प्रदेश तीनको बर्खे अधिवेशन सुरु

प्रदेश तीनको बर्खे अधिवेशन सुरु

हेटौंडा : प्रदेश तीनको प्रदेशसभा बैठकको बर्खे अधिवेशन मंगलबादेखि सुरु भएको छ। बर्खे अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धममा (कर प्रस्ताव बाहेक) प्रस्ताव टेबल गरेका छन्। 

प्रदेशसभा सदस्य हरिशरण लामिछानेको असमायिक निधन भएपछि मंगलबारको बैठकमा पूर्व बजेट सम्बन्धि प्रस्ताव टेवलमात्र भएको हो। बैठक लामिछानेप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै सकिएको छ।

त्यस अघि प्रदेश प्रमुखको कार्यालयबाट आएको अधिवेशन आह्वान र विधेयक प्रमाणिकरण सम्बन्धिपत्र सभामुख सानुकुमार श्रेष्ठले पढेर सुनाएका थिए। मंगलबारको बैठक बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ। 

पर्यटन,कृषि र जलविद्युत्मा प्राथमिकता
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको प्रस्तावमा पर्यटन, कृषि र जलविद्युत् छलफलको प्रमुख प्राथमिकतामा रहेको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले बताए। ‘हामीले प्रदेश सभाबाट बजेटको प्राथमिकताक्रमलाई टुङ्गो लगाउँछौं’, उनले भने, ‘मन्त्रालयको तर्फबाट  पर्यटन, कृषि र जलविद्युत्लाई पहिलो प्राथमिकता दिएर बजेट बनाउन प्रस्ताव गरेका छौं।’ 

प्रदेश सरकारले असार १ गते प्रत्येक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार ३ नम्बर प्रदेशको बजेट अधिवेशन जेठ १ गतेबाट सुरु भएको हो। आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेट ल्याउन प्रदेश तीनको आर्थिक मामिला तथा योजना मन्त्रालयले १३ जिल्लाका स्थानीय तहसम्म पुगेर छलफल गरिरहेको मन्त्रालयका सचिव वसन्त अधिकारीले बताए। 

केन्द्रबाट कुनकुन योजना र केकति योजना हस्तान्तरण हुने भन्ने एकिन नभएको कारण प्रदेशको आगामी वर्षको बजेट कतिको हुने भन्ने भने निश्चित भइ नसकेको उनको भनाइ छ। ‘प्रदेश तीनको पहिलो पूर्ण बजेट न्युनतम २५ अर्बदेखि ५० अर्बसम्म जानसक्छ’, सचिव अधिकारीले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.