पाहुना डाकिरहेछ गुरुङ संस्कृतिले धनी पसगाउँ

पाहुना डाकिरहेछ गुरुङ संस्कृतिले धनी पसगाउँ

पसगाउँ (लमजुङ) : थाप्लोमै छ क्होंमे्रडा“डा। जहाँबाट अन्नपूर्ण हिमशृंखला आँखैमा ठोक्किन आइपुग्छ। लमजुङ र कास्कीका थुप्रै गाउँ, डाँडाकाँडा र फाँटहरु देखिन्छन्। सर्लक्क परेका छपनी छापिएको बाटो र ढुंगाकै छाना हालिएका घर भएको पसगाउँ गुरुङ संस्कृतिमा धनी छ। पोखराबाट आधा दिनको मोटरयात्रामा पुगिने यो गाउँका घरमै पेइङ गेस्ट बनेर पाहुना लाग्न पाइने सुविधा पनि छ। 

पसगाउँ यतिबेला पर्यटक डाकिरहेको छ। आफ्नो गाउँका कला, संस्कृति र स्थानीय खानपानको स्वाद चखाउन पर्यटक डाक्दै गाउँमा वैशाख अन्तिम साता महोत्सव पनि भयो। महोत्सवमा घाँटुनाचसहितका गुरुङ संस्कृति देखाइयो। क्व्होलासोंथर गाउँपालिका ६ पसगाउँका वडाध्यक्ष मनलाल गुरुङका अनुसार गाउँका २५ घरमा होमस्टे सुविधा छ। कास्की जिल्लाको सीमामा पर्ने पसगाउँमा दुई सय ५० घर छन्। 

गाउँमा घाँटुका अलावा कृष्णचरित्र, सारंगीनाच, सोरठीसहितका कला संस्कृति जीवित रहेको स्थानीय दूधपोखरी युवा क्लबका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङले सुनाए। गाउँबाट पोखरा लगायत सहर बसाईं सरेकाहरु महोत्सवको निहु यसपालि गाउँ उक्लेका थिए। २०६१ सालदेखि गाउँमा महोत्सव गर्दै आएको तर पर्यटक भिœयाउन नसकेको क्लब पूर्वअध्यक्ष सूर्यबहादुरको गुनासो छ। 

२०५८ सालदेखि नै पसगाउँमा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिँदै आए पनि सँगैको घलेगाउँलेमात्रै प्रगति गर्न सकेको तर आफूहरुले नसकेको थकथकी स्थानीय सुनाउँछन्। प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सव उद्घाटनका क्रममा पसगाउँलाई प्रदेशको पर्यटकीय गाउँ घोषणा गर्ने वचन दिए। उनले भने, ‘हामी प्रदेशभरि ३ सय पर्यटकीय गाउँ बनाउँछौं, पसगाउँलाई पनि त्यसमा समेट्छौं।’ 
 
क्व्होलासोंथर गाउँपालिका उपाध्यक्ष कुमारीमुनि गुरुङले सडक पूर्वाधारका लागि गाउँपालिकाले बजेट छुट्याएको स्मरण गरिन्। उनले आयआर्जनमूलक कामका लागि सहयोग गर्ने वचन पनि दिइन्। विन्दबासिनी हाइड्रोपावरका अध्यक्ष कृष्ण आचार्यले पनि पसगाउँ पसगाउँ र सिङ्दी पुग्ने मोटरबाटोमा सहयोग गरेको सुनाए। 

हालै निर्माण सम्पन्न पसगाउँ मोटरबाटोको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए। मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष बलराम गुरुङले सडककै कारण पनि पर्यटक गाउँ आउने विश्वास व्यक्त गरे। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.