आधा दर्जन स्वास्थ्य संस्था अझै टेन्टमा

आधा दर्जन स्वास्थ्य संस्था अझै टेन्टमा

ओखलढुंगाः भूकम्पले क्षति पुर्‍याएका ओखलढुंगाका आधा दर्जन स्वास्थ्य संस्था अझै टेन्टबाटै सेवा दिइरहेका छन्। ०७२ वैशाख १२ गतेको भूकम्पबाट भत्किएका स्वास्थ्य संस्थाको पुनः निर्माण नहुँदा प्रसूति सेवा समेत टेन्टबाटै दिनुपर्ने बाध्यता छ। 

पूर्वाधार अभावमा स्वास्थ्य संस्था टेन्टबाट कष्टप्रद तरिकाले सेवा प्रवाह गरिरहेका छन्।जिल्लाको लिखु गाउँपालिकास्थित साविकको टारकेराबारी गाविसको स्वास्थ्य चौकी, खिजिदेम्बा गाउँपालिकास्थित साविकको खिजिचण्डेश्वरी र रगनी गाविसको स्वास्थ्य चौकी टेन्टमा सञ्‍चालन भइरहेका छन्।

त्यस्तै, चम्पादेवी गाउँपालिकास्थित साविकको फूलवारी गाविसको स्वास्थ्य चौकी, सुनकोसी गाउँपालिकास्थित साविकको सिस्नेरी गाविसको स्वास्थ्य चौकी र सिद्धिचरण नगरपालिकास्थित साविकको विगुटार गाविसको स्वास्थ्य चौकी अहिले पनि टेन्टबाटै सेवा दिइरहेका छन्। 

भूकम्पले भवन भत्किएपछि टेन्टमा पुगेका स्वास्थ्य संस्थाले सबैभन्दा बढी घामपानी र हुरीबतासको समस्या झेल्दै आएका छन्। युनिसेफ, डब्लूएचओलगायतले तत्कालीन समयमा उपलब्ध गराएका टेन्ट मक्किन थालिसकेका छन्। जसले गर्दा स्वास्थ्य संस्थाको सुरक्षामा समेत समस्या बढ्न थालेको छ। 

टेन्टमा ‌संचालित विगुटार स्वास्थ्य चौकी।

वर्षामा पानी चुहिने र औषधी मुसाले खाने समस्याले हैरान भएको फुलबारी स्वास्थ्य चौकीका प्रमुख अमृता उप्रतीले बताइन्। 'वर्षा लाग्यो, पानी चुहिन्छ, औषधी मुसाले खान्छ, उनले भनिन्,' टेन्टमा कहिले अति चिसो र कहिले गर्मीले सताउने हुँदा गर्भवति नै आउँदैनन्।'

फुलबारी स्वाथ्य चौकीमा प्रसूति गृह संचालन भए पनि गर्भवती प्रसूति गृहमा आउन छोडेका छन्। चिसोका कारण महिलालाई आउन आग्रह गरे पनि उल्टै रिसाउने गरेको स्वास्थ्य चौकी प्रमुख उप्रेतीले जानकारी दिइन्।  

गर्भवतीलाई समस्या हुने भएकाले टेन्टमा नआउने गरेका हुन्। पानी चुहिने टेन्टमा रहँदा स्वास्थ्य संस्थामा लब्ध हुने औषधिलाई निश्चित तापक्रम मिलाएर राख्न समस्या हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

फुलबारी मात्र होइन सिस्नेरी, बिगुटारलगायतका स्वास्थ्य चौकीमा पनि समस्या उस्तै छ। निर्माण थालिएका कतिपय स्वास्थ्य संस्थाका भवन भने अलपत्र अवस्थामा छन्।भूकम्प गएको तीन वर्ष बितिसक्दा समेत भवन बन्ने प्रक्रिया सुरु नहुँदा स्वास्थ्य संस्थाका समस्या दिनहुँ थपिँदै गएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख मोहन सुवेदीले बताए।'टेन्टमा रहेका स्वास्थ्य संस्थाले सधैँ समस्याका कुरा सुनाइरहन्छन्,' उनले भने,'हामीले केन्द्रमा ताकेता गरिरहँदा समेत भवन निर्माणको प्रक्रिया सुरु भएको छैन।'

सुवेदीका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्वास्थ्य मन्त्रालयबीच कसले स्वास्थ्य संस्थाको पुनर्निर्माणको काम गर्ने भन्ने विषय टुंगो नलाग्दा भवन निर्माणको प्रक्रिया लम्बिएको हो। तरपनि हालै पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काम थाल्ने टुंगो लागिसकेकाले भवन निर्माणको काम सुरु हुने स्वास्थ्य मन्त्रालयबाट आश्वासन पाइएको उनको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.