कर्मचारी अभावले बजेट फ्रिज हुने डर

कर्मचारी अभावले बजेट फ्रिज हुने डर

 दिपायल ः डोटीको केआई सिंह गाउँपालिकामा महिला विकासका लागि २८ लाख बजेट छुट्याइएको छ। तर, कर्मचारी अभावले अहिलेसम्म उक्त बजेट खर्च भएको छैन। यो घटना एउटा उदाहरण मात्र हो। डोटीका गाउँपालिका तथा नगरपालिकामा कर्मचारी अभावले विषयगत निकायतर्फको बजेट खर्चमा ढिलाइ भइरहेको छ।

‘महिला विकासतर्फको कामका लागि कर्मचारी पठाइदिनुप¥यो भन्दै हामीले पटक–पटक आग्रह ग¥यौं तर अझै कर्मचारी आएनन्’, केआई सिंह गाउँपालिकाकी उपाध्यक्ष मीना बिष्टले भनिन्, ‘कर्मचारी अभावका कारण महिला विकास तर्फको २८ लाख बजेट फ्रिज हुने सम्भावना बढेको छ।’ गाउँपालिकामा कर्मचारी अभावले अन्य काममा समेत समस्या आएको र काममा ढिलासुस्ती भइरहेको उपाध्यक्ष बिष्टले बताइन्।

उता, बोगटान गाउँपालिकामा वडासचिवसहित १०÷१२ जना मात्र कर्मचारी छन्। कर्मचारी अभावले काममा समस्या भइरहेको बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सिला ‘एनान’ले बताए। ‘समयमै सकिनुपर्ने काम कर्मचारी अभावका कारण सकिएको छैन’, अध्यक्ष गड्सिलाले भने, ‘कर्मचारी मागका लागि हामीले पटक–पटक आग्रह ग¥यौं तर सुनुवाइ भएको छैन।’

‘असार मसान्त नजिकिँदै गर्दा कर्मचारी अभावका कारण भ्याइ नभ्याइ भइरहेको छ’, शिखर नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज विनाडीले भने, ‘प्राविधिक कर्मचारीको समेत अभावका कारण विभिन्न योजना सम्पन्न गर्न समस्या भइरहेको छ’, विनाडीले भने, ‘न कर्मचारी पर्याप्त छन् न त भवन छ। भवन अभावका कारणसमेत कामकाजमा समस्या आइरहेको छ।’

शिखर नगरपालिका चारकोठे भवनमा सीमित छ। नगरपालिका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृतदेखि सबै कर्मचारी चार वटै कोठामा अटाएका छन्। भवन अभावले काममा समेत समस्या आइरहेको र कामका लागि आएका सेवाग्राहीलाई बस्नसमेत समस्या भइरहेको विनाडी बताउँछन्।

योजना अधिकृत नै वडासचिव

सबैभन्दा पुरानो नगरपालिका दिपायल सिलगढी नगरपालिकामा समेत कर्मचारी अभावले गर्दा एउटै कर्मचारीलाई दुई÷तीन वटा कामको जिम्मा दिइएको छ। नगरपालिकाको योजना शाखा प्रमुखका रूपमा काम गर्दै आएका राजबहादुर खड्काले वर्षौंदेखि वडासचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्।

‘करिब ६ सय योजना छन्’, योजना अधिकृत खड्काले भने, ‘शाखामा एक्लै छु, ती योजनाको उपभोक्ता समिति गठनदेखि योजनाको सम्झौतासम्म सबै आफैंले गर्नुपर्ने हुन्छ।’ उता, वडासचिवको जिम्मेवारीसमेत दिइएकाले वडाको काम गर्नुपर्दा साह्रै समस्या आएको खड्काले बताए।

‘असार मसान्त नजिकै आइरहेकाले सम्पन्न भएका योजनाको भुक्तानीका लागि टिप्पणाीसमेत आफैंले उठाउनुपर्छ’, खड्काले भने, ‘अर्को कर्मचारीको व्यवस्था गरिदिन भनेर पटक–पटक आग्रह गर्दासमेत नगरपालिकामै कर्मचारी अभावका कारण मेरो समस्या समाधान भइरहेको छैन।’

६५ वडामा सचिव ३६ मात्रै

डोटी जिल्लामा जम्मा ६५ वटा वडा छन्। सबै वडामा वडासचिव हुनुपर्नेमा जम्मा ३६ जना सचिवले काम चलाइरहेका छन्। एउटै सचिवले तीन वटा वडाको जिम्मेवारी सम्हालेका छन्।

चेतराज पन्त शिखर नगरपालिकामा कार्यरत छन्। उनी साविकको लाटामाडौं गाविसमा कार्यरत थिए। नयाँ संरचनाअनुसार अहिले उनी शिखर नगरपालिकाको वडा नम्बर सात, आठ र नौमा कार्यरत छन्। ‘तीन वटा वडाको जिम्मेवारी लिएका कारण समस्या भइरहेको छ’, सचिव पन्तले भने, ‘नगरपालिकामा कर्मचारी अभाव भएका कारण तीन वटा वडाको जिम्मेवारी दिएको छ।’

पहिलेभन्दा अहिले योजना पनि बढी छन् र वडा कार्यालयमा हुने अन्य कामकाज गर्नसमेत एक्लैले समस्या भइरहेको सचिव पन्तले बताए। सचिव अभावका कारण एउटै सचिवलाई दुई÷तीन वटा वडाको जिम्मेवारी दिनुपरिरहेको जिल्ला समन्वय समितिले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.