गुजरातीपछि मैथिलीमा प्रधानमन्त्रीको ट्वीटः प्रदेश २ लाई भनेजति बजेट

गुजरातीपछि मैथिलीमा प्रधानमन्त्रीको ट्वीटः प्रदेश २ लाई भनेजति बजेट

काठमाडौँ: प्रधानमन्त्री केपी शर्माले आगामी सरकारको नीति-कार्यक्रम तथा बजेटमा प्रदेश २ को विकास र समृद्धिको चाहनाको सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रदेश २ का सांसदहरुको प्रतिनिधि मण्डलसँगको भेटघाटपछि सामाजिक सञ्जालमा मैथिली भाषामा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सरकारको नीति-कार्यक्रम र बजेटमार्फत तराई मधेसको विकास र समृद्धिका चाहनाको सम्बोधन गर्ने प्रतिवद्धता जनाएका हुन् । 

प्रदेश २ का सांसदले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिचाई तथा डुबान समस्याको समाधानबारे देखाएको अग्रसरता प्रति पनि प्रधानमन्त्रीले ट्वीटमार्फत् सांसदहरुलाई धन्यवाद दिएका छन् । 

उनले ट्वीटमा लेखेका छन्,‘म विश्वास दिलाउन चाहन्छु आगामी आर्थिक वर्षको सरकारको नीति-कार्यक्रम तथा बजेटमार्फत तराई-मधेसको विकास र समृद्धिको चाहनाको सम्बोधन हुन्छ ।’  

उनले थप लेखेका छन्, ‘प्रदेश २ का माननिय सदस्यहरुको सर्वदलीय प्रतिनिधि मण्डलसँग भेट्दा खुसी लागेको छ, शिक्षा, स्वास्थ्य, कृषि, सडक,सिचाई तथा डुवान समस्या समाधानको दिशामा उहाँहरुले देखाउनु भएको अग्रसरता प्रति धन्यवाद दिन चाहन्छु ।’

प्रधानमन्त्री ओलीले प्रदेश २ का सांसदसँग भेटघाटपछि २ वटा मैथली र १ एउटा नेपाली भाषामा ट्वीट गरेका छन् ।
 
यसैबीच प्रदेश नं २ का सांसदहरुले ‘ प्रधानमन्त्रीसँगको भेटमा तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन माग  गरेका छन् । 

प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले प्रधानमन्त्री ओलीलाई भेटी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको प्रदेश नं २ को सामाजिक र आर्थिक विकासका लागि प्राथमिकता दिन आग्रह गरे  ।  

शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकास, बाढी पहिरो नियन्त्रण, सडक, खानेपानी, नदी तटबन्ध तथा व्यवस्थापन, चुरे संरक्षणका विषयमा पनि आगामी नीति, कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने माग राखेको प्रतिनिधि मण्डलका सदस्य एवं राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए  । 

नेकपा एमालेका सांसद सुमनराज प्याकुरेलका अनुसार प्रधानमन्त्री ओलीले मागहरु जायज, आवश्यक भएको र आफू तराई मधेससहित सिङ्गो मुलुकको विकासका लागि गम्भीर रहेको बताउँदै सुझाव कार्यान्वयन गर्ने विश्वास दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.