धरानमा हटेन सिन्डिकेट : उस्तै छ व्यवसायीको दादागिरी

धरानमा हटेन सिन्डिकेट : उस्तै छ व्यवसायीको दादागिरी

धरान : सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गरे पनी धरानका यातायात व्यवसायीले सिण्डिकेटलाई कायमै राखेका छन्। धरान बस पार्कबाट दैनिक संचालन हुँदै आएका दुई हजार भन्दा बढी सवारी साधनमा व्यवसायीले दादागिरी शैलीमा सिन्डिकेटलाई कायमै राख्दा समेत स्थानीय प्रशासनले कारबाही गर्न सकेको छैन्। 

धरानमा मुख्य कार्यालय खोलेर दर्ता गरिएका कोसी बस व्यवसायी संघ, पूर्वाञ्चल यातायात संघ, सप्तकोसी बस व्यवसायी संघ, संयुक्त बस व्यवसायी संघले सिन्डिकेटलाई निरन्तरता दिइ रहेका छन्। धरानबाट संचालन हुने यातायातका साधन संचालनको सिन्डिकेटको नेतृत्व कोसी बस व्यवसायी संघका अध्यक्ष तथा यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी, पूर्वाञ्चल यातायात संघका अध्यक्ष सरोज श्रेष्ठ, संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमो र सप्तकोसी बस व्यवसायी संघका सचिव हरि थापाले गर्दै आएका छन्। 

धरानका चारवटै संघले आफ्नो संस्थामा दर्ता नभएका सवारी साधन संचालनमा प्रतिबन्ध लगाउदै आएका छन्। धरानबाट तराईका जिल्लामा चल्ने सवारी साधन छिटफुट रुपमा संचालन भएका भएपनी धरानबाट पहाडी जिल्ला धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम चल्ने यातायातका साधन संचालनमा व्यवसायीले सिन्डिकेटलाई निरन्तरता दिएका छन्। 

पहाडी जिल्ला चल्ने सवारी साधनहरुलाई आलोपालो प्रणाली लगाएर व्यवसायीले सिन्डिकेटलाई निरन्तरता दिँदा समेत स्थानीय प्रशासनले कारबाही गर्न नसकेको धरानका यातायात व्यवसायी पर्सुराम भट्टराईको भनाइ छ। उनले धरानका केही व्यवसायीको दादागिरीले सिन्डिकेटले निरन्तरता पाएको बताए।

धरानमा यातायातका साधनमा सिन्डिकेट लगाउनेमा अधिकांश एमाले र कांग्रेसका स्थानीय नेता सक्रिय रहेका छन्। भोजपुरका मानबहादुर ढकालले व्यवसायीले दादागिरी शैलीमा सिन्डिकेट लगाएका कारण सर्वसाधारण समयमा गन्तव्यमा पुग्न गम्भीर समस्या भएको बताए। पक्राउ परेका व्यवसायीलाई सरकारले बिना कारबाही छाडेकाले उनीहरुले सिन्डिकेटलाई निरन्तरता दिएको उनको आरोप छ। 

यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदीले यातायातका साधनलाई खुला छाड्दा अस्वस्थ प्रतिस्पर्धा हुने र दुर्घटना हुने भएकाले समय मिलाएर आलोपालो प्रणाली लागु गरेको बताए। 

सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले कानुन विपरित सिण्डिकेट चलाउने व्यवसायीविरुद्ध कडा कारबाही हुने चेतावनी दिएका छन्। उनले आफू भर्खरै मात्र सुनसरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कारण यस विषयमा छानबिन गरी सिन्डिकेटलाई सदाका लागि अन्त्य गर्ने प्रतिबद्धता जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.