बेलकामा फौजी किराको आतंक, ४ पशु मरे

बेलकामा फौजी किराको आतंक, ४ पशु मरे

गाईघाट : उदयपुरको बेलका नगरपालिका क्षेत्रमा फौजी किराबाट किसान चिन्तित भएका छन्। फौजी किरा लागेको घाँस पशुचौपायले खाँदा बिरामी हुने गरेको हो। 

बेलका नगरपालिका- ५ खयरवासबाट सुरु भएको फौजीकिरा वडा न‌ं ८ मा पुगेको नगरपालिकाका कृषि प्राविधिक नरनाथ रेग्मीले बताए। उनले भने, 'जिवाणु किराले खाएको पात चौपायले खाएपछि सुरुमा छेर्ने त्यसपछि मर्ने गरेका छन्।' वडानं ५ वंगलामुखी गाउँका ४ वटा गाई बिहीबार साँझ फौजीकिराले जंगलमा खाएको घाँस खादा मरेका छन्।

'मरेको पक्का हो, तर कसको हो भन्ने नाम थाहा भएन, चौपाया मरेकोबारे नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए।किरा नियन्त्रणका लागि वडाध्यक्ष र प्राविधिक टोली शुक्रबार परिचालन गरिएकोसमेत उनले बताए।

वंगलामुखी गाउँ नगरपालिकाकै विकट क्षेत्र रहेको र टेलिफोनसमेत सम्पर्क नहुने भएकाले शनिबारसम्म विस्तृत विवरण आइसक्ने उनले बताए। 

दिनभर लुकेर बस्ने र रातपरेपछि सक्रिय हुने गरेको फौजीकिरा नियन्त्रणका लागि नगरपालिकाले  विषादी छर्किन सुरु गरेको मेयर थापाले जानकारी दिए। 

उनले जिवाणु नियन्त्रणभन्दा बाहिर रहेकाले नियन्त्रणको प्रयास भइरहेको बताए। जिवाणु पहिचान भएपनि नियन्त्रण बाहिर रहेकाले नियन्त्रणका लागि विराटनगरबाट विशषेज्ञसहितको प्राविधिक टोली झिकाउने तयारी भइरहेको उनले बताए।

जंगलमा मात्र नभई सर्वसाधरणको घरमासमेत प्रवेश गर्न थालेको भन्ने खबर आएको छ, त्यसैले नियन्त्रणका लागि नगरपालिकाले नियन्त्रणको प्रयासमा रहेको मेयर थापाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.