टिफिनमा खेल्न निस्किएका बालकको टिफरले ठक्कर दिँदा मृत्यु

टिफिनमा खेल्न निस्किएका बालकको टिफरले ठक्कर दिँदा मृत्यु

गाईघाट : उदयपुरको रौतामाई गाउँपालिका ५ कालिमाटीमा बिहीबार दिउँसो टिफरको ठक्करबाट एक स्कुले बालकको ज्यान गएको छ। सगरमाथा लोकमार्ग अन्र्तगतको गाईघाट–दिक्तेल सडकखण्डको कालिमाटीमा ना ३ ख ८५७४ नम्बरको टिफरको ठक्करबाट स्थानीय तिलक राईका ११ वर्षीय छोरा निगम राईको मृत्यु भएको हो।

कालिका माध्यमिक विद्यालय कालिमाटीको कक्षा ४ मा पढ्ने बालक टिफिनको समयमा खेल्ने क्रममा टिफरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उदयपुर र खोटाङको सिमास्थल फोक्सिनाटरस्थित सुनकोसीबाट डाँडागाउँतर्फ गिटी लिएर आउँदै गरेको रौता कस्ट्रक्सनको टिफरले ठक्कर दिएको वडाध्यक्ष पाण्डव राईले जानकारी दिए। 

रोकेको टिफरको पछाडि खेल्दै गरेका राईलाई टिफरले किचेको हो। चालकले गाडी स्टाट गर्दा खेल्दै गरेका बालकलाई नहटाउँदा दुर्घटना भएको बताइएको छ। विद्यालय समय १० देखि ४ बजे भित्रै घटना भएकाले घटनाको छानबिन गरिने राईले बताए। राईले टिफरसँगै विद्यालयको लापरवाहीले दुर्घटना भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.