नर्स र डाक्टरको व्यवहारले बिरामी हैरान
पर्साको विरुवागुठीकी विमला तिमल्सिना, सुत्केरी गराउन नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति वार्डमा भर्ना भइन्।तर, भर्ना भएको केही घण्टामै त्यहाँ प्रसूति नगराई उनी नर्सिङ होममा गइन्।‘नारायणी अस्पतालका नर्सहरूको व्यवहार खपिनसक्नु भएपछि मैले त्यहाँबाट निस्किएर प्राइभेट नर्सिङ होममा गएर डिलेभरी गराएँ, नर्सहरूले आफूसँग गरेको दुव्र्यवहार स्मरण गर्दै तिमल्सिनाले भनिन््, ‘प्रसूति वार्डमा मसँगै भर्ना भएका अन्य महिला प्रसव पीडामा आत्तिँदा नर्सहरूले तुच्छ बचनले गाली गर्ने, हप्काउने गरेको देखें, त्यही भएर म त्यहाँबाट निस्किएर नर्सिङ होममा गए।
गत फागुन २३ गते सुत्केरी ब्यथा लागेर नारायणी उपक्षेत्रीय अस्पतालमा प्रसूति गराउन आएकी बारा मनहर्वाकी सविता चौधरीलाई प्रसूति वार्डमा कार्यरत डाक्टर बिमला बछारले यहाँ उपचार हुन नसक्ने भन्दै निजी अस्पताल जान भनिन्।सविताका आफन्तले सोधपुछ गर्दा डाक्टर बछारले उल्टै दुव्र्यवहार गरेपछि उनका आफन्तले निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर एनामुल हकलाइ भेटी गुनासो गरे।आफन्तहरूको गुनासोलगत्तै प्रसूति वार्डमा आएका डाक्टर सुरेन्द्र चौधरीले सविताको शल्यक्रिया गरी सहजै प्रसूति गराइदिए।
नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि आउने बिरामीहरूसँग त्यहाँ कार्यरत नर्स र चिकित्सकहरूले दुव्र्यवहार गरेका यी दुई घटना उदाहरण मात्र हुन्।अस्पतालमा उपचारका लागि आउने बिरामीहरूसँग नर्स र चिकित्सकहरूले तुच्छ वचन बोल्ने, हप्कीदप्की गर्ने, समयमा बिरामीको बेडमा नपुग्नेजस्ता व्यवहार गर्दै आएकाले बिरामी र उनका कुरुवाहरू पीडित हुँदै आएका छन्।
एक महिनाअघि सवारी दुर्घटनामा परी घाइते भएका साथीलाई उपचारका लागि अस्पतालमा भर्ना गराएका बारा वि श्रामपुरका मुकेश पण्डितले भने, ‘वार्डमा बेड नपाएपछि साथीलाई क्याबिनमा भर्ना ग¥यौं, तर साँझ पर्ने बितिक्कै नर्सहरू क्याबिनमै जान मानेनन्।उनले थपे, ‘सुई लगाउने र औषधि खुवाउने बेलामा नर्सलाई भन्दा उनीहरूले रात परिसक्यो, हामीलाई डर लाग्छ, हामी क्याबिनमा जाँदैनौं, आफैं औषधि खुवाइदिनु भनेर जवाफ फर्काए।
नारायणी उपक्षेत्रीय अस्पतालमा बुहारीलाई सुत्ेकरी गराउन ल्याएकी वीरगन्ज श्रीपुरकी सावित्रा राईले अस्पतालका नर्सहरूले गरेको दुव्र्यवहारबारे गुनासो गर्दै भनिन्, ‘मैले बुहारीलाई सुत्केकी गराउन अस्पताल लिएर आउँदा नर्सहरूले एउटै बेडमा बहुारीसहित तीन जना महिलालाई राखिदिए, मैले बुहारीलाइ गाह्रो भयो भन्दा यहाँको चलनै यस्तै हो, यहाँ सक्नुहुन्न भने अन्तै लिएर जानुस् भनेर हप्काए।’
अस्पतालमा कार्यरत नर्सहरू, आफनो क्याबिनमा मात्र बस्ने र बिरामीका कुरुवाहरूले गएर आग्रह गर्दा पनि उनीहरूले बिरामीको बेडसम्म जान आनाकानी र अटेरी गर्ने गरेको अस्पतालमा उपचाररत बिरामी कुरुवाहरूको गुनासो छ।कुरुवामध्येका एक अशोक यादवले भने, ‘बिरामीलाइ कुन औषधि कति मात्रामा खुवाउने हो त्यस्तो हामीलाई कहाँ जानकारी हुन्छ र’, उनले भने, ‘डाक्टरहरू पनि भनेका बेला बेडमा आउँदैनन्।
अस्पतालको प्रसूति विभागमा कार्यरत नर्स र कर्मचारीहरूले बच्चा जन्मिँदा अभिभावकसँग रकम माग्ने गरेका छन्।
खासगरी रातको समयमा ड्युटीमा रहेका नर्सहरू, नर्स रुममै सुत्ने गरेका र उनीहरू इन्टरनसिपका लागि विभिन्न नर्सिङ कलेजबाट आएका सिकारु नर्सहरूलाई अस्पतालले बिरामी हेर्न पठाउने गरेको कुरुवाहरू बताउँछन्।
अस्पतालका नर्सहरू राति आफ्नो क्याबिनमा सुत्छन्, कलेजबाट काम सिक्न आएका सिकारु नर्सहरू मात्रै बिरामीलाई सुई लगाउन र औषधि खुवाउन आउँछन्, अस्पतालमा वृद्ध आमाको उपचार गराइरहेका वीरगन्ज १० रानीघाटका आशीष सोनीले भने, ‘सिकारु नर्समाथि विश्वासै लाग्दैन।नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति विभागमा कार्यरत नर्स र कर्मचारीहरूले बच्चा जन्मिँदा अभिभावकसँग रकम पनि माग्ने गरेका छन्।सुत्केरी गराउन ल्याउँदा छोरा जन्मिँदा प्रसूति विभागमा कार्यरत नर्स र सरसफाइ कर्मचारीहरूले अभिभावकसँग खुसियालीमा पैसा माग्ने गरेका वीरगन्ज ८ पानीट्यांकीकी शोभा धमलाले बताइन्।
‘छोरी जन्मियो भने केही भन्दैनन्, तर छोरा जन्मियो भने मिठाइ खाने बहानामा पाँच सयदेखि हजार रुपैयाँसम्म माग्छन्, धमलाले भनिन्, ‘ सरकारी अस्पतालकै नर्सहरूले छोराछोरीबीच भेदभाव गर्दै आएका छन्।अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले अस्पतालमा बिरामीको चाप बढेको र दरबन्दीअनुसार नर्सको पदपूर्ति नहुँदा यस्तो समस्या देखिएको बताए।उनका अनुसार यस अस्पतालमा हाल सरकारका तर्फबाट प्रथम श्रेणीका ११ औं तहका १५, दोस्रो श्रेणीका नवौं तहका २१, तेस्रो श्रेणीका आठौं तहका १३ तथा अस्पताल विकास समितितर्फका १३ गरी ६२ जना चिकित्सकको दरबन्दी छ।
यस्तै स्टाफ नर्समा सरकारका तर्फबाट ४२ र अस्पताल विकास समितिका तर्फबाट चार गरी कुल ४६ जनाको दरबन्दी छ।यस्तै अनमी आठ र २४ जना अहेबको दरबन्दी छ।दरबन्दी भएकामध्येबाट एक तिहाइ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पदपूर्ति नभएका कारण बिरामीको उपचार सेवामा समस्या भएको निमित्त मेसु हकले बताए।सरकारबाट एक सय शैयाको अनुमति पाएको अस्पतालमा आफूहरूले अहिले तीन सय बेड सञ्चालन गरिरहेको भन्दै उनले भने, ‘अस्पतालको दैनिक बिरामी उपचार गर्ने क्षमता दुइ सय मात्र छ, तर हामीले हाल दैनिक एक हजार दुई सय बिरामीलाइ सेवा दिइरहेका छौं, जसका कारण बिरामीलाई सन्तुष्ट सकिएको छैन।’
अस्पतालमा उपचारका लागि आउने बिरामी र उनका कुरुवाहरूसँग पैसा मागेको अवस्थामा भेटिए सम्बन्धित कर्मचारीलाइ कार्वाही गर्ने पनि उनले बताए।