एमाले र माओवादी केन्द्र विघटन : नेपाल कम्युनिष्ट पार्टी घोषणा हुँदै

एमाले र माओवादी केन्द्र विघटन : नेपाल कम्युनिष्ट पार्टी घोषणा हुँदै

काठमाडौं :  बिहीबार एकसाथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) विघटन भएका छन्। दुई पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा आजै दर्ता गर्ने सहमति अनुसार दुवै पार्टी एकसाथ विघटन भएका हुन्। दुई पार्टीको एकता घोषणा अघि बढेपछि दुवै पार्टीले बैठक गरेर पार्टी विघटन गरेका हुन्। 

यो घोषणासँगै अब एमाले र माओवादी पार्टी इतिहास भएका छन्। बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति र खुमलटारमा बसेको माओवादी सचिवालय बैठकले पार्टी विघटन गर्ने निर्णय गरेका हुन्। दुवै पार्टीले आआफ्ना पार्टी विघटनको निर्णय गरे लगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै पार्टीको एकीकृत बैठक सुरु भएको छ। 

एमालेको बैठकपछि जानकारी दिँदै एमाले नेता योगेश भट्टराईले भने, ‘नेकपा एमालेको नवौँ महाधिवेशनपछि बसेको ९ औँ बैठक सम्पन्न भएको छ, यो नै एमलेको अन्तिम बैठक हो।’ खुमलटारमा सम्पन्न सचिवालय बैठकबारे जानकारी दिँदै माओवादी नेतृ पम्फा भुसालले भनिन्, ‘पार्टीको अन्तिम बैठक सम्पन्न भएको छ। हामी संयुक्त बैठकका लागि बालुवाटारमा पुगिसक्यौँ।’ 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.