हावाहुरीले घरको भित्ता भत्काउँदा एक वृद्धाको मृत्यु

हावाहुरीले घरको भित्ता भत्काउँदा एक वृद्धाको मृत्यु

गाईघाट : उदयपुरमा हावाहुरीले एक वृद्धाको ज्यान गएको छ भने एक महिला घाइते भएकी छिन् । हावाहुरीले लाखौं मुल्य बराबरको धनमाल क्षति भएको छ।

हावाहुरीले जिल्लाको पश्चिमी क्षेत्र कटारी नगरपालिका- १ कालिखोलाकी ६५ वर्षीया आइतीमाया माझीको घरको भित्ता भत्केर थिच्दा मृत्यु भएको हो।त्यसैरी हावाहुरीले घरको टाटी भत्काउँदा बेलका नपा- ५ तिलवारीकी ४२ वर्षीया डिकमाया मगरको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मेघराज अधिकारीले बताए ।

उनको लालबजारस्थित क्लिनीकमा उपचार पछि घर फर्किएकी छिन् । त्यस्तै बेलका नगरपालिकामा जस्तापाता (टिन)ले छाएको घर र विद्यालयको छाना उडाउँदा लाखौको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर बेलका नपा- ४ गुरुङचौरीमा रहेको श्री जनता मावि गुरुङचौरी स्कुलको दुईवटा भवनको टिनको छानो उडाउँदा ६ लाख बराबरको क्षति भएको छ । यसैगरी सोही स्थानका श्रीलाल अधिकारीको किराना पसलको टिनको छानो उडाउँदा किराना पसल पानीले‍‍‍ भिजेपछि दुई २ लाख बराबरको भएको प्रहरीले बताएको छ।

त्रियुगा नगरपालिका- १६ बस्ने बिन्दामाया कार्कीको काठले बनेको ६ कोठे घरमा ५लाखको क्षति भएको छ। सोही स्थानका हरि कार्कीको गोठ र भान्साकोठा  र टिनको छानो उडाई ५० हजारको क्षति पुर्‍याएको डीएसपी अधिकारीले बातए । यसैगरी रामबहादुर विकको दुईतले काठले बनेको रको टिनको छानो उडाएको १५ हजरको क्षति भएको प्रहरीको भनाइ छ।

टेकबहादुर विकको एकतले घरको टिनको छानो उडाई २० हजारको क्षति भएको छ। सिता पोख्रेलको एक तले काठले बनेको घरको टिनको छाना उडाई १५ हजरको क्षति भएको छ।त्यस्तै मनोज विकको ट्वाईलेटको छानो उडाउँदा १५ हजरको क्षति भएको छ ।

त्रियुगा नपा ८ मा दानबहादुर दाहालको ३० हजार, ठग बहादुर बुढाथोकीको १ एक लाख ७५ हजारको क्षति भएको छ भने माया मगरको २ तले काठले बनेको घर पुरै नष्ट हुँदा ५ लाख २५ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। आँप, लिच्ची, सुपारीजस्ता फलफूलमा ठूलो क्षति पुर्‍याएको कृषि कार्यालय उदयपुरका प्रमुख सरोजकान्त अधिकारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.