'देशको अर्थतन्त्र माफिया, तस्कर र ठेकेदारको हातमा छ’

'देशको अर्थतन्त्र माफिया, तस्कर र ठेकेदारको हातमा छ’

पोखरा : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशको अर्थतन्त्र माफिया, तस्कर र ठेकेदारको हातमा रहेको बताएका छन्। ‘तिनीहरुले अर्बाैंको राजस्व छली गरेका छन्’, उनले भने। 

विकास र समृद्धिको लागि तस्करीतन्त्र अन्त्य जरुरी रहेको आवश्यकता गृहमन्त्री थापाले औंल्याए। आइतबार प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिएका उनले सोमबार बिहान पत्रकारहररुसँग भने, ‘सिन्डिकेटधारीको हैकम अन्त्य जरुरी छ भन्ने हाम्रो गोष्ठीको पनि निष्कर्ष हो।’ 

सिन्डिकेटकै कारण बहुसंख्यक टाट पल्टने र मुठीभर व्यक्ति मोटाउने भइरहेको हुँदा खुला प्रतिस्पर्धाका आधारमा सबैलाई मौका दिनुपर्ने गृहमन्त्री थापालेले बताए। उनले एकाधिकार, कालो बजारी र लागु औषध विकासका बाधक रहेको धारणा व्यक्त गरे।  ‘विकास र समृद्धिका लागि शान्ति र सुशासन अपरिहार्य छ’, उनले भने भ्रष्टाचार र सिन्डिकेटलाई जरैदेखि समाप्त पार्न जरुरी छ। 

यातायात व्यवसायीले गैरसरकारी संस्था बनाएर बैंकमा जम्मा गरेको पैसा रोक्का गरिसकिएको र त्यो पैसा राज्यको हुने उनले बताए। ‘त्यो पैसा अवैध हो’, प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले भने। यातायातको सिन्डिकेट हटेको अनुभूति सर्वसाधारणले विस्तारै गर्दै जाने अभिव्यक्ति उनले दिए। 

अहिले सरकार छिमेकीसँगको सम्बन्ध सुदृढीकरणमा लागेको र ती कदमहरु विकास र समृद्धि लक्षित रहेको गृहमन्त्रीले सुनाए। ‘भर्खरै भारतीय प्रधानमन्त्रीको भ्रमण भएको छ, उत्तर छिमेकका राष्ट्रपतिको भ्रमण हुनेछ’, उनले भने, ‘चीनले अघि सारेको ओबिओर २१ औं शताब्दीको विश्वकै विकासको गुरुयोजना हो, त्यसमा नेपालले हस्ताक्षर गरिसकेको छ।’

जाति, धर्म र क्षेत्रका नाममा अस्थिरता पैदा गर्ने दुष्प्रयास भइरहेको उल्लेख गर्दै उनले ती सबैलाई निस्तेज पार्न सरकार लागि परेको पनि सुनाए। ‘भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणका बेला स्वतन्त्र मधेसका ब्यानरहरु देखिए, ती हाम्रो राष्ट्रिय अखण्डता विरोधी हुन्’, उनले भने। 

प्रदेश सरकारको मातहतमा प्रहरी आइनसकेको प्रसंगमा गृहमन्त्रीले नयाँ प्रहरी ऐन आइसकेपछि समस्या समाधान हुने जानकारी दिए। अहिले देखिएको समस्यालाई उनले संक्रमण कालको उपजको संज्ञा दिए। गृहमन्त्री थापाले मदिराको व्यापार अनियन्त्रित भएको हुँदा त्यसलाई व्यवस्थित गरिने जानकारी दिए। 

मदिराकै कारण घरेलु हिंसा बढेको, दिदीबहिनीहरु पीडित भएको र युवा पिढी बिचलित भएको उनको भनाइ थियो। ‘मदिरा निषेध गर्ने भनेका छैनौं, व्यवस्थित गर्ने हो’, उनले भने, ‘कतिपय देशमा पूरै निषेध छ, हामी मदिरा अभियान चलाउँछौं र व्यवस्थित गर्छाैं।’

शान्ति र स्थिरताकै लागि २ कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेकपा एमालेबीच एकता हुने लागेको उनको भनाइ थियो। पार्टी एकता छिटै हुने उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.