राष्ट्रपतिले सुरु गरेको पर्यटकीय अभियान अलपत्र

राष्ट्रपतिले सुरु गरेको पर्यटकीय अभियान अलपत्र

ओखलढुंगाः ओखलढुंगाको सबैभन्दा अग्लो पर्यटकीय स्थल देम्वाडाँडामा गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेको पर्यटकीय अभियान अलपत्र परेको छ।पर्यटकीय महोत्सव गरेर हरेक वर्ष विदेशी पर्यटक भित्र्याउने अभियान महोत्सव मूल आयोजक समितिको आन्तरिक विवाद र स्थानीय तहको वेवास्ताका कारण  अलपत्र बनेको हो। 

समुद्र सतहबाट ३ हजार १ सय ५० मिटरको उचाइमा रहेको पर्यटकीय स्थल थोलेदेम्वामा यो वर्ष हुने महोत्सव आयोजना नै हुन सकेन। वर्षेनी बैशाख १ गते आयोजना गर्नेगरी थोलेदेम्वा महोत्सवको ०७४ साल वैशाख १ गते राष्ट्रपति भण्डारीले शुभारम्भ गरेकी थिइन्। महोत्सव आयोजक समितिको आन्तरिक विवादका कारण यो वर्ष महोत्सव नहुने भएपछि थोलेदेम्वा क्षेत्रका स्थानीय र महोत्सवमा सहयोग गर्ने दाहाहरु समेत आक्रोशित छन्। महोत्सवमा संकलन भएको रकम र खर्च विवरण समेत समितिले सार्वजनिक गरेको छैन।

हिसाब किताबले समितिमा विवाद 

महोत्सव सम्पन्न गर्न सांसदले संसद विकास कोषबाट रकम लगानी गरेका थिए भने धेरै दाताले आर्थिक सहयोग गरेका थिए। सांसद यज्ञराज सुनुवारले १५ लाख, हर्कबोल राईले ५ लाख, शकुन्तला राजभण्डारीले पाँच लाख, सुरेन्द्रकुमार कार्कीले तीन लाख रकम कोषबाट विनियोजन गरेका थिए।  त्यस्तै अन्य थुप्रै दाताहरुले महोत्सव सम्पन्न गर्न अनुदान दिएका थिए। 

महोत्सव सम्पन्न भएपछि आय व्याय विवरण सार्वजनिक गर्न समितिलाई सांसदले सुझाव दिए पनि समितिका पदाधिकारीबीचको हिसाबकिताब विवादले यो वर्षको महोत्सव नै प्रभावित भएको हो। विवादकै कारण हिसाबकिताब सार्वजनिक हुन सकेको छैन। महोत्सव आयोजना नभएको विषयमा महोत्सव मूल आयोजक समितिका संयोजक डेण्डी शेर्पाले गत वर्षको हिसाबकिताब सार्वजनिक सुनुवाई गरेर तत्कालै सार्वजनिक गर्ने तयारी गरेको बताए। महोत्सव समेत ०७५ सालमै आयोजना गरिने उनले दावी गरे। शेर्पाले वैशाख उपयुक्त सिजन नभएकाले समस्या भएको तर्क गरे।

गाउँपालिकाले पनि प्रथामिकता दिएन 

खिजीदेम्वा गाउँपालिकाको ऐतिहाँसिक पर्यटकीय क्षेत्रको रुपमा परिचित थोलेदेम्वामा महोत्सवका लागि गाउँपालिकाले गाउँ सभामा प्रस्ताव नै लगेन। महोत्सव आयोजक समितिले प्रस्ताव नै नल्याएकाले गाउँपालिकाले कुनै योजना बजेट व्यवस्था नगरेको गाउँपालिका प्रमुख वेदबहादुर रोकाले बताए। ‘छुट्टै आयोजक समिति छ, उनीहरुले प्रस्ताव ल्याएनन्, आयोजकबीचमा समस्या भएको हुनसक्छ’ अध्यक्ष रोकाले भने। गाउँपालिकाले  ऐतिहासिक पर्यटकीय क्षेत्रलाई विकास गर्न चासो नदिएको पर्यटन व्यवसायी पेम्वा शेर्पाले गुनासो गरे।

भ्यू टावरको योजना अलपत्र 

थोलेदेम्वा महोत्सव स्थलभन्दा दुई सय मिटरमाथि देम्बाडाँडाको चुचुरोमा महोत्सव उद्घाटन भएको भोलिपल्ट ०७४ बैशाख २ गते सांसद यज्ञराज सुनुवारले पर्यटकीय भ्यूटावर शिलान्याश गरेका थिए। पर्यटकीय क्षेत्र अवलोकनका लागि निर्माण हुन भनिएको भ्युटावरको काम समेत महोत्सव आयोजक समिति र गाउँपालिका बीचमा समन्वय नहुँदा अलपत्र परेको छ।

गाउँपालिकाले भ्युटावर निर्माण गर्न कुनै बजेट विनियोजन गरेको छैन। स्थानीय सरकारले नै आफ्नो क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि काम गर्नु पर्ने संघीय संसदका सदस्य सांसद यज्ञराज सुनुवारले बताऐ। राजनीतिक खिचातानीका कारण खिजीदेम्वाका पर्यटकीय क्षेत्र ओझेलमा पर्नु दुःखद भएको स्थानीय बासिन्दाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.