मासुपसल अनुगमन

मासुपसल अनुगमन

धनगढी : धनगढीका मासुपसलमा स्वास्थ्यका लागि अयोग्य मासु बिक्री भइरहेको पाइएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयको अगुवामा भएको अनुगमनका क्रममा अधिकांश मासु पसलमा बासी र गन्हाएको मासु बिक्री गरेको पाइएको हो। धनगढी हसनपुरमा रहेका सोल्तानी मासु पसलमा बासी गनाएको मासु बिक्री गरिरहेको भेटियो।

अनुुगमन टोलीले राष्ट्र बैंक नजिक रहेको इस्माइल मासुपसल, सब्जी मण्डीमा रहेका मण्डल मासुपसल, एस सोम मासु पसल र चटकपुरमा रहेको थापा मासुपसललगायत दर्जन मासुपसलमा अनुगमन गरेको छ। अनुगमन गरेको कुनै पनि पसलमा सन्तोषजनक नभेटिएको जिल्ला पशु सेवा कार्यालय पशु चिकित्सक केशवदत्त जोशीले बताए। स्वच्छ मासु खान सबैभन्दा पहिले उपभोक्ता नै सचेत हुनुपर्ने पशु चिकित्सकको सुझाव छ। अनुगमन गरेको मासुपसलमा कसैले पनि सरसफाइमा ध्यान नदिएको र मासु पसलको मापदण्डविपरीत सञ्चालनमा आएका पसललाई सरसफाइमा ध्यान दिन अनुगमन टिमले निर्देशन दिएको छ।

मासु ऐन २०५५ बलियो रूपमा कार्यान्वयन गर्न नसक्दा ग्राहक स्वास्थ्यका लागि अयोग्य मासु खान बाध्य भएका छन्। मुलुक स्थानीय तहका जनप्रतिनिधि आएपछि यस्ता विकृति कम हुने अपेक्षा गरे पनि त्यस्तो हुन सकेको छैन। उपमहानगरपालिकाले अनुगमनमा आफै सहभागि हुनुपर्ने भए पनि एउटा सुरक्षा कर्मी पठाएर काम काट्ने काम गरेको पोल्टी तथा माछा मासु व्यवसायी संघ कैलालीका अध्यक्ष जिजेन्द्र यादवको गुनासो छ।

अनुगमन हुन्छ, कार्यबाही हुँदैनसम्बन्धित कार्यालयले पटक पटक मासु पसलमा अनुगमन गरे पनि कार्यवाही भएको जिल्ला प्रशासन कार्यालयसंग तथ्यांक छैन। कार्यबाही भएको कुनै तथ्यांक नभएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा राममुर्ति सिंहले बताए। अनुगमन मात्रै हुँदा व्यवसायीहरुले अयोग्य मासु बिक्रि नरोकीएको उपभोक्ताहरुको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.