चाैध करोड लगानीमा ह्याचरी उद्योग

चाैध करोड लगानीमा ह्याचरी उद्योग

हप्तामा ६० हजार चल्ला उत्पादन गर्ने लक्ष्य

बिर्तामोड ः झापाको बिर्तामोडमा प्रदेश १ लाई लक्ष्य गरी कुखुराको चल्ला उत्पादन गर्ने मेचीकै सबैभन्दा ठूलो ‘ह्याचरी हाउस’ स्थापना भएको छ। चौध करोडको लगानीमा झापाका चार युवाको सक्रियतामा एक वर्ष अघिदेखि भौतिक संरचनाको काम सुरु गरी अहिले चल्ला उत्पादन थालिएको हो। फर्मलाई सेञ्चुरी बैंकले पनि लगानी गरेको छ।

पूर्वको झापामा नै अण्डा र चल्ला उत्पादन गर्ने फम सञ्चालनमा आएपछि पूर्वका कुखुरा व्यवसायी र कृषकलाई राहत मिलेको छ। यसअघि पूर्वका पहाडी र तराईका कुखुरापालक व्यवसायी र कृषकले गुणस्तरीय चल्ला र अण्डा खरिद गर्न चितवनसम्म पुग्नुपर्ने बाध्यता रहेको थियो।

सो फर्म बिर्तामोडका युवराज गुरुङ, भरत ओडारी, निर्जा सिवाकोटी र तारा प्रसाईले सञ्चालन गरेका हुन्। बिर्तामोड नगरपालिका २ को दुई स्थानमा पाँच बिघा १३ कठ्ठा जग्गा लिजमा लिएर सुरु गरिएको सो फर्मबाट अहिले हप्तामा दश हजार चल्ला उत्पादन गरी पूर्वका बजार र ग्राहकसम्म पु¥याइरहेको सञ्चालक मध्येका तारा प्रसाईंले बताए।

‘अहिले सुरुको अवस्था भएकाले हप्तामा दश हजार मात्र चल्ला उत्पादन हुँदैछ, अब केही दिनमा नै हप्ताको ६० हजार चल्ला उत्पादन गर्छौं’, सञ्चालक प्रसार्इंले भने। उनका अनुसार यो फर्म हप्तामा ६० हजार चल्ला उत्पादन गर्ने क्षमताको फर्म हो।

भाटभटेनी इन्टरनेसनल ह्याचरी प्रा.लि. नाम दिएर सुरु गरिएको फर्मबाट उत्पादन भएको मलेसियन कप फाइप जातको चल्ला कटारीदेखि ताप्लेजुङसम्म बिक्री हुने गरेको सञ्चालक भरत ओडारीले बताए।

‘मलेसियन कप फाइप जात नेपालकै उत्कृष्ट जातको चल्ला हो, यो चल्ला निस्किएको ३६ देखि ४८ घण्टाभित्र ग्राहकको खोरमा पु¥याउने व्यवस्था मिलाएका छौं’, सञ्चालक ओडारीले भने, ‘यो जातको कुखुरा र चल्लाको माग पनि बजारमा उच्च छ।’

यो जातको कुखुरा ३५ दिनदेखि ४२ दिनभित्रै तीन किलोसम्म हुने भएकाले पछिल्लो समय ग्राहकको रोजाइमा परेको ओडारीले बताए। यहाँ उत्पादन भएको चल्ला प्रतिगोटा ५० रुपैयाँमा बिक्री गर्दै आएको उनले बताए।

फर्ममा अण्डा उत्पादन गर्ने कुखुरा मलेसियाबाट झिकाउने गरिएको सञ्चालक युवराज गुरुङले बताए। ‘नेपालमा यो जातको अण्डा उत्पादन गर्ने कुखुराको चल्ला पाइँदैन, त्यसैले मलेसियाबाट हवाइजहाजको प्रयोग गर्दै काठमाडांै ल्याउँछौ र झापा ल्याएर पालेका छौ’, गुरुङले भने।

फर्मको घरलाई दुई स्थानमा निर्माण गरी एक स्थानमा अण्डा पार्ने कुखुरा र अर्को स्थानमा विद्युत्को तापक्रम प्रयोग गरी चल्ला निकाल्ने हुँदा कामदारलाई काम गर्न पनि सहज भएको सञ्चालक गुरुङले बताए।

कुखुरा र चल्ला उत्पादन गर्ने फर्म खुलेपछि स्थानीय ५० जनाले रोजगारी पाएका छन्। ४० जनाले मासिक पारि श्रमिक पाउने गरेका छन् भने १० जनाले दैनिक ज्यालादारीमा काम गर्ने गरेका छन्। स्थानीय नागरिकलाई नै फर्ममा काम गर्ने पहिलो प्राथमिकता दिएको सञ्चालक गुरुङको भनाइ छ।

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.