सर्प दंशबाट बालिकाको मृत्यु
तुलसीपुर : दाङको तुलसीपुरमा सर्पले टोक्दा एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका - २ की १८ महिनाकी एञ्जल केसीको सर्प दंशबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
एञ्जललाई घरको आँगनमा खेलिरहेको समयमा विषालु सर्पले डसेको थियो । उनलाई उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज प्रकाश सापकोटाले जानकारी दिए । एञ्जललाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरका थिए ।