बोतलबाट बनेका गहना क्यानाडा निर्यात

बोतलबाट बनेका गहना क्यानाडा निर्यात

तुलसीपुर ः दाङका पूर्वकमलरीले फालिएका सिसाबाट गहना उत्पादन गरेर क्यानडा निर्यात गर्दै आएका छन्। फालिएका सिसा र खाली बोतल प्रयोग गरेर गहना उत्पादन गर्न दाङको गढवा गाउँपालिकामा चार जना पूर्वकमलरी महिलाले उद्योग स्थापना गरेका हुन्।

सिसाबाट घाँटी, कान र हातमा लगाउने विभिन्न आकर्षक गरगहना निर्माण गर्दै आएका छन्। सिसाको बोतल ल्याएर स्थानीय स्तरमै निर्मित ओखल (भट्टी)मा माटोको साँचोमा राखेर आवश्यक आकारअनुसारका बिट्स तयार हुन्छ। त्यसबाट आवश्यकता अनुसारका गहना निर्माण गर्ने गरेको पूर्वकमलरी असारथी कुमालले बताइन्। उनले भनिन्, त्यही सिसाको बिट्सबाट माला, झुम्का र हातमा लगाउने बाला तयार पार्दै आएका छौं। यस्ता गहनाको माग अहिले बढेको छ। हाम्रो सामान क्यानडा निर्यात भएको छ।’

सिसाको बिट्सबाट निर्मित गहना अहिले क्यानडामा राम्रो मूल्य पाएको कुमालले बताइन्। नेपालभन्दा क्यानडामा मूल्य बढी पाउने भएकाले उत्पादित सामग्री क्यानडा पठाउने गरेको उनको तर्क छ। खाली भएर फालेका बियरका बोतल प्रयोग गरेर बिट्स निर्माण गर्ने गरेको र त्यहीँबाट गरगहना बनाउँदै आएको मुक्त कमलरी शारदा चौधरीले जानकारी दिइन्।

बबिता कुमालले आफूहरूले विगत चार महिनादेखि उपयोगविहीन बनाइ फालेका सिसा र तिनका बोतलबाट बिट्स उत्पादन गरी त्यसबाट आकर्षक, माला, झुम्का, बालालगायत वस्तु बनाउँदै आएको उनले बताइन्। ‘हामीले उत्पादन गरेका सबै गरगहना हाल क्यानडा जाने गरेका छन्’, कुमालले भनिन्, ‘त्यहाँ एउटा माला एक सय ८० डलरमा बिक्री हुन्छ।’

कच्चापदार्थ संकलनमा पनि आफैं जाने गरेको कलिला चौधरीले बताइन्। बजार वृद्धि भएपछि कच्चापदार्थ संकलन बढाउने उनको भनाइ छ। चौधरीले अहिले सिसाको बोतल सित्तैमा ल्याउने गरेको जानकारी दिइन्। ‘बोतलको अभाव पनि भएको छैन, किन्नु पनि परेको छैन’, उनले भनिन्, ‘आवश्यक परे खरिद गरेर पनि सिसा प्रयोग गर्ने योजना छ।’

दाङका पूर्व कमलरीले खेर गएका सिसाबाट गहना बनाएर क्यानडा निर्यात गर्दै आएका छन्।

आफूहरूले सबै खालका सिसाको बोतलबाट गहना बनाउँदै आएको र त्यो उत्पादनका लागि उद्योग नै स्थापना गरेको चौधरीले बताइन्। ‘जस्तो बोतलको रङ हुन्छ, त्यस्तै बिट्स निस्कन्छ’, बबिताले भनिन्, ‘त्यसैबाट हामीले विभिन्न रङका गहना उत्पादन गर्दै आएका छौं।’

दैनिक करिब पाँच सय बिट्स उत्पादन गर्ने र त्यसबाट ४० वटा माला र एक सय ५० वटा कानमा लगाउने झुम्का बनाउन सकिने उनले जानकारी दिइन्। उनीहरूले उपयोगहीन सिसाबाट गहना निर्माण गर्ने सीप सिकेर आयआर्जनमा लाग्दा धेरै खुसी भएको बताउने गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.