जनगुनासो सुन्न प्रदेश ७ मा 'हेलो सीएम' को तयारी

जनगुनासो सुन्न प्रदेश ७ मा 'हेलो सीएम' को तयारी

धनगढी : प्रदेश ७ को सरकारले एक हप्ताभित्र हेलो सीएम प्रयोगमा ल्याउने तयारी गरेको छ। सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले विभिन्न आर्थिक मन्त्रालयको प्रस्तावमा तीनवटा निर्णयसहित हेलो सीएम कार्यक्रमको कार्यविधि मस्यौदा स्वीकृत गरेको छ। मुख्यमन्त्री कार्यालयमा हेलो सीएम सञ्चालनमा ल्याउन टिम नै खडा गर्ने तयारी गरिएको छ। गुनासोको प्रकृति हेरेर चार घण्टादेखि सात दिनभित्र समाधान गर्ने गरी व्यवस्था गरिनेछ। हेलो सीएम कार्यक्रमले सुशासन कायम गर्न सहयोग पुग्ने आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले जानकारी दिए।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा बाँकी चारवटा निर्णयलाई सैद्धान्तिक सहमति दिएको छ। जसमा प्रदेश विनियोजन विधेयक, २०७५ र प्रदेश आर्थिक विधेयक, २०७५ तर्जुमा गर्न सैद्घान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

प्रदेशको कर तथा गैरकर उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ तर्जुमा गर्न सैद्घान्तिक सहमति प्रदान गर्ने तथा आर्थिक वर्ष २०७५÷०७६ को विनियोजन विधेयकको प्रस्ताव सिद्घान्त र प्राथमिकता स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिलामन्त्री बोहराले जानकारी दिए। बैठकमा आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाह र सामाजिक विकासमन्त्री दीर्घ सोडारी अनुपस्थित थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.