङ्गसँगै परेको पानीले झापाका लाखौ मुल्यका बालीमा क्षति पुर्‍याएको छ। क्षतिको यकिन तथ्याक संकलनका लागि स्थानीय प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।

दक्षिणी झापाको कचनकवल धान सुपरजोन क्षेत्रमा हावाहुरी चलेपछि आँप, लिच्ची, सुपारी, नरियललगायतका फलफूलमा क्षति पुगेको छ।हावाहुरीले अधिकांशको घरमासमेत क्षति पुर्‍याएको स्थानीयले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.